Free songs
Home / फिचर समाचार / नेपालगञ्जमा ४५ करोडको सभा हल शिलान्यास

नेपालगञ्जमा ४५ करोडको सभा हल शिलान्यास

युगबोध समाचारदाता

बाके   माघ। नेपालगञ्जमा सभा हल बन्ने भएको छ। ४५ करोडको लागतमा आठ सय सीट क्षमताको सभा हल निर्माण हुने भएको हो।

नेपालगञ्ज–१४ भवानीयापुरमा बनाउन थालिएको सभा हलको सोमवार शहरी विकास मन्त्री इस्तियाक राईले शिलान्यास गर्नुभयो।

सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बन्नुभएका राईले चालु आर्थिक वर्षमा बाकेमा सात सय करोडका योजना अघि सारेको बताउनुभयो। ‘प्रधानमन्त्री केपी ओलीको क्षेत्रमा चौध सय करोडको योजना अगाडि सारिएको कुरा छ। प्रचण्डको निर्वाचन क्षेत्रमा चार सय करोडका योजना परेका छन्’– शहरी विकास मन्त्री राईले भन्नुभयो– ‘मेरो निर्वाचन क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउपालिकामा दुई सय करोडको योजना छन्। सबैले मिलेर काम गर्नुपर्छ।’

उहाले सभा हल, बाल उद्यान, पिकनिकस्थल, भेरी अञ्चल अस्पताललाई अत्याधुनिक बनाउने, मन्दिर, मस्जिद, गुरुद्वाराका लागि बजेट छुट्याएको बताउनभयो। भेरी अञ्चल अस्पताललाई पाच सय शैयामा बृद्धि गरी वातानुकुलित अस्पतालको रुपमा विकास गरिदैछ।मन्त्री राईले नेपालगञ्जलाई नमूना शहरको रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। ‘पार्टी फरक फरक भए पनि विकासमा हामी सबै एकजुट हुनुपर्छ’– मन्त्री राईले थप्नुभयो– ‘नेपालगञ्जलाई नमूनाको रुपमा विकास गर्न सबै एकजुट हुन आवश्यक छ।’मन्त्री राईले शिलान्यास गरेको सभा हल समयावधि भन्दा चाडै सकेर पुरस्कारसमेत लिन ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो।

‘समय भन्दा अघि नै काम सकेर पुरस्कृत हुनुस्, फेरि ढिला गर्नुभयो भने कारवाहीमा पर्नुहुन्छ’– मन्त्री राईले चेतावनी दिनुभयो।नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवलशमशेर राणाले विकासमा कुनै प्रकारको बाधा अड्चन आउन नदिने उद्घोष गर्नुभयो। उहा“ले सभा हल निर्माणमा दु्रतगतिमा काम अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।

‘म भोली नै जग्गामा तारबारको काम शुरु गर्छु’– मेयर राणाले भन्नुभयो । नेपाली कांग्रेसकी सभापति किरण कोइरालाले जिल्लाको विकासमा कुनै प्रकारको राजनीति गर्न नहुने बताउनुभयो। शहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर होमनाथ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विजयबहादुर यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवलगायतको उपस्थिति थियो।

इन्जिनियर भुसालका अनुसार, बहुवर्षीय योजनामा राखिएको सभा हल निर्माण साढे दुई वर्षमा सम्पन्न हुनेछ। सभा हल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ।नेपालगञ्जमा एउटा सभा हल अति आवश्यक छ।

सभा हल निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले जग्गा खोज्न नसक्दा विगतमा शहरी विकास तथा भवन डिभिजन कार्यालयमा सभा हलका लागि भन्दै वर्षेनि रकम आउदै फिर्ता हुने गरेको छ।

यता, नेपालगञ्ज उद्योग वाणिज्य संघले कारकादोस्थित सडक डिभिजन कार्यालयको परिसरमा दश विगाह जमिन लिजमा लिएर सभा हल बनाउने तयारी गरिरहेको छ। त्यो सभा हल निर्माणका लागि भन्दै संघले आधा दर्जनपटक मेला आयोजना गरिसकेको छ। अढाई करोड बढी रकम संकलन पनि भइसकेको छ।यसैबीच, मन्त्री राईले कारकादोको बाइपास खजुरा रोड कालोपत्रे तथा नाली निर्माण र चिल्डे«न पार्कको शिलान्यास गर्नुभयो। १२ करोड बजेटको यो योजना २०७७ वैशाख २५ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ।  वडा नम्बर १२ मा सडक तथा नाली निर्माण बाल पार्क तथा पिकनिकस्थल निर्माण योजनाको पनि मन्त्री राईले शिलान्यास गर्नुभयो।  एक करोड ३४ लाख बजेटको योजना २०७७ वैशाख २५ गते कार्य सम्पन्न गर्ने गरी निर्माण शुरु भएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top