Free songs
Home / विचार / ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन्

ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन्

के.वी. मसाल

घोराही उपमहानगरपालिकाले ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालनमा ल्याएको छ। अब बजार क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म ज्येष्ठ नागरिकहरुको भेटघाट र छलफल गर्ने थलो भएको छ। जिल्ला प्रशासन कार्यालय नजिक उत्साह टोलमा दिवा सेवा सञ्चालनमा आएको छ । दिवा सेवा सञ्चालन भएपछि ज्येष्ठ नागरिकहरु दिउ“सोको समयमा आउने गरेका छन्। ज्येष्ठ नागरिकका लागि चिया, खाजा साथै मनोरञ्जन गर्नका लागि मादल, झांझर, खैजरी मजुरालगायतका बाद्यवादनका सामानहरुको समेत ब्यवस्था भएको छ। घरमा युवा छोराछोरीहरु जागिर वा काम धन्दामा जाने र बालबालिकाहरु विद्यालय जाने हुदा ज्येष्ठ नागरिकहरुका लागि समय बिताउन सजिलो भएको छ।

ज्येष्ठ नागरिक अर्थात बुढ्यौलीको मनोरोग भनेको एक्लोपना हो। एक्लै बस्न बाध्य भएपछि ज्येष्ठ नागरिकहरु चाडै रिसाउने र झोक्किने हुन्छन्। टोल छिमेकमा ज्येष्ठ नागरिकहरुको कुरा सुनिदिने फुर्सद कसैको हुदैन। जुन कारणले मनोरोग बढ्दै जान्छ र अन्य रोग निम्त्याउ“छ। क्रमशः ज्येष्ठ नागरिकमा जोश, जा“गर र उमंग घट्दै जान्छ। ज्येष्ठ नागरिकहरु ज्ञानको भण्डार हुन्। ज्ञानको संरक्षण गर्न पनि ज्येष्ठ नागरिहरुलाई सक्रिय पार्नु पर्दछ। सक्रियता जीवन्त हो र यसले दिर्घायु बनाउदछ। स्वस्थ बनाउछ, नया जोश र जागर सिर्जना गर्दछ। ज्येष्ठ नागरिक जिउ“दा इतिहास हुन्। ज्ञान सीप र अनुभवका भण्डार हुन्। अतीतका पौरख र वर्तमानका पुस्तकालय पनि हुन्। घर, परिवार, समाज, राष्ट्रका पथप्रदर्शक र प्रतिष्ठा हुन्। ज्येष्ठ नागरिक सबै वर्ग, भाषा, धर्म, संस्कृित र समुदायका तीर्थस्थल हुन्।

समाजमा एक्लोपनमा रहेका ज्येष्ठ नागरिकहरुलाई गतिशील बनाई राख्नुपर्दछ। ज्येष्ठ नागरिकलाई हिंडडुल अत्यन्तै आवश्यक हुन्छ। मन्दिर, तीर्थ, ब्रत पाठ, पूजा, पुराण आदिमा सक्रिय गराउन पर्दछ। त्यसबाहेक, समाचार, पत्रपत्रिका, शारीरिक व्यायाम जस्ता काममा पनि ज्येष्ठ नागरिकहरुलाई दिवा सेवामा बानी पार्न सकियो भने यसले उहा“हरुलाई समय बिताउन सजिलो हुन्छ। यो बाहेक सरसंगत, लेखपढ र अन्य स्वयंसेवी कार्यहरुमा पनि व्यस्त गराउन सके राम्रो हुन्छ। दिवा सेवामा जुटेका ज्येष्ठ नागरिकलाई स्थानीय विद्यालयमा एक दुई घण्टी कथा शिक्षक बनाउन पनि सकिन्छ। बालबालिका र ज्येष्ठ नागरिकबीच सम्बन्ध स्थापना गराउ“दा समाजमा भातृत्व र प्रेम बृद्धि हुन्छ। बालबालिकाले व्यावहारिक र सैद्धान्तिक ज्ञान पनि सिक्न पाउ“छन्। ज्येष्ठ नागरिकको भावनाहरुलाई बालबालिकाले सजिलै अनुसरण गर्दछन्।

घोराही उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक दिवा सेवा शुरुवातीको अवस्था हो। यो दिवा सेवामा युवाहरु पनि
आफ्नो फुर्सदको समयमा पुग्दा राम्रो हुन्छ। ज्येष्ठ नागरिकको जीवनभरि स“गालेर राखेका अनुभवलाई ज्ञानको रुप लिन सकिन्छ। उनीहरुको सिप, ज्ञान र अनुभूतिलाई लिपिवद्ध गर्न सकिन्छ। साहित्यको सिर्जना गर्न सकिन्छ। हाम्रो संस्कृतिभित्रको राम्रा नराम्रा पक्षहरु लेखाजोखा गर्न पनि ज्येष्ठ नागरिकहरुको अनुभवको महत्वपूर्ण भूमिका रहन्छ। अर्कोतर्फ हाम्रा चाडपर्व मान्ने तरिका, पूजाआजा, यिनको संस्कृति, सामाजिक अनि व्यावहारिक पक्षको पूर्ण ज्ञान लिपिवद्ध गर्न सकिन्छ। ज्येष्ठ नागरिकहरुबाट माया, प्रेम, परिवार, जागिर, उद्योग लगायतका जिन्दगीका महत्वपूर्ण पक्षहरुको व्यावहारिक परिभाषा खोज्न सकिन्छ।

ज्येष्ठ नागरिकहरुलाई धर्मकर्मको चिन्ता हुन्छ। तीर्थ–ब्रत, दानधर्म गर्ने चाहना हुन्छ। तर विभिन्न व्यावहारिक, पारिवारिक र आर्थिक कारणले यी चाहना पूरा हुन सक्दैनन्। अनि मनमा अनेक सोच उत्पन्न हुन्छन्। आफ्ना बाल्यकाल सम्झन्छन्। युवा अवस्थाको रमाइलो जीवन सम्झन्छन्। मातापिताको स्नेहपूर्ण वात्सल्यता सम्झिन्छन्। यौवनका उमंग र माया प्रीतिका तितामिठा अनुभूतिहरु स्मरण गर्दछन्। आफ्ना परिवारको उन्नतिको लागि जिन्दगीका स्वर्णिम क्षणहरु व्यतित गरेको सम्झन्छन्। अनि बृद्धावस्थामा तिनै परिवारको बोझ अनि विमुख भएर बा“च्न बाध्य भएको दुःखदपूर्ण परिस्थितिले ब्यापक तनावहरु सिर्जना भएका हुन्छन्। यी तनावहरुलाई दिवा सेवाले न्यूनीकरण गर्न सक्छ।

अर्कोतर्फ छोरा–नातिको विवाह घरजम, जागिर–व्यवसाय र अन्य क्रियाकलापमा सन्तोषजनक परिणाम हुन नसक्दा पनि बृद्धबृद्धाहरुलाई चिन्ता लाग्छ। यो चिन्ता पनि बृद्धा अवस्थाका तनावका प्रमुख कारणहरु हुन्छन्। फेरि तिनै सन्ततिले आफ्नो कुरा नसुनिदिदा र झर्कोफर्को गर्दा बृद्धबृद्धाहरुको मन अमिलो हुन्छ र आफैंदेखि पश्चाताप लाग्छ। आफ्नो स्याहार–सुसार र माया–ममतामाथि तुषारापात भएको अनुभूति हुन्छ। त्यसैले बृद्धबृद्धा धेरै जसो तनावग्रस्त नै देखिन्छन्। यी तनावहरुले आदर्श बुढ्यौलीलाई झन दुःखदायी बनाइदिन्छ र विभिन्न रोग लागेर आयु पनि छोटो हुन्छ। यी तनावहरुबाट मुक्ति पाउन र आफ्नो अवकाश जीवन सुन्दर बनाउन स्वयं ज्येष्ठ नागरिक होशियार र चनाखो हुनुपर्दछ। ज्येष्ठ नागरिकले पारिवारिक समस्या परिवारलाई नै समाधान गर्न स्वतन्त्रता दिनुपर्दछ ।

जीवन यात्राको अन्तिम मोड भनेको बृद्धावस्था हो। हाम्रो देशमा नागरिकको अपेक्षित आयु हाल ६९ वर्ष रहेको पाइन्छ। मानिसको आयुलाई हावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ। बिस २०६८ सालको जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष नाघेका ज्येष्ठ नागरिक छन्। जनसंख्याको बृद्धिदर २.१ प्रतिशतले भएको भए पनि ज्येष्ठ नागरिकको संख्या भने वार्षिक ३.४ प्रतिशतले बृद्धि भइरहेको छ। विश्वभरिको संख्या लिने हो भने संसारभरी ज्येष्ठ नागरिकहरुको संख्या ७६ करोड पुगेको छ। विश्वको सामाजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन ज्येष्ठ नागरिकहरुलाई गर्नुपर्ने सम्मान र उनीहरुको सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै ज्येष्ठ नागरिकहरु उपेक्षित भएका छन्।

हाम्रो देशमा सरकारले ज्येष्ठ नागरिकहरुका लागि दीर्घकालीन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक, आर्थिक दुव्र्यवहार समेत ज्येष्ठ नागरिकहरुले खेप्नुपरेको छ। कुनै पनि ज्येष्ठ नागरिक बृद्ध हुनु उसको दोष होइन। यो त प्राकृतिक नियम हो। जन्मेपछि जो कोही पनि त्यो अवस्थामा एकपटक पुगिन्छ। तर पनि ज्येष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा बुझे पनि नबुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो ज्येष्ठ नागरिकहरुले भोग्नुपरेको पीडा थपिएको छ । खानपान, आचारविचार, व्यायाम हिंडडुलको वैज्ञानिक समयतालिका बनाउन सके ज्येष्ठ नागरिकको जीवन सुन्दर बन्छ। जीवनमा गर्न बा“की सम्पूर्ण कार्य गरेर शान्तस“ग विश्राम लिनु पर्दछ। परिवारका हरेक सदस्यले ज्येष्ठ नागरिकलाई नम्र भावले सम्मानपूर्ण व्यवहार गर्नुपर्दछ। ज्येष्ठ नागरिकहरुको कुरा जीवनभरिको अनुभव समेटिएको ज्ञानबद्र्धक हुन्छन्। त्यसैले ज्येष्ठ नागरिहरुको कुरा ध्यान दिएर सुनिदिनुपर्दछ।

आधुनिक रहनसहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागि गाउ“ छाडी मुलुकभित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपय ज्येष्ठ नागरिकहरुले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन्। ज्येष्ठ नागरिहरुबीच गएर अध्ययन गर्ने हो भने उनीहरुको वास्तविक समस्याको पहिचान गर्न सकिन्छ। स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्नुपर्दछ। हाम्रो समाज आफ्नो लागि भन्दा पनि सन्तानको लागि बढी सोच्ने, खाइ नखाई सन्तानको लागि सम्पत्ति जोगाउने संस्कार बसेको छ। तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेको देखिन्न।

समाजमा कतिपय ज्येष्ठ एवं बृद्ध नागरिकहरुलाई बिरामी हु“दा औषधि उपचार मात्र होइन सा“झ बिहानको हातमुख जोड्न समेत कठिन भएको छ। आर्थिक विपन्न र स्थायी आय–आर्जन नभएका ज्येष्ठ नागरिकहरुको अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ। जिल्लामा सामाजिक संघ÷संस्थाबाट सेवा दिन खोलिएका ज्येष्ठ नागरिक सरोकार केन्द्र र बृद्धआश्रम पनि आर्थिक कारणले सबै ज्येष्ठ बृद्ध नागरिकहरुलाई आवश्यक सेवा र संरक्षण दिन सकेका छैनन्। कोही कसैले समय सन्दर्भमा केही नगद र जिन्सी बृद्धाश्रममा दान गर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन।

मानिसको जन्म भएपछि बालक, किशोर, युवा, वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनीरुपले ज्येष्ठ नागरिक ह“ुदै बृद्ध अवस्थामा पुग्दछ। मानिस जन्मिएपछि सन्तानको जन्मदिने प्राकृतिक नियम हो। दाम्पत्य जीवनयापनपछि सन्तान भएन भने मेडिकल परीक्षणदेखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजीमा लाग्ने मानिस समाजमा छन्। भनिन्छ जन्म दिने आमा, बाबु ईश्वरसरह हुन्। एक पटक बाबु र आमाको उमेरमा सबै मानिस पुग्नु पर्दछ भन्ने कुरा सबैले सोच्ने हो भने अहिले सामाजिक न्याय खोजिरहेका ज्येष्ठ नागरिकहरुले पारिवारिक र सामाजिकरुपले अपहेलना हुने क्रम न्युनीकरण हुदै जान्छ।

राज्यले अहिले दिदै आएको सामाजिक भत्ता समय अनुकूल बढ्दै जाने महगीस“ग मिल्ने हिसावले प्रत्येक वर्ष बृद्धि गराउदै लानुपर्दछ। ज्येष्ठ नागरिकहरुलाई सम्मानपूर्वक जीवनयापन गर्न सामाजिक कानुनी तवरबाट राज्यको कर्तव्य हो। राज्यले दीर्घकालीन योजना वनाएर असहाय ज्येष्ठ बृद्ध नागरिकलाई संरक्षण दिन दिवा सेवा प्रत्येक स्थानीय तहका वडा र टोलमा सञ्चालन गर्नुपर्दछ। राज्यलाई हरेक नागरिकहरुले तोकिएको कर तिरेको हुन्छ। यो बाहेक ज्येष्ठ नागरिकहरुलाई दातृ निकायहरुले पनि सहयोग राज्यलाई प्रदान गरेको हुन्छ। यसरी जम्मा भएको सहयोग रकम ज्येष्ठ नागरिकहरुको संरक्षणमा खर्च गरिनुपर्दछ। अनि मात्र ज्येष्ठ नागरिकहरुले पाउनेछन् सामाजिक सुरक्षा र संरक्षण।

सामाजिक न्यायको लागि ज्येष्ठ नागरिकहरुको आवाजलाई सबैले सकारात्मकरुपले लिनुपर्दछ। समाजमा देखिएका वृद्ध नागरिकका समस्यालाई सामाजिक तवरले हल गर्दै जाने हो भने यो समस्या कुनै दिन समाजमा हट्दै जानेछ। आफ्ना बालबालिकाहरुलाई सानैदेखि ज्येष्ठ नागरिकहरुको सम्मान र सेवा गर्न सिकाऔ, आफू र समाजका नागरिकहरुलाई पनि ज्येष्ठ र बृद्धहरुलाई गर्ने व्यवहार, सम्मान, सेवामा लाग्ने वातावरण सिर्जना गर्ने अभियानमा जुटौं।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top