Free songs
Home / फिचर समाचार / दीपशिखाको २६ औं वार्षिकोत्सव

दीपशिखाको २६ औं वार्षिकोत्सव

युगबोध समाचारदाता

घोराही। दीपशिखा बोर्डिङ स्कूलको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सोमवार सांस्कृतिक कार्यक्रमबीच विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास एवं समन्वय इकाई प्रमुख सूर्यराज घिमिरेले बालबालिकालाई संंस्कारिक एवं व्यवहारिक शिक्षा दिनुपर्नेमा जोडदिनुभयो।

सो अवसरमा विद्यालयमा भएका खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो। अतिरिक्त क्रियाकलापतर्फ नितेश खनाललाई पुरस्कृत गरिएको थियो। यसैगरी गत वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कृृत गरिएको थियो। त्यस्तै विद्यालयले यसवर्ष उत्कृष्ट शिक्षक पुरस्कार लक्ष्मी लम्साललाई प्रदान गरेको छ। सो अवसरमा छात्रछात्राहरुले नृत्य, गायनलगायत प्रतिभा प्रस्तुत गरेका थिए।

विद्यालयका सहप्राधानाध्यापक धनबहादुर विसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका संस्थापक सदस्य नारायणप्रसाद अधिकारीले विद्यालयको गतिविधि तथा योजनाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा प्याब्सन दाङका खगेश्वर पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक महेश सुवेदी र सुनिता गौतमले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top