Free songs
Home / फिचर समाचार / छ महिनाभित्रै पुलमा गाडी गुडाउँछु : निर्माण कम्पनी

छ महिनाभित्रै पुलमा गाडी गुडाउँछु : निर्माण कम्पनी

गोविन्द खड्का

घोराही। काम शुरु गरेकोे ४६ दिन भएको छ। माघीलगायत चाडपर्वको विदाले काम गरेको दिन अझै घट्छ। यति छोटो समयमा बनेको घोराही सेवारखोला अटोभिलेजको पुलको संरचना पत्याउनै मुस्किल हुन्छ।

एउटा पिलर ढलान भइसकेको छ। अर्को पिलरको खाडल खनेर पनि ढलान गरिसकिएको छ। अर्को संरचना बनाइदैछ। तीनवटा स्काभेटर, छवटा टिप्पर, मिक्सचरलगायत प्रविधि नियमित काममा छन्। खोला किनारमै पाल टा“गेर कामदारहरु अहोरात्र खटिरहेका छन्।

फोकस लाइट हालेर राति दश एघार बजेसम्म काम चालु राख्ने गरेको निर्माण स्थलमा भेटिएका सवइञ्जिनियर देवीचरण चौधरीले जानकारी दिनुभयो। उहा“का अनुसार एक सय बढी कामदारहरु निरन्तर काममा छन्। कुनै पनि सामग्रीको अपुग छैन। पुल निर्माणमा आफ्नो लामो अनुभव भएको बताउने चौधरीका अनुसार यही गतिले अगाडि बढे एक वर्षभित्रै सबै काम सकिन्छ।

निर्माण कार्यको तीब्र गतिले आफूहरुलाई खुशी तुल्याएको अटोभिलेजका स्थानीयको भनाइ छ। पुल निर्माणसगै खोला किनारमा ग्याविन जाली पनि बुन्न शुरु गरेर निर्माण कम्पनीले जिम्मेवारीबोध गरेको छ। निर्माणाधीन अवस्थामै बाढी आए पनि अटोभिलेजले कष्ट व्यहोर्नुपर्नेछैन। ‘निकै तीब्रताका साथ काम भएको छ’– स्वर्गद्वारी अटोभिल्लाका नरेश कार्कीले भन्नुभयो– ‘यही गतिमा निर्माण कार्य अघि बढ्ने हो भने समयमै काम सम्पन्न हुन्छ।’ उहाका अनुसार खोलामा वर्षांैदेखि पुल अलपत्र पार्ने ठेकेदारहरुले शिक्षा लिने उदाहरण बन्छ।

निर्माणाधीन पुलको पश्चिम किनारमा टागिएको बोर्डमा लेखिए अनुसार गत मंसिर १७ गते सम्झौता भएको थियो। आगामी २०७७ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्ने सहमति भएको छ। पाच करोड ७७ लाख २८ हजार चार सय ४३ रुपैया“को लागतमा निर्माण हुनेछ। रौताह पिके जेभीले ठेक्का लिएको छ। त्यसको अथोराइज्ड निर्माण कम्पनी पिके निर्माण सेवा रहेको छ। जसले छोटो समयमै सम्पन्न गर्ने उद्देश्य लिई निर्माण कार्यमा डटेर लागेको छ। जसरी पनि छ महिनाभित्र निर्माण कार्य सकिने दाबी गरेको छ।

आउ“दो जेठ महिनासम्म पुलमा गाडी गुडाई छोड्ने पिके निर्माण सेवाका प्रकाश विश्वकर्माले जानकारी दिनुभयो। निर्माणस्थलमा यता र उता कुदिरहेको अवस्थाभा भेटिनुभएका विश्वकर्माले चौतर्फी ध्यान दिनुपरेको बताउनुभयो। उहाले कोही फुर्सदमा बस्नु नपर्ने गरी कामको बा“डफा“ड गरिएको बताउनुभयो। उहाले भनेजस्तै हरेक मजदुर कुनै न कुनै काममा व्यस्त देखिन्थे। उनीहरुको काम गराईको रफ्तारले चा“डै सकिने संकेत गर्दथ्यो।

पहिलो किस्ताको दश प्रतिशतले काम अघि बढाएको विकले जानकारी दिनुभयो। काम तीब्रताका साथ अघि बढेकाले अरु किस्ताको निकासामा ढिला सुस्ती नहुने आशा गरेको बताउनुभयो। ‘कुनै किसिमको अवरोध आएन भने २०७६ जेठमा पुलमा गाडी गुड्छन्’– विकले भन्नुभयो– ‘मैले भनेको मिति भन्दा एक दिन ढिलो गर्दैन लेखेरै राख्नुस्।’ उहाका अनुसार कुनै पनि बहानामा निर्माण कार्यमा ढिलासुस्ती हुनेछैन। मजदुर पनि बाहिर बाट आएकाले उनीहरुले लामो समय काम गर्ने छन्। बाहिरबाटको अन्य सहयोग भए अवश्य सकिने छ।
स्थानीय अटोभिलेजका बासिन्दाले निकै सहयोग गरेको विश्वकर्माले जानकारी दिनुभयो। कुनै किसिमको अवरोध स्थानीयबाट छैन।

आगामी दिनमा पनि कुनै खतरा महसुस भएको छैन। आफूलाई कमाउने लोभ लालच भन्दा इमानदारितापूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिष्ठाको भोक रहेको बताउनुभयो। आफ्ना कारणले आउदो वर्षातमा कसैले दुःख व्यहोर्नु नपरोस् भन्नेमा सचेत रहेको उहा“को भनाइ छ। पुल निर्माणमा ढिलासुस्ती हु“दा मोसो दल्ने, प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयमा बोलाउने, नागरिकले ज्ञापन पत्र बुझाउने, सर्वसाधारणले गाली गलौज गर्ने जस्ता कार्यले निर्माण व्यवसाय बदनाम गरेको वातावरण छ। आफ्नो कुनै पनि आलोचना नआउने गरी काम गर्ने मनसाय भएको विश्वकर्माको भनाइ छ। उहा“ले कामको गति कुनै पनि हालतमा सुस्त नहुने प्रतिबद्धता जनाउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top