Free songs
Home / फिचर समाचार / तुलसीपुरमा भित्री चक्रपथ निर्माणको तयारी

तुलसीपुरमा भित्री चक्रपथ निर्माणको तयारी

युगबोध समाचारदाता

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण गर्ने तयारी थालेको छ।

ग्रामीण वडाहरुलाई एकीकृत गर्ने गरी चक्रपथ निर्माण गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो। सडकको अवस्था नाजुक रहेका वडा नम्वर ३, ४ र ७ लाई जोडेर चक्रपथ निर्माण गर्न लागिएको उहाले बताउनुभयो।

वडा नम्वर ७ राजापुरबाट शुुरु हुने भित्री चक्रपथ राप्ती शान्ति उद्यान, मिलनचोक हुदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले बताउनुभयो। चक्रपथको लम्बाइ पाच किलोमिटर रहेको जानकारी दिंदै उहाले पाच सय मिटर कालोपत्रे भइसकेको बताउनुभयो। सडकको कुल चौडाइ ३० मिटेर हुने भए पनि तत्कालका लागि १२ मिटर रहने छ।

प्रदेश सरकारको तीन करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख शरद मानन्धरले बताउनुभयो। प्रमुख मानन्धरले यो आर्थिक वर्षमा तीन किलोमिटर जति बाटो कालोपत्रे गर्ने र बाकी अर्को आर्थिक वर्षमा गर्ने गरी काम अगाडि वढाइएको उहा“ले जानकारी दिनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top