Free songs
Home / समाचार / संक्षिप्त समाचार / महायज्ञबाट डेढ करोड बचत

महायज्ञबाट डेढ करोड बचत

घोराही (युस)– बाराह क्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउको भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सञ्चालन गरिएको श्रीमद्भागवत धनधान्याचल विराट ज्ञान महायज्ञको आर्थिक आयव्यय सार्वजनिक गरिएको छ। महायज्ञ मूल आयोजक समितिले आइतवार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो।

माघ ३ देखि ११ गतेसम्म सञ्चालित महायज्ञमा उठेको कुल एक करोड ९१ लाख २७ हजार छ सय ५३ रुपैया“मध्ये ४० लाख ७२ हजार तीन सय १४ रुपैया खर्च र एक करोड ५० लाख ५५ हजार तीन सय ४९ रुपैया बचत भएको महायज्ञ आर्थिक समितिले जानकारी गराएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास, प्लस टु कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको महायज्ञमा दानदाताबाट एक करोड ६१ लाख ७६ हजार तीन सय ३८ रुपैया उठेको थियो भने तुलादान, भूमिदानलगायतका अन्य दानबाट २९ लाख ५१ हजार संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो।

महायज्ञका निर्देशक प्रा.डा. अर्जुनकुमार बुढाथोकीले महायज्ञ सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको भौतिक निर्माण कार्य छिटो भन्दा छिटो शुरु गरिने र प्राविधिक शिक्षाका प्रक्रिया अगाडि बढाइने बताउनुभयो।

महायज्ञ मूल समितिका संयोजक विमला योगीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स् वागत मन्तव्य महायज्ञ मूल समितिका उपसंयोजक केबी घर्तीले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top