Free songs
Home / फिचर समाचार / नागरिक अधिकार थप बलियो बन्छः सञ्चारमन्त्री

नागरिक अधिकार थप बलियो बन्छः सञ्चारमन्त्री

 

यमलाल भुसाल

बुटवल। सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी ऐन कानुन निर्माणमा जुटेको बताउनुभएको छ । उहाले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकारात्मकरुपमा प्रचार गर्ने काम भएको बताउनुभयो।

नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई सोमवार बुटवलमा सम्बोधन गर्दै सञ्चारमन्त्री बा“स्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको बताउनुभयो।

उहाले अहिले मिडियामा कानुनको विषयलाई लिएर अनावश्यक हल्ला मच्चाउने काम भएको बताउदै ‘प्रेस कानुन ल्याउदैछौं, मान्छेहरु हल्ला मचाउदैछन्, अध्यारोमा तरबार नचलाऔं’– मन्त्री बास्कोटाले भन्नुभयो। उहाले संसदमा विज्ञापनसम्बन्धी विधेयक दर्ता गरेको जानकारी दिदै यसले मिडियालाई फाइदा गर्ने बताउनुभयो। ‘सबैभन्दा बढी माग मोफसलका मिडियाले गरेका हुन्, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो’– उहा“ले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पु¥याउने दाबी गर्नुभयो।

मन्त्री बा“स्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत्तभरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि सातवटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताउनुभयो। उहाले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५०
प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि बिरोध हुनु अस्वाभाविक भएको बताउनुभयो। मन्त्री बा“स्कोटाल विरोध भए पनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताउनु भयो। उहाले आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याउने बताउनु भयो।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरी मिडियाले विषय उठाउनुपर्ने बताउनुभयो। उहाले समृद्धि मूलूकको आवश्यकता भएकाले मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताउनुभयो।

प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। पूर्वसांसद विनोद पहाडीले मुलुक संघीयतामा गएपछि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गर्नुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट नीति, कार्यक्रम र दिगो विकास लक्षमा विमति छैन भने प्राथमिक क्षेत्रमा लगानी भयो कि भएन त्यसमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पत्रकारिताले समाचार लेख्न र प्रकाशन गर्नुअघि पटक–पटक सोच्न आग्रह गर्नुभयो।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षता, सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।

तीन पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्तरुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट डायलसन अधिकारी र भगवती पाण्डे पुरस्कृत हुनुभएको छ। अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएको हो। दुवैजनालाई नगद ५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बा“स्कोटा, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो।

यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोख्ररेल सम्मानित हुनुभएको छ । नगद १० हजारसहित सम्मानपत्रले प्रमुख अतिथि सञ्चार मन्त्री बास्कोटा र बुटवल पब्लिकका अध्यक्ष हेमलाल शर्माले संयुक्त प्रदान गर्नु भएको हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top