Free songs
Home / फिचर समाचार / बाँकेमा धेरै ‘भ्रष्टाचार’

बाँकेमा धेरै ‘भ्रष्टाचार’

युगबोध समाचारदाता

बाके। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षमा आठवटा मुद्दा दर्ता गरेको छ। आठमध्ये पाचवटा मुद्दा बाके जिल्लाका रहेका छन्।

सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, सिक्टा सिंचाई आयोजना बॉके, भेरी यातायात व्यवस् था कार्यालय बाके, सशस् त्र प्रहरी बल नौवस्ता बाके (र्काडेतार खरीद कार्य), नौवस्ता डिप बोरिङ उपभोक्ता समिति बाके, त्रिभुवन मावि कोहलपुर रहेका छन्। सम्पर्क कार्यालयले पप्पुले बनाएको जब्दीघाट पुल निर्माण बर्दिया, साविक जिल्ला कृषि विकास कार्यालय दैलेख र नेपाल टेलिकम दूरसञ्चार कार्यालय दाङविरुद्ध मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७५÷०७६ को माघ २६ गतेसम्म सम्पर्क कार्यालयले आठवटा ‘स् ट्रीङ अप्रेसन’ गरेको छ। उक्त स् ट्रीङ अप्रेसनमा १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। अख्तियारले अस् थायी प्रहरी पोष्ट बसपार्क नेपालगञ्ज, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर, राजापुर नगरपालिका बर्दिया, दाङमा आफूलाई वडाध्यक्ष बताउने व्यक्ति, भूमि सुधार तथा मालपोत कार्यालय बा“के, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत, सवडिभिजन वन कार्यालय बा“केमा स् ट्रीङ अप्रेसन गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत असईलाई केन्द्रीय कार्यालयबाट आएको टोलीले रंगेहात पक्राउ गरेको हो।

अख्तियार सम्पर्क कार्यालय, नेपालगञ्जले आइतवार पत्रकार सम्मेलन गर्दै सबैभन्दा धेरै स् थानीय तहका उजुरी परेको बताएको छ। कार्यालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले स्थानीय तहका एक सय २७ वटा उजुरी रहेको बताउनुभयो। शिक्षाका ७७, वनका ४९, भूमिमा ३०, गृहमा २२, स् वास् थ्य तथा जनसंख्यामा १३, भौतिक पूर्वाधार तथा यातायातमा १३, ऊर्जा, जलस्रोत तथा सिंचाईमा ११, कृषि तथा पशुपंक्षीमा ११ वटा उजुरी परेका छन्।

अख्तियार, नेपालगञ्जमा उजुरी पनि बा“केकै बढी परेका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जिल्लाका एक सय ७६ वटा उजुरी परेका छन्। त्यसमध्ये ३४ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। बर्दिया र दाङ पनि उजुरी धेरै पर्ने जिल्लामा गनिएका छन्। यो अवधिमा बर्दियाका ८९ वटा उजुरी परेका छन् भने १६ वटाको प्रारम्भिक अनुसन्धान सकिएको छ। दाङका ८८ वटा उजुरी परेका छन्। नौवटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ।

अख्तियारले सबै जिल्लामा निगरानी गरिरहेको जनाएको छ। कार्यालयका प्रमुख गैरेले अहिले गैरकानुनी सम्पत्ति आर्जन, प्राकृतिक स्रोत साधनको दोहन, सार्वजनिक सम्पत्तिको हिनामिना, घुस, विकास निर्माणका कार्यमा हुने गरेको अनियिमततामा फोकस गरेको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top