Free songs
Home / समाचार / प्रमुख समाचार / १३ औं उमेशचन्द्र थापा स्मृति दिवस, सहिदको बलिदान गणतन्त्रको आधार : नेताहरु

१३ औं उमेशचन्द्र थापा स्मृति दिवस, सहिदको बलिदान गणतन्त्रको आधार : नेताहरु

युगबोध समाचारदाता

घोराही । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको शहादतले नेपालमा गणतन्त्रको आधार तयार गरेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन। सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानले सोमबार घोराहीमा आयोजना गरेको गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुले उमेशचन्द्रको बलिदानकै जगमा नेपालमा गणतन्त्र स्थापित भएको बताए।

‘जनयुद्धको बलमा जनआन्दोलन भयो, त्यही जनआन्दोलनमा सहिद उमेशचन्द्र थापाको शहादतले राजनीतिक परिवर्तन सम्भव भयो’– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले भन्नुभयो– ‘तमाम सहिदहरुकै बलिदानको उपज अहिलेको गणतान्त्रिक व्यवस्था हो।’ पूर्वमन्त्रीसमेत रहनुभएका शर्माले सहिदको रगतबाट प्राप्त गरेको उपलव्धिलाई संस्थागत हुन नदिन चौतर्फी षड्यन्त्र भइरहेको भन्दै नेता, कार्यकर्ता एवं जनप्रतिनिधिहरुलाई जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिनुभयो।

प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले सहिदकै कुर्बानीले देशमा तीन तहका सरकार निर्माण भएको उल्लेख गर्दै सहिद उमेशचन्द्रकै योगदानबाट आज तीनवटै तहका सरकार सञ्चालनको जिम्मा कम्युनिष्टहरुको हातमा आएको बताउनुभयो। ‘हिजो उमेशचन्द्रहरुले आफूलाई सहिद हुन आन्दोलनमा लामबद्ध नभएको भए यो परिवर्तन सम्भव थिएन’– सांसद चौधरीले भन्नुभयो– ‘सहिदहरुकै बलिदानले व्यवस्था परिवर्तन सम्भव भयो र आज हामी कम्युनिष्टहरुले शासन सत्ताको बागडोर सम्हाल्न पाएका छौं।’ तर जनतालाई परिवर्तनको महसुस गराउनेगरी काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्।

‘बहुमतको वाम सरकार आएको वर्षदिन

हुनै थाल्यो, देशका अधिकांश स्थानीय तहहरुमा वामहरुकै बहुमत छ’– पाच नम्वर प्रदेशसभा सदस्य अमरबहादुर डागीले भन्नुभयो– ‘जनताको दैनिक जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नसकेमात्रै उमेशचन्द्रप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’ तर अघिपछिजस्तो सरकारमात्रै परिवर्तन नभई व्यवस्थासमेत परिवर्तन भएकाले तत्कालै जनताको जीवन परिवर्तन हुने काम गर्न तीनै तहका सरकार एकलौटी लाग्न नपाएको डागीको भनाइ थियो। उहाले सरकार सञ्चालन र तहस्तरका कानुन निर्माण नगरी अन्य काम गर्न समस्या भएकाले निराश नहुन सबैलाई आग्रह गर्नुभयो।

जनताको पक्षमा काम गर्न र सहिदका सपना पूरा गर्न पार्टी र सरकारलाई सशक्त बनाउनुपर्ने पूर्वमन्त्री एवं नेकपाकी नेतृ सुषमा शर्माको भनाइ थियो। उमेशचन्द्रको रगतको जगमा यहा“सम्म आइपुगेको पार्टीले हिजो उमेशचन्द्रको रगत बग्दा अगाडि को थियो भन्ने कुराको छानबिन र कारवाही अघि नबढाउनु दुःखको कुरा भन्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताउनुभयो। पार्टी एकताको घोषणा गरेको वर्ष दिन हुन थालेपनि तल्लोतहसम्म एकीकरण हुन नसक्दा सहिदका सपना पूरा गर्ने गतिविधि गर्न समस्या भइरहेको भन्दै प्रतिनिधिसभा सदस्य एवं नेकपाकी नेतृ यशोदा सुवेदीले पार्टी एकीकरणलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाले आन्दोलनका उपलव्धि संस्थागत गर्न बलियो एकता आवश्यक रहने भन्दै गुट उपगुटबाट जोगिन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

तर फरक विरासतबाट आएका ठूला वाम पार्टी भावनात्मक र संरचनागतरुपमा एक हुन समय लाग्नुलाई अनौठो नमान्न आग्रह गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासीले एकीकरणका सबै प्रक्रिया छिटोभन्दा छिटो टुंगिने बताउनुभयो। उहा“ले एउटै नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्ने सहिदहरुको सपना पूरा गर्ने कामको शुरुवात भइसकेको भन्दै निराश नहुन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नारायणी शर्मा, प्रदेश कमिटी सदस्य देवी पोख्रेल, नेकपाका नेता माधव न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कार्यदल सदस्य टीकाराम खड्का, तुलसीपुर उपमनपाका प्रमुख घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो। प्रतिष्ठानकी उपाध्यक्ष तुलसा केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सुरामणि बेलबासेले गर्नुभएको थियो। २०६२ साल माघ २६ गते तत्कालिन शाही सरकारले गरेको कथित नगर निर्वाचन बहिस्कारको क्रममा घोराहीमा सेनाले चलाएको गोली लागेर उमेशचन्द्र थापाको शहादत भएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top