Free songs
Home / विचार / रुकुममा मदिरा निषेध अभियानः एक ऐतिहासिक आवश्यकता

रुकुममा मदिरा निषेध अभियानः एक ऐतिहासिक आवश्यकता

हर्कसिंह केसी

आज रुकुममा एउटा चुनौतीपूर्ण तर निकै प्रशंसायोग्य कामको थालनी भएको छ। यसको चिन्ता हामी केही व्यक्तिलाई मात्रै हो कि भन्ने लाग्थ्यो । तर रुकुमको जिल्ला सरकारलाई नै यो महसुस हुनु सुखद शुरुवात हो। देशलाई नया सन्देश दिने अभियान थालिएको छ– रुकुम अब मदिरामुक्त बन्ने क्रममा छ।

यो निकै जरा गाडेर हांगा फैलाएको ऐंजेरु पलाएको नसालु रुख हो। यो एक क्यान्सरभन्दा भयंकर रोग हो। यसको नियन्त्रण त्यति सजिलो पक्कै छैन, जति फेसबुकमा बोल्नुमा छ। यो कदम निकै चुनौतीपूर्ण तर अत्यावश्यक अभियान हो।

यति याद ह“ुदैन कि यसले भेट्यो भने गहिरो खाडलमा फसाउ“छ। त्यसैले यसको नियन्त्रण अभियानमा यसको सहारामा रोजीरोटी धान्ने गरीब वर्गदेखि बडेमानका महोत्सवहरुमा का“चका गिलास ठोक्काउने धनाढ्यसम्म यो अभियानमा तगारो बन्ने छन्। स् कूलका कक्षामा निदाउने, कक्षाबाट निस् केपछि खल्तीमा लुकाएर सडक पेटी या खोला किनारामा लम्किने शिक्षक विद्यार्थीदेखि दार्शनिक साहित्यकारसम्म, सबै तह तप्काका जनसमुदाय कुनै न कुनै बहाना बनाएर यसको बचाउमा जुलुस निकाल्नेछन्।

कोही हामीले कसको के बिगारेका छौं भनी कुर्लने छन् । कसैले ठूला–ठूलालाई सक्दैनन्, हामीले एकछाक धानेको देखिसह“दैनन् भन्नेछन्। कसैले तेल पनि लाउनेछन् र भित्रभित्रै अभियानको विरोध पनि गर्नेछन्। जथाभावी खान नदिउ“, भित्रभित्र त जेसुकै गरुन् छोड्दिउ“, आखिर राजश्व पनि त राम्रो उठ्छ। यति धेरै कर्मचारी र पदाधिकारिलाई तलब धान्न पनि त सघाउ“छ। यस् तै–यस् तै तर्क पनि यो बीचमा धेरै आउनेछन्।

यताबाट उताबाट चारैतिरबाट यो अभियानलाई कमजोर बनाउनकै लागि प्रयत्न हुनेछन्। दिलदेखि नै यसको नियन्त्रण गर्नुपर्छ भन्नेहरु निकै कम हुनेछन्। हिजो खोला किनारामा लाशजस् तै पल्टेर आनन्दित हुने महाशयहरु आज आफ्नो चरित्रहत्या भएको दोष त्यो नशालु झोललाई दिने छैनन् बरु सडकको शयनलाई स् वर्ग नै ठान्नेछन्।

यसको नियन्त्रण या निर्मूल चाहने सरोकारवालाहरु बहुत चलाखी र संयमतापूर्वक लाग्न आवश्यक हुन्छ। तगारो बन्न आउनेलाई आक्रामक हैन, शालीनढंगले प्रतिवाद गर्ने रणनीति बनाउनुपर्छ। उनीहरुलाई विनम्रतापूर्वका अनुरोध गर्ने, जुन व्यक्तिले धेरै मादक पदार्थ सेवन गर्छ, उसकै घरबाट अभियानको नेतृत्व तयार पार्ने, मदिराका कारण विश्वमा भएका क्षतिका विवरण सार्वजनिक गर्ने आदि अभियानको कार्यनीति बन्नुपर्छ।

त्योभन्दा अघि योजना निर्माणमा नै ध्यान पु¥याउनुपर्छ। के पनि सुनिदैछ भने गाउघरका कच्ची रक्सी हटाउने तर शहरिया पक्की रक्सी निर्बाध चल्न दिने। यदि यो सा“चो हो भने योजना कमजोर छ। यसले पक्कै प्रतिफल राम्रो दिनेछैन। हाम्रो गाउघरतिर रक्सीले अनाहकमा धेरैको ज्यान लिएको छ। धेरैलाई बिनाकारण दुशमनी बढाएको छ। परिवार सखाप पार्नेदेखि घाटी रेट्नेसम्मका घटना भएको धेरै भएको छैन। मुख्य दोष मदिराकै हो, यसमा कच्ची र पक्की भन्ने हु“दैन, नशा एउटै हो।

सबैको चासो र चिन्ता बढेको हो। धेरैको माग वा चासोमा ध्यान दिनु पक्कै पनि सरोकारवालाहरुको असल कदम ठहरिन्छ, जो स् वागतयोग्य छ तर मान्छेका ब्यक्तिगत, सामाजिक र नैतिक जीवन बर्बाद गर्ने यो विषालु झोललाई पनि वर्गीकृत गरियो भने अभियान सफल हुन सक्दैन।

यो अभियान चलाउनुपूर्व सचेतनामूलक कार्यक्रम धेरै नै गरिनुपर्ने थियो। केही नगरपालिकाले त गरेका पनि थिए। यो पाटो कमजोर रहेकाले अब ब्यापक मात्रामा चेतना विस् तारको अभियान थाल्नुपर्छ। हिजो कुनै समय एकलौटी जनवादी सत्ता चलाएका बेला पनि यसको नियन्त्रणमा कति धेरै समस् या थिए भने अहिले त झन पक्ष बिपक्षको राजनीति छ। अर्कोले जतिसुकै राम्रो काम गरोस्, कहा छिद्र भेटिन्छ भनेर सुरुङभित्र पनि राको बाल्ने प्रतिपक्षीय मानसिकताबाट नेपाली राजनीति आक्रान्त छ। यसको चपेटामा यो अभियान नपरोस्। प्रतिपक्ष दलले घुमाउरो भाषामा यसको बिरोध शुरु गरेको छ, उसले यसलाई बढाउने हो भने यही कारण अर्को चुनाव उसका लागि थप दुखान्त हुनेछ। आजका मतदाता भनेका महिला हुन्, उनीहरु सबैभन्दा धेरै मदिराबाट वाक्कदिक्क छन् । त्यसैले उनीहरुको मत मदिराविरोधी अभियानको पक्षमा स् वतः प्रकट हुनेछ।

मुख्य कुरा कुनै समस्या आए पनि अभियन्ता बिचलित हुनुहुदैन। यो अभियान रुकुमको भविष्यस“ग जोडिएको छ भने देशका लागि प्रेरक प्रसंग बन्नसक्छ। समृद्ध नेपाल, शान्त सुन्दर नेपालको भीमकाय सपनामा दीर्घकालीन असर पु¥याउने कारकको रुपमा रहेको मदिरा नियन्त्रण आजको ऐतिहासिक आवश्यकता हो। यसकै नियन्त्रणबाट शुरु गर्नुपर्छ समृद्ध नेपालको यात्रा। अन्यथा तपाइ हाम्रो पुस्ता त्यसैको रसातलमा डुबेर सक्किनेछ। सन्ततिहरु हाम्रो लाश तह लगाउनमै ब्यस् त हुनेछन या हाम्रो खरानी घसेर जोगी बन्नेछन्।

जनता परिचालन र सभा सम्मेलन, शिक्षण प्रशिक्षणजस् ता कार्यक्रमहरु ब्यापकरुपमा गाउ“–गाउ“ र टोल–टोलमा सञ्चालन गर्नु आवश्यक छ। कुनै पनि राजनीतिक या सामाजिक योजना लागु गर्ने हो भनेको जनतामा गएर नै हो। अझ जनताले नै सम्पन्न गर्ने हो। जो धेरै पीडित छ उसैबाट अभियानको शुरुवात गरौं र अन्तिममा जो धेरै मदिरामा लिप्त छ उसलाई नै अभियानको नेता बनाउने गरी रणनीति तयार गरौं। यसका लागि दल, सरकार र अझ प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ। अन्य जिल्लास“गको समन्वयमा पनि उत्तिकै चनाखो
हुनुपर्नेछ । अन्यथा कालोबजारी भित्रिन सक्छ। रुकुममा प्रतिबन्ध लगाए पनि मदिरा सेवन गर्न जागरकोट, सल्यान, डोल्पा, रुकुमपूर्व र रोल्पासम्म पुग्ने स् िथति नआओस्। अहिले पनि नेपालका सीमावर्ती क्षेत्रमा भारतबाट रक्सी खान आउनेहरुको भीड हुन्छ । किनकि भारतमा रक्सी बिक्रीमा कडाइ छ।

सारमा योजना निक्कै प्रशंसनीय र आबश्यक छ। तर पनि योजना कार्यान्वायन र अनुगमनको पाटोमा तालमेल मिलेन भने सफल हुन कठिन नै हुन्छ। सम्पूर्ण सरोकारवालाहरु त्यसतर्फ जुटौं। सिंगो देशलाई नया सन्देश दिऔं। दिनरात जॉ“डरक्सीमा मातिने र घरमा पुगेर हिंसाका नया“–नया“ घटना गराउने गाउ र घरहरुमा अब नया“ समृद्धिको बहस शुरु हुनेछ। शान्ति र शालीन समाज बन्नेछ। रुकुमपश्चिमले नमूना देखायो भने यो देशकै लागि मार्गदर्शन हुनेछ।

(त्रिवेणी गापा–१ रुघा रुकुम निवासी लेखक केसी हाल दक्षिण कोरियामा हुनुहुन्छ)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top