Free songs
Home / सम्पादकीय / मानव बेचविखन रोक्ने दायित्व

मानव बेचविखन रोक्ने दायित्व

माइती नेपाल नेपालगञ्जको पहलमा इराक लगिँदै गरेका छ जना चेलीको शुक्रवार उद्धार गरियो। भारतको दिल्लीमा भेटिएकी ती चेली दिल्ली महिला आयोगको सहयोगमा माइती नेपालले उद्धार गरेर संस् थाको केन्द्रीय कार्यालय पठायो। अर्घाखाँची, मोरङ र नुवाकोटका उनीहरुलाई इराक लैजान दलाले दिल्ली पु¥याएका थिए। दलालको यही समूहले इराक लैजान भारतको मणिपुर पु¥याएका एक सय ७८ जनालाई उद्धार गरिएको थियो। घरको काम गर्ने र मासिक ५० हजार पाइने दलालको प्रलोभनमा इराक जान लागेका छ जना जोखिमपूर्ण ठाउँमा नपुग्दै जोगिएका छन्। तर दलालहरुले भारतको बाटो भएर खाडी मुलुक पु¥याउने क्रम रोकिएको छैन। नेपालका विभिन्न ठाउँबाट भारतमा र भारतीय बाटो हुँदै खाडी मुलुकसम्म पु¥याएर चेलीबेटी बेचिँदै आएका छन्। नेपालबाट वर्षेनि १० देखि १२ हजारसम्म चेलीबेटी बेचबिखन भइरहेको अनुमान छ भने यसरी बेचिनेमा बढीमात्रामा आफन्तबाट नै बेचिएको तथ्यांक छ। त्यस् तै विश्वमा ६० प्रतिशत महिला तथा बालबालिका बेचिएको र बेचिनुको मुख्य कारण सामाजिक, आर्थिक, अशिक्षा र गरिबी मुख्य रहेको अध्ययनहरुले देखाएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा बेचविखन बढ्दो छ।

मानव बेचविखन तथा ओसारपसारको विषय नयाँ होइन। पहिले–पहिले नेपाली महिलाहरुलाई बम्बईको कोठीमा बेच्ने कुराहरुको निकै चर्चा हुन्थ्यो। हाम्रो सन्दर्भमा बेचविखन भन्ने बित्तिकै हाम्रा चेलीहरु बम्बईको कोठीमा यौनधन्दाका लागि बेचिन्छन् भनेर बुझिन्थ्यो। अब अवस् था यतिमै मात्र सीमित छैन। कोठीहरुमा यौनधन्दा चलाउन बेचिनेहरु बम्बईमा मात्रै होइन, अन्य धेरै मुलुकमा बेचिन थालेका छन्।

महिलाहरुलाई मात्रै होइन, पुरुषहरु पनि बेचविखनको शिकार भइरहेका छन्। पहिले छिटफुट रुपमा एकाध व्यक्तिले व्यक्तिगतरुपमा बेचविखनको धन्दा चलाउने गर्थे भने अहिले बेचविखनमा संलग्नहरु संगठित भएर काम गरिरहेको अवस् था छ। अभाव, दुःख, पीडामा रहेकाहरुलाई जागिर लगाइदिने, राम्रो काम दिलाइदिने प्रलोभन देखाउँदै अनेकखाले झुटा बाचा गरेर धेरैलाई सजिलै आफ्नो जालमा पार्न सफल भइरहेका छन्। बेचविखनको बढ्दो आँकडाले पनि यो कुरा पुष्टि गर्दछ। समाजमा बालिका र महिलालाई दिइएको दोस्रो दर्जाको कारण उनीहरुले थुप्रै साँस् कृतिक, सामाजिक र आर्थिक अप्ठ्याराहरुको सामना गर्नुपर्छ र त्यस्ता अप्ठ्याराबाट मुक्ति पाउन वैदेशिक रोजगारको जस् तोसुकै जोखिम उठाउन तयार हुँदा महिला तथा किशोरीहरु बेचविखनमा पर्ने गरेका छन्।

सम्बन्ध विच्छेद भएका, हेपिएका, घरेलु हिंसाबाट पीडित भएका, दुर्गम तथा विपन्न समुदायका महिलाहरु, जोखिम अवस्थामा रहेका महिला तथा बालबालिकाहरु, गाउँबाट शहर आएर रोजगारी गरिरहेका, रोजगारी खोजिरहेका किशोरीहरु दलालको प्रलोभनमा पर्ने गरेको देखिएको छ। विदेशमा दुःख पाएर उद्धारको लागि भइरहेका याचना र उद्धार भएर फर्किएकाहरुले दिएको जानकारीले पनि यो पुष्टि गर्छ। बढ्दो बेरोजगारी, अशिक्षा र वैदेशिक रोजगारीका नाममा हुने बेचविखनबारे सही सूचना पर्याप्त मात्रामा नपाउँदा दलालको प्रलोभनमा परेर विदेशिने गरेका छन्। वैदेशिक रोजगारमा गएका कैयौं नागरिकहरुले खेपेका अनेकन सास् ती बेचविखनकै परिणाम हुन्।

बेचविखनका विभिन्न स् वरुपहरु देखा परेका छन्। यौनधन्दा, श्रम शोषणदेखि अंग प्रत्यारोपणसम्मका लागि मानव बेचविखन हुने गरेको छ। वैदेशिक रोजगारका नाममा बेचविखन र ओसारपसारको क्रम झनै बढेको छ। खुला सिमाना र गैरकानुनी बाटो भएर विदेश पुगेका कैंयौ नागरिकहरु बेचविखनमा परेका छन्। बेचविखनका विभिन्न स् वरुपहरु एकिन गर्न कठिन रहे पनि वैदेशिक रोजगारका नाममा धेरै युवाले विदेशमा खेपेको समस् याहरु हेर्दा उनीहरु बेचविखनमा नै परेको देखिन्छ। बहुसंख्यक वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु जबर्जस् ती काम गर्न बाध्य बनाइएका छन्। उनीहरुको श्रम शोषणका लागि बेचविखन भएको छ। तर वैदेशिक रोजगारका नाममा त्यसरी बेचिएका नागरिकलाई स् वदेश फिर्तीलगायतका विषयमा न सरकारी तदारुकता पर्याप्त छ न त सम्भावित जोखिमयुक्त सीमावर्ती क्षेत्रहरुमा बेचविखन रोक्ने गरी सरकारले निगरानी केन्द्र स् थापना नै गर्न सकेको छ। यति मात्रै होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलकै बाटो भएर पनि दलालले सजिलै मानव बेचविखनको धन्दा चलाइरहेका छन्। यसले पनि मानव बेचविखन रोक्न गरिएका प्रयासहरु फितलो छ भन्न कर लाग्छ।

मानव बेचविखन तथा ओसारपसारको यो क्रम रोक्न सबै पक्षको विशेष सतर्कताको खाँचो छ। प्रथमतः यो रोक्ने दायित्व सरकारको हो। कानुनको प्रभावकारी कार्यान्वयन, निरन्तर निगरानी अनुगमन, सीमा नाकामा निगरानी केन्द्रको स्थापना र नागरिकहरुलाई सचेत पार्ने कामलाई सँगसँगै लैजानुपर्छ। समाजमा विद्यमान उँचनिच भावना, विभेदले पनि मान्छेलाई त्यस्ता जोखिम मोल्न उक्साउँछ। बेचविखन र ओसारपसारको कामलाई बढावा दिन मद्दत गर्ने विभेदपूर्ण अवस् थाको अन्त गर्न पनि समाजका सचेत वर्गले पहल गर्नुपर्छ। सबैको सामूहिक प्रयत्नले मात्रै मान्छेले मान्छेलाई नै बेच्ने निकृष्ट काम रोक्न सम्भव हुन्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top