Free songs
Home / समाचार / संक्षिप्त समाचार / बालिका अपहरण गर्ने चौधरी पक्राउ

बालिका अपहरण गर्ने चौधरी पक्राउ

घोराही  (युस)– प्रहरीले बालिका अपहरण गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ। घोराहीबाट बालिका अपहरण गरी फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा घोराही–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कालीकोटी–४ राचुली घर भई हाल दाङ घोराही– १४ कपासी बस्ने अस्मिता शाहीकी तीन वर्षीया छोरीलाई सोमवार दिउसो दुई बजेतिर अहरण गरी फरार रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो। बालिका अपहरण गरी फरार रहेको भन्ने सूचना पाउनासाथ खोजतलास गर्दा घोराही–१५ रतनपुरबाट बालिकालाई सकुशल उद्धार गरिएको छ।

साथै अपहरण गर्ने चौधरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धकसम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top