Free songs
Home / विचार / प्रदेश विकासको खाका

प्रदेश विकासको खाका

रमेशकुमार अधिकारी

प्रदेश नं. ५ को विकास–खाका झल्काउने प्रथम आवधिक योजनाको आधारपत्र मस्यौदाको रुपमा तयार भएको छ। प्रदेश योजना आयोगले यथासम्भव सहभागितात्मक विधिबाट तयार पारेको उक्त आधारपत्रको मस्यौदालाई गत साता मात्र प्रदेश विकास परिषदमा प्रस्तुत गरिएको हो। प्रदेश विकास परिषदबाट पृष्टपोषण र प्रशंसा वटुलेको आधारपत्रले थप प्रक्रियात्मक चरणहरु पार गर्दै अब छिट्टै आधिकारिक स्वरुप गहण गर्ने अपेक्षा गरिएको छ। आधारपत्रले मूलतः आवधिक योजनाको विस्तृत दस्तावेज तयार पार्र्न मार्ग निर्देश गर्दछ। यसै वर्ष अर्थात २०७५ सालभित्र आवधिक योजनाको विस्तृत दस्तावेज तयार पारेर त्यसैका आधारमा आगामी आर्थिक वर्षदेखिका वार्षिक विकास कार्यक्रम तथा बजेटको तर्जुमा र कार्यान्वयनको व्यवस्था मिलाउने प्रदेश सरकारको कार्ययोजना रहेको बुझिन्छ। यो पङ्तिकार प्रदेश विकास परिषदको प्रथम बैठकमा सदस्यको रुपमा सहभागी भएर उक्त आधारपत्रलाई अलि नजिकबाट नियाल्ने अवसर पाएको, साथै आधारपत्रका पक्षमा पैरवी गर्नु कर्तव्य समेत भएकाले आधारपत्रका मुख्य–मुख्य सन्दर्भलाई समेटेर यो लेख तयार पारिएको छ।

प्रथम आवधिक योजनाको आधारपत्रमा ‘समृद्ध प्रदेश– खुशी जनता’ आवधिक योजनाको दीर्घकालीन सोच रहेको उल्लेख गरिएको छ। उक्त सोचलाई सरलरुपमा बुझ्न प्रदेशमा उच्च आर्थिक बृद्धिसहित समृद्ध अर्थतन्त्र, रोजगारीसहित जीवन निर्वाहका लागि पर्याप्त आम्दानी, आधारभूत भौतिक सुविधाको उपलव्धता र स्वच्छ वातावरण कायम रहने भनेर व्याख्या गरिएको छ। यसैगरी समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समावेशी, सन्तुलित र दिगो विकासका माध्यमबाट आर्थिक बृद्धिदरलाई उच्च पार्दै प्रदेशवासी जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने आवधिक योजनाको लक्ष किटान गरिएको छ। आवधिक योजनाको उद्देश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन बृद्धि, रोजगारी प्रवद्र्धन र गरिवी निवारण गर्नु रहेको छ। यसरी उल्लेख गरिएको प्रदेश सरकारको दीर्घकालीन सोच, लक्ष र उद्देश्यहरु संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोचसग सापेक्ष भएकाले प्रदेशको विकास र समृद्धि सम्बन्धी दूरदृष्टिलाई साकार पार्दा त्यसले मुलुकलाई समृद्ध बनाउन कासशेढुंगाको काम गर्ने विश्वास प्रकट गर्न सकिन्छ।

योजनाको खाका कोर्दा विद्यमान चुनौती र अवसरको लेखाजोखा गर्ने विधि प्रचलनमा छ। सोही विधिअनुसार आधारपत्रले चुनौती र अवसरलाई केलाउने प्रयास गरेको छ। नेपाल समृद्धिका लागि अनन्त सम्भावना भएको देश भएर पनि हालसम्म विश्व समुदायमा गरिव राष्ट्रको चिनारीलाई बदल्न नसक्नु राष्ट्रका सामु विद्यमान सबैभन्दा पेचिलो चुनौती हो। यो मूल चुनौतीलाई प्रदेश तहबाट परास्त गर्न सकिने हदसम्मका चुनौतीहरु समष्टिगत र विधागतरुपमा आधारपत्रले चर्चा गरेको छ। तर यस लेखमा चुनौतीलाई साभार नगरी आधारपत्रमा उल्लेख भएका अवसरका बु“दाहरुलाई मात्र यसमा समेटिएको छ।

यस क्रममा आधारपत्रले प्रदेशमा विद्यमान अवसरहरुको सविस्तार विवेचना गरेको छ। जसअनुरुप आर्थिक विकास र समृद्धिका लागि आवश्यक राजनीतिक स्थिरताको अवस्था सिर्जना हुनु र आर्थिक समृद्धिको साझा प्रतिबद्धता हुनुलाई महत्वपूर्ण अवसरको रुपमा औंल्याइएको छ। झण्डै दुई दशक लामो अन्तरालपछि स्थानीय तहमा निर्वाचन सम्पन्न भई अधिकारसम्पन्न स्थानीय सरकार सञ्चालनमा रहेकाले विकासका कामहरु गर्न सहज वातावरण बन्नु अर्को अवसर भएको आधारपत्रको ठम्याई छ। सर्वसाधारण मानिसमा पनि सामाजिक र राजनीतिक चेतनास्तरको विकास भई विकास र समृद्धिको बहस शुरु हुनु, क्रमशः उद्यमशीलता र व्यावसायिकता बढ्दै जानु, वैदेशिक रोजगारीबाट फर्केका केही युवाहरुले सिर्जनशील र उद्यमशील कार्यहरु गर्नुलाई योजनाले तेस्रो अवसरको रुपमा परिभाषित गरेको छ।

चौथो अवसरको रुपमा राजनीतिक र नीतिगत स्थिरतासगै नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ता आकर्षित हुनु, प्रदेश सरकारले राम्रो वातावरण दिन सक्दा प्रदेश भित्र स्वदेशी, विदेशी र गैरआवासीय नेपालीको लगानी बढ्ने अवसर सिर्जना हुनुलाई लिइएको छ। विकासका गतिविधि बढ्दै जादा नेपालका विकास साझेदार मुलुक र संस्थाले नेपालमा सहयोग बढाउन सक्ने अवसर रहनुलाई पा“चांै अवसरको रुपमा अथ्र्याइएको छ। छैठौं अवसरको रुपमा प्रविधिको विकास र उपलव्धताले गर्दा उत्पादनका सबै क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी उत्पादन लागत घटाउन सकिने र यान्त्रिकीकरण बढाउन सकिने अवस्था रहनु र खासगरी कृषि क्षेत्रमा यान्त्रिकीकरण गरेर युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्न सकिने अवसर रहनुलाई औंल्याइएको छ। अन्तिम तर महत्वपूर्ण अवसरको रुपमा यस प्रदेशमा उल्लेख्य संख्यामा रहेका उद्योगी र व्यापारी संघसंस्था, सहकारी संस्था, गैरसरकारी संस्था, उपभोक्ता समूह, सामुदायिक वनका समूहलाई आर्थिक विकास र समृद्धिको यात्रामा सहभागी गराउन सकिने अवसर रहनुका साथै जनसंख्यामा युवाको बाहुल्य रहेकाले जनसांख्यिक लाभ लिन सकिने अवसर रहनुलाई पहिचान गरिएको छ।

प्रदेशमा विद्यमान उल्लेखित अवसरलगायतको सकारात्मक परिवेश, जनताको उर्लदो विकास–आकांक्षा र प्रदेश सरकारको क्षमतालाई दृष्टिगत गरी आधारपत्रले प्रथम आवधिक योजनाको समयावधि आर्थिक वर्ष २०७६/२०७७ देखि २०८०/२०८१ सम्म किटान गर्दै प्रथम योजनाको अन्तसम्ममा हासिल गर्न सकिने परिमाणात्मक लक्ष निर्धारण गरेको छ। जस अनुसार आय बृद्धिदर र मूल्य बृद्धितर्फ योजनाको अन्तमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर (औसत प्रतिशत) ९.५, प्रादेशिक उपभोक्ता मूल्य बृद्धिदर (औसत प्रतिशत) ६, कुल गार्हस्थ्य बचत (प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रतिशतमा) २० र कुल स्थिर पूजी लगानी (प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रतिशतमा) ४० हुने भनिएको छ। आय, गरिवी तथा रोजगारी तर्फ निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १० प्रतिशतमा झार्ने, बहुआयामिक गरिवीको दर १५ प्रतिशतमा ओराल्ने र प्रतिव्यक्ति आय (अमेरिकी डलरमा) २००० पु¥याउने लक्ष रहेको छ। औसत आयु ७५ वर्ष, बालमृत्यु दर प्रतिहजार ३०, मातृमृत्यु दर प्रतिलाख जीवित जन्ममा एक सय २० र माध्यमिक तहमा खुद भर्ना दर हालको ४०.५ लाई ५५ प्रतिशत हुने गरी सामाजिक सूचकहरु निर्धारण गरिएका छन्। पूर्वाधारतर्फ खानेपानी सुविधा पुगेका घरपरिवार शतप्रतिशत, विद्युत सेवा पुगेका घरपरिवार शतप्रतिशत, सिञ्चित क्षेत्र ७० प्रतिशत, सडकको लम्बाई २० हजार किलोमिटर, पक्की सडकको लम्बाई कूल सडकमध्ये १३ प्रतिशत अर्थात दुई हजार छ सय किलोमिटर तथा इन्टरनेटको पहु“च भएका घर परिवार ९० प्रतिशत पुग्ने लक्ष रहेको छ।

अन्य महत्वपूर्ण लक्षहरु पनि आधारपत्रले समेटेको छ। जसमा प्रादेशिक विश्वविद्यालयको स्थापना एवं प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने सहज अवस्था, सबै नागरिकहरुलाई स्वास्थ्य सेवा तथा बिमामा पहु“चको सुनिश्चितता, प्रदेशका तीन प्रादेशिक अस्पतालहरुमा सबै किसिमको विशेषज्ञ सेवासहित स्तरीय सेवाको उपलव्धता, सबै नगरपालिकाहरुमा फोहोर संकलन केन्द्र (डम्पिङ साइट) स्थापनासहित पूर्ण सरसफाइयुक्त शहरको चिनारी, सबै नागरिकहरुलाई आधारभूत आवासको उपलव्धता हुने गरी लक्ष तोकिएको छ। यसैगरी प्रदेशका रणनीतिक सडक र गाउ“ तथा नगरपालिकाका केन्द्रमा पुग्ने सडक कालोपत्रे भएका हुने, सबै गाउ तथा नगरपालिकामा खेल मैदान र बहुउद्देश्यीय भवन निर्माण भएका हुने, मुख्य शहरहरुमा आधुनिक यातायात प्रणाली (विद्युतीय वस सञ्चालन तथा रेल निर्माण) शुरु भएको हुने लक्ष पनि योजनाले समेटेको छ। खाद्यान्न, माछामासु, दूध, फलफूल र तरकारी उत्पादनमा प्रदेश आत्मनिर्भर भई पूर्ण खाद्यसुरक्षा कायम गरी निर्यात गर्न सक्ने स्थितिमा पुग्ने, प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान गर्ने गरी परनिर्भरता कम गर्न औद्योगिक उत्पादनमा अग्रणी प्रदेश बन्ने र पर्यटनमा प्रदेश मुख्य केन्द्रको रुपमा विकास भई न्यूनतम २० लाख वाह्य पर्यटक आगमन भएको हुने लक्षहरु पनि आधारपत्रमा समावेश छन्।

उल्लेखित परिमाणात्मक लक्षहरु हासिल गर्न सहयोगी हुने गरी रणनीति, कार्यनीति, लगानी र स्रोत व्यवस्था समेतमा आधारपत्रले बु“दागत विवरण पेश गरेको छ। मानवीय र भौतिक पूर्वाधार क्षेत्रकोे रेडिनेशबाट आर्थिक क्षेत्रको विजिनेश फस्टाउने कुरालाई गहिरोस‘ग मनन गरेर आवधिक योजनाका विषय–वस्तुहरु समावेश गरिएका छन्। यो पुस्ताले गरेको विकास आउने पुस्ताका निमित्त सुन्दर उपहार बन्न सकोस् भनेर दिगो विकासको अवधारणालाई आधारपत्रले आत्मसात गरेको छ। प्रदेशको समृद्धिको आधारको रुपमा कृषि, उद्योग र पर्यटनलाई किटान गर्दै यिनैमा समय, स्रोत र मेहनत लगाउन आधारपत्रले जोड दिएको छ। जनताले पाउने विकास र समृद्धिका कुरालाई विश्वसनीय तरिकाबाट जनतासमक्ष पु¥याउन शासकीय प्रबन्ध र सुशासनको प्रत्याभूतिलाई आधारपत्रले राम्रोस“ग समेटेको छ। भ्रष्टाचारलाई सुशासन र विकासको महाशत्रुको रुपमा औंल्याउ“दै भ्रष्टाचारमा शून्य सहनशीलताका सबै उपाय अवलम्वन गर्ने प्रतिबद्धता पनि आधारपत्रले व्यक्त गरेको छ।

निष्कर्षमा प्रदेश नं. ५ को प्रथम आवधिक योजना तर्जुमाको सिलसिलामा प्रदेश सरकारले तयार पारेको आधारपत्रले प्रदेशको विकास र समृद्धिको रुपरेखालाई सुन्दर र सार्थकरुपमा प्रस्तुत गरेको छ। यो आधारपत्र स्वीकृत भएर कार्यान्वयनको चरणमा पुग्दा आधारपत्रमा भनिए जस्तै प्रदेश सरकारले गर्ने अथक प्रयासमा संघीय सरकार, स्थानीय सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्थाहरु, नागरिक समुदाय, सामुदायिक तथा सामाजिक संस्थाहरु, सञ्चार माध्यम र यस प्रदेशका वासिन्दाहरुको गहन भूमिका समाहित हुन अनिवार्य छ। शेयर्ड भिजनको रुपमा सबैको सहभागिता र स्वामित्वबाट मात्र आवधिक योजनाको कार्यान्वयनले ठोस नतिजा निकाल्न सक्छ। यस निमित्त आवश्यक समन्वय र सहकार्यको सिनर्जी पैदा गर्न प्रदेश सरकार सदैव स्मार्ट र सहृदयी भई लागिरहनुपर्दछ। यही तरिकाले अघि
बढ्दा जनताले दिनप्रतिदिन शीघ्र सेवा, तीब्र विकास र सुरक्षित जीवनको अनुभूति गर्न थाल्नेछन्। आवधिक योजनाका लक्षहरु हासिल हु“दै जानेछन्। समृद्ध प्रदेश खुशी जनताको आकांक्षा पूरा हु“दै जानेछ। विश्वास गरौ आउ“दा दिनहरु अपेक्षाका उज्याला अनुहारका साथ आउनेछन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top