Free songs
Home / फिचर समाचार / खेती मासेर चतुर्भुज महोत्सव

खेती मासेर चतुर्भुज महोत्सव

 

सागर रिजाल

प्युठान। प्युठान र रोल्पाको सिमानामा चतुर्भुज पर्छ। चतुर्भुजमा महोत्सव सञ्चालन भएको छ। माघ २५ गतेदेखि सञ्चालन भएको महोत्सवको स्टेज गहु“बाली माथि छ। गत शुक्रवारदेखि सञ्चालन गरिएको चतुर्भुज मेलामा करिब डेढ विगा जमिनमा रहेको हरियो गहु“बाली मासेर महोत्सवको स्टेज र स्टलहरु निर्माण गरिएको छ।

खेतीबाली नै नष्ट गरी मेला महोत्सव गर्नु राम्रो नभएको कृषि अधिकृत महेश श्रेष्ठले बताउनुभयो। ‘तत्काललाई भूउपयोग नीति प्रभावकारी हुन नसक्दा कृषि इकाइले कुनै एक्सन लिने आधार छैन तर यो गम्भीर विषय हो’– उहा“ले भन्नुभयो– ‘अब यस्ता कुरामा प्रशासन र अधिकारसम्पन्न स्थानीय तहहरुले ध्यान दिनुपर्छ।’

कृषि विकास केन्द्रको ठाउमा आएको कृषि ज्ञान केन्द्रले पनि अनुगमन गर्न जरुरी रहेको उहा“ले बताउनुभयो। यसले एउटा विकृतिको रुप लिएको छ यदि यसरी नै खेतीबाली नष्ट गर्दै महोत्सव मेला गर्न थाल्ने हो भने उर्वर भूमि केही समयमै मरुभूमि बन्न सक्ने उहाले बताउनुभयो। स्थानीय तहका बुद्धिजीवीहरुले पैसा दिने आश्वासनमा विनाशको विकास गर्नुले परिणाम गम्भीर हुने आंैल्याएका छन्।

महोत्सव सञ्चालनका लागि एक लाख ५० हजारमा उक्त जमिन भाडामा लिएको चतुर्भुज महोत्सव सांस्कृतिक संयोजक भरतमणि पौडलले जानकारी दिनुभयो। उक्त क्षेत्रका १० जना किसानको खेत मासिएको छ। रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश नं. ५ का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनले महोत्सव उद्घाटन गर्नुभएको थियो। अहिले रोल्पा र प्युठानमा महोत्सव सञ्चालन गर्ने क्रम बढ्दो छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top