Free songs
Home / फिचर समाचार / व्यावहारिक शिक्षा दिउँ : डाँगी

व्यावहारिक शिक्षा दिउँ : डाँगी

युगबोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिका–१६ सर्रास् िथत ज्ञानमाला एकेडेमीको ११ औं वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस् य अमरबहादुर डा“गीले बालबालिकालाई व्यावहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभयो। ज्ञानमालाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्दै उहाले समय सुहाउदो शैक्षिक सिकाइ आवश्यक रहेको बताउनुभयो। उहाले बालबालिकालाई पैसा नलाग्ने माया ममता, हेरचाह र उचित वातावरण दिनुपर्ने बताउनुभयो। बालबालिकालाई पैसा दिनुभन्दा पैसा नलागी सिकाउन सकिने कुरामा अभिभावकले ध्यान दिनुपर्ने उहाले बताउनुभयो।

यसैगरी विशिष्ट अतिथि प्याब्सनका जिल्ला सचिव खगेश्वर पौडेलले अभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक समन्वयबाट मात्रै गुणस् तरीय शिक्षा सम्भव हुने विचार व्यक्त गर्नुभयो। विद्यालयका प्रिन्सिपल केशवराज गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले व्यावहारिक शिक्षण विधिमार्फत अहिलेको बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा पद्मोदय पब्लिक माविका सहायक प्राचार्य लोकबहादुर बस् नेत, थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, आरआरएनका पूर्व क्षेत्रीय प्रमुख विकास चौधरी, विद्यालय व्यवस्थापन समितिका संस् थापक अध्यक्ष वामदेव पोख्रेल र क्रियाकलापमा आधारित शिक्षण सिकाइका निर्देशक ढुण्डिराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरु नारायणसिंह पुन र सलिमा चौधरीले
पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजक विमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल महेश बस् नेतले गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान गर्ने विद्यालय व्यवस् थापन समितिका पूर्वअध्यक्ष रामहरि शर्मा पौडेल र बस चालक रणबहादुर बाठालाई सम्मान गरिएको थियो। यसैगरी विद्यालयका समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान गरेको भन्दै सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई सम्मान गरिएको थियो। यसैगरी यस बर्षको एसइइमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल किशु खड्का, अभिभावक र विभिन्न क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका विभिन्न शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो। अभिभावक र अतिथिहरुले प्रदर्शनीको अवलोकन गरेका थिए। कार्यक्रममा बालबालिकाले विभिन्न सांस् कृतिक प्रस् तुतिहरु पनि गरेका थिए।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top