Free songs
Home / फिचर समाचार / ‘आचारसंहिता विपरीत घर बनाए कारवाही’

‘आचारसंहिता विपरीत घर बनाए कारवाही’

युगबोध समाचारदाता

घोराही। प्रदेश नं. पाँचका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले भवन निर्माण संहिताविपरीत घर बनाए कारवाही गरिने कानुन ल्याउन लागिएको बताउनुभएको छ।

२१ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सुरक्षित भवन निर्माणसम्बन्धि अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै उहा“ले यस्तो बताउनुभएको हो। भूकम्प प्रतिरोधात्मक भवन निर्माणबाट भूकम्पबाट हुने मानवीय क्षति कम गर्ने उद्देश्यले प्रदेश सरकारले भवन निर्माणसम्बन्धी कानुन छिटोभन्दा छिटो ल्याउन लागेको उहाले बताउनुभयो।

‘भूकम्पबाट हुने भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्य र यसको व्यवहारिक कार्यान्वयन होस् भनेरै प्रदेश सरकारले भवन निर्माण सम्बन्धी छिटै कानुन बनाउदैछ’– मन्त्री चौधरीले भन्नुभयो। कानूनमा पालिकाभित्र निर्माण हुने सबै भवनहरु आचारसंहिता अनुसार नै हुनपर्ने र त्यसको नियगमन पालिकाले गर्ने उहाले बताउनुभयो।

प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री चौधरीले भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण नहुदा भूकम्पले ठूलो मानवीय क्षति हुने बताउनुभयो। नेपालमा विगतमा गएका ठूला भूकम्पहरुको स्मरण गराउ“दै उहा“ले भवन निर्माण आचारसंहिता अनुसार नक्सा पास गराएर मात्रै घर तथा भवनहरु निर्माण गर्नुपर्ने बताउनुभयो। मानवीय कमजोरी र लापरवाहीका कारण विपत्तिका बेला धेरै क्षति ब्यहोर्नु पर्ने भन्दै घर निर्माणमै सुरक्षित जीवनको आधार तय गर्न मन्त्री चौधरीले आग्रह गर्नुभयो।

भूकम्प सुरक्षा दिवसको अवसरमा कम्पन प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा भूकम्प कम्पन प्रतिरोधात्मक घर र सामान्य घरलाई कृत्रिम
झट्खाबाट दुबैबीचको फरकबारे देखाइएको थियो। प्रदर्शनीमा भूकम्प प्रतिरोधात्मक नभएका घरहरुले निम्त्याउने जोखिमबारे सचेत गराइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले भूकम्पले आफै मान्छे नमार्ने तर कमजोर संरचनाले मान्छे मार्ने बताएका थिए।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सीता सिग्देल न्यौपानेले स्वागत
मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top