Free songs
Home / फिचर समाचार / दलित वस्तीमा छाएको खुशी

दलित वस्तीमा छाएको खुशी

गिरिराज नेपाली

सातकुले। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ सातकुले दलित समुदायको बसोबास रहेको एउटा गाउ हो। जुन गाउ घोराही– तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासदेखि तीन किलोमिटर उत्तरमा अवस्थित छ।

जहा स्वास्थ्य सेवाको निकै अभाव छ। सामान्य बिरामी भए पनि उक्त वस्तीका सर्वसाधारणहरु अझै पनि घोराही कि तुलसीपुर धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। अरुको मजदुरी, अधिया खेती किसानीले चल्दै आइरहेको गाउमा शिक्षा, स्वास्थ्य, रोजगारलगायतका थुप्रै समस्याहरु छन्। त्यो भन्दा पनि उक्त गाउ“मा आमाहरुको प्रजनन स्वास्थ्य समस्या अझ धेरै छ।

अशिक्षा, गरिवीलगायतका कारण उक्त गाउमा प्रजनन स्वास्थ्य समस्याको पीडा घरघरको बनिरहेको छ। तर उक्त गाउमा एउटा स्वास्थ्यचौकी पनि छैन। जसका कारण सर्वसाधारणहरु रोग पाल्दै बस्नुपर्ने वाध्यता रहेको स्थानीय देवकी नेपालीले बताउनुभयो। उहाले भन्नुभयो– ‘एकैदिनको शिविरले हामीलाई धेरै गुण लगायो।’

स्वास्थ्य र शिक्षाको अभाव र गरिवीका कारण पछि परिरहेको उक्त गाउमा बृहत निःशुल्क स्वास्थ्य शिविरमा सेवा सगै स्वास्थ्य शिक्षा पाउदा आफूसगै गाउलेहरुलाई ठूलो राहत मिलेको उहा“को भनाइ छ।

घर आगनमै शिविरबाट सेवा पाउदा ठूलो राहत मिलेको स्थानीय कलमी सार्कीले बताउनुभयो। स्वास्थ्य संस्था र आर्थिक अभावका कारण पाठेघरको उपचार गराउन नसकेको बताउदै उहाले भन्नुभयो– ‘कति राम्रो, घरबाट भातभान्सा गरेर आए, निःशुल्क औषधि पाए अब घर जादैछु।’ उहाहरु मात्रै होइन सोमवार नेपाल परिवार नियोजन संघ दाङ शाखा, क्षेत्रीय आयुर्वेद चिकित्सालय, सोनापुर सिमेन्ट प्रालि, पन्थी डेन्टल क्लिनिक, राप्ती अञ्चल आखा अस्पताल तुलसीपुर र गोरखा पब्लिक अस्पताल घोराहीको आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा सेवा लिन आउने तीन सय ९३ जनाको खुशी यस्तै थियो। शिविरले सेवा मात्रै नभई स्वास्थ्य शिक्षा पनि प्रदान गर्दा आफूहरुलाई ठूलो राहत दिएको उहाहरुको भनाइ थियो।

तीन सय ९३ जना लाभान्वित
दलित वस्तीमा निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमवार सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा करीव चारसय जनाले सेवा लिएका छन्। जसमा तीनसय २८ जना महिला र ६५ जना पुरुषले सेवा लिएको नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो। जसमा पाठेघरको मुखको क्यान्सर परीक्षण एक सय एक जनाको गरिएको थियो भने जसमा दुईजनाको पाठेघर मुखको क्यान्सर र तीन जना पाठेघर खसेकोे फेला परेका थिए भने आठ जनामा रिङ प्रेसरी राखिएको थियो।६९ जनाले आखा, ४६ जनाले दन्त र एकसय १४ जनाले आयुर्वेद सेवा लिएका थिए।

स्वास्थ्य सेवा हरेकको पह“ुचमा

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले हरेक व्यक्ति आधारभूत स्वास्थ्य सेवाको पहुचमा पुग्नुपर्ने बताउनुभएको छ। दलित समुदायको स्वास्थ्य सेवाका लागि सोमवार आयोजना गरिएको एकदिने बृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले यस्तो बताउनुभयो। उहाले भन्नुभयो– ‘संघीय संरचना निर्माणस“गै गाउ“–गाउ“मा समृद्धि र विकासको आवाज उठिरहेकाले ूस्वास्थ्य सेवा पनि समृद्धिको अभिन्न अंग हो।’ जसका कारण आधारभूत स्वास्थ्य सेवाको अधिकारबाट कोही पनि नागरिक बञ्चितमा पर्नुपर्ने अवस्था अब नरहेको उहाको भनाइ थियो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघकी केन्द्रीय सदस्य निर्मला गौतमले हरेक घरमा आमा स्वस्थ रहे परिवार नै स्वस्थ रहने बताउनुभयो। कार्यक्रममा सोनापुर सिमेन्ट प्रालिका वरिष्ठ नायव महाप्रबन्धक गणेश भट्ट, नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीलगायतले बोल्नुभएको थियो। तुलसीपुर उमहानगरपालिका वडा नंं. १८ का वडाध्यक्ष माधव ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top