Free songs
Home / फिचर समाचार / विदेशबाट गास कटाएर एम्बुलेन्स उपहार

विदेशबाट गास कटाएर एम्बुलेन्स उपहार

युगबोध समाचारदाता

घोराही। वैदेशिक रोजगारीका लागि कतारमा गएका दाङका नागरिकहरुले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्। दाङ देउखुरी सेवा समाज दोहा कतारको पूर्ण आर्थिक सहयोगमा दाङ देउखुरी सेवा समाज घोराहीले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

दाङ देउखुरी सेवा समाजले शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। समाजका अध्यक्ष नुमाकान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले एम्बुलेन्सको साइरन बजाएर एम्बुलेन्स सञ्चालनमा आएको घोषणा गर्नुभएको हो। नेपाल सरकारको राजस् व छुटमा १६ लाख २९ हजार पा“च रुपैया“मा एम्बुलेन्स खरीद गरिएको समाजका सदस् य चन्द्रबहादुर नेपालीले जानकारी दिनुभयो। कतारमा कमलमणि गुरागाइ“ संयोजक रहेको आर्थिक संकलन समितिले उक्त रकमको जोहो गरेको हो।

कतारमा काम गर्दै आएका दाङका नागरिकहरुले २०६८ सालदेखि स्वास्थ्य, शिक्षा, विपतलगायतका क्षेत्रमा करीब एक करोड रुपैया बराबरको सहयोग गरेको उहाले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले विदेशमा बसेर आफ्नो गाउठाउको विकास र सेवामा खट्ने नागरिकहरुलाई धन्यवाद दिनुभयो। साथै उहाले एम्बुलेन्स सेवाले दूर दराजका दुःखी गरिब जनतालाई सेवा पु¥याउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

नगर प्रमुख चौधरीले अब विदेशमा नभई आफ्नै गाउ ठाउमा बसेर श्रम गर्न आग्रह गर्नुभयो। आवश्यक सीप तथा ज्ञान दिन नगर तयार रहेको भन्दै लक्ष, उद्देश्य र योजना लिएर आउन युवाहरुलाई आह्वान गर्नुभयो। कृषि र अन्य उद्यमबाटै आर्थिक समृद्धि हुने भन्दै उहा“ले अब शारीरिक भन्दा मानसिक श्रममा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

समाजका उपाध्यक्ष बलदेव विश्वकर्माको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, दोहा कतारका संस् थापक कोषाध्यक्ष सूर्य सुवेदी, सल्लाहकार अर्जुन खड्काले रोजगारीमा गएकाहरुको गा“स कटाएर सेवामा जोडिएको एम्बुलेन्सको दुरुपयोग रोक्न सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो।

समाजले २८ वर्ष गाडी चलाएका अमरराज क“वर योगीलाई लिखित तथा मौखिक परीक्षा गराएर चालकको जिम्मेवारी दिएको छ। सबै भूगोलका सडकमा सहजै जान सक्ने फोर्स एम्बुलेन्स खरीद गरिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top