Free songs
Home / विचार / पर्या–पर्यटकको लागि गिद्ध

पर्या–पर्यटकको लागि गिद्ध

डिल्लीबहादुर रावत

हामीले कुरा ठूला गर्दछौं भने काम केही गर्दैनौं। अरुले गरेको कामको विरोध गर्दछांै । तर आफै त्यो काम गर्न अग्रसर हु“दैनांै । अनि कसरी बन्छ मुलुक ? मुलुक बन्ने त कुरै छैन । न आफ्नो वर्तमान सुखद बनाउन सक्छौं न त भविष्य सुनिश्चित गर्न नै सक्छौं। मैले अरुको कामको विरोध नगर्ने भन्न खोजेको होइन। मैले त तथ्यमा आधारित भएर गल्तीको भण्डाफोर र विरोध गर्नुपर्दछ । तर मनगढन्ते हिसावले विरोध गर्नुह“ुदैन मात्र भनेको हो। यो के सन्दर्भमा भनिरहेको छु भने धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन लागिरहेका छन्। अत्याधुनिक क्रिकेट स् टेडियम बनाउदा एकातिर खेलप्रेमीमा नवीन उत्साह जगाउ“छ भने अर्कोतिर खेल पर्यटकको सम्भावना बढेर जान्छ।

आन्तरिक होस् या वाह्य पर्यटक आउने भनेको राज्य र जनतालाई फाइदा पुग्नु हो। कतिपयले सामाजिक सञ्जालमा धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट मैदान नबनाउनु पथ्र्याे स्कूल, अस्पताल बनाउनुपथ्र्याे भनेर विरोध गरिरहेका छन् । यो ठीक होइन। उनीहरुले दाताको सहयोग रकममा हिनामिना गर्दैछन् भने विरोध गर्नुपर्दछ । तर यो गर्नुपर्दछ त्यो गर्नुपर्दछ भनेर विरोध गर्नेले आफै गरे पनि त हुन्छ नि। धुर्मुस सुन्तली फाउन्डेसन पनि नाफारहित गैरसरकारी संस्था हुनुपर्दछ। के काम गर्ने भन्ने निर्णय फाउन्डेसनले गर्ने हो। चित्त बुभ्mछ भने रकम सहयोग गर्ने, बुझ्दैन भने हामी यो कामको लागि रकम दिदैनौ भने भइहाल्यो नि। अत्याधुनिक रङ्गशाला बन्नु भनेको खेलाडी, जनता र राष्ट्रलाई फाइदा हुने कुरा हो। यसको विरोध गर्नु उचित होइन भन्न मात्र खोजेको हो। खेल पर्यटकका माध्यमबाट अरु देशले आफनो विकासमा तीब्रता दिएका छन्। हामीमा पनि संभावना छ। यहा“को हावा पानी, सुन्दर भूगोल, मनमोहक प्राकृतिक धरोहरले सबैलाई लोभ्याउनेछ। त्यसैले धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट मैदान बनाउ“दैछ भने अरुले अरु चिज बनाए पनि त हुन्छ नि । त्यसैले अनावश्यक विरोध गर्नु अचेतनाको पराकाष्ठा हो भन्ने लाग्छ।

हाम्रो मुलुकले कम लगानीमा विकासलाई तीब्रता दिन सक्ने भनेको पर्यटन उद्योग हो। पर्यटन उद्योगलाई प्रकृतिमैत्री बनाउन सकियो भने पर्यटन उद्योगले दिगो रुप लिन सक्नेछ। पर्यटकहरुको रोजाइ पनि भिन्नभिन्न हुने गर्दछन्। जसले गर्दा पर्यटकको क्षेत्रलाई निम्नअनुसार वर्गीकरण गरेर नीति बनाउनु पर्दछ। जस्तै– (१) पर्या–पर्यटक (२) सांकृतिक पर्यटक (३) धार्मिक पर्यटक (४) खेल पर्यटक (५) कृषि पर्यटक (६) बागवानी पर्यटक (७) साहसिक पर्यटक (८) हिमपर्यटक (९) पुरातात्विक अध्ययन पर्यटक (१०) औद्योगिक पर्यटक जस् ता क्षेत्रबाट पर्यटकलाई आकर्षण गराउन सकिन्छ। यसमा हाम्रो देशमा अहिलेसम्म बढी मात्रामा आउने भनेको पर्या–पर्यटक र हिमपर्यटक नै हुन्।

यसको दिगो संरक्षण र विकास र प्रचार गर्न सक्ने हो भने नेपालको विकासमा कोसेढुंगा सावित हुन कत्ति पनि समय लाग्नेछैन। पोखरा र चितवनको विकासमा पर्या–पर्यटकहरुको ठूलो भूमिका छ। सांस् कृतिक घूलन भएको छ। मान्छेहरुमा मेहनत गर्नुपर्छ भन्ने सोचाइको विकास भएको छ। प्रत्यक्ष अप्रत्यक्ष रोजगार बढेको छ। आम्दानीका स्रोतहरु बढेका छन्। मानिसको जीवनस् तर माथि उठेको छ। त्यसैले सरकारले प्रत्येक जिल्लामा कहा“ कस् तो पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भनेर गहन अध्ययन गरी काम गर्नुपर्दछ। मेचीदेखि महाकालीसम्म हिमालदेखि तराईसम्म सम्पूर्ण नेपाललाई अत्याधुनिक आकर्षक पर्यटकीय क्षेत्र बनाउनतिर लागिपर्नुपर्दछ। यसमा जनता, निजी क्षेत्र, सामुदायिक क्षेत्र, गैरसरकारी निकायको साथ लिएर नेपाल सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्दछ। अनि मात्र पर्यटकहरुलाई भिœयाउन सकिन्छ। आन्तरिक र वाह्य दुबै पर्यटकलाई मध्यनजर गरी काम गर्नुपर्दछ। नेपालीहरुलाई घुम्ने संस्कृतिको विकास गर्नु आवश्यक भइसकेको छ।

हाम्रो देशले अहिलेसम्म दर्शन, सिद्धान्त, विचार अरु देशबाट सिक्दै आएको छ। तर त्यसलाई ब्यवहारमा नउतारी नारामै सीमित बनाएको छ। तर नेपाली मस् ितष्कबाट उठेर ब्यवहारमा मूर्तरुप दिन सकेको भनेकै तीब्ररुपमा लोप हु“दै गएको प्रकृतिको निःशुल्क कुचीकार मानिने गिद्धको संरक्षण, सामुदायिक स् तरमा संरक्षण गर्न सकिन्छ भनेर नवलपरासीबाट शुरु गरेको गिद्ध रेष्टुरेन्टको अवधारणालाई अहिले भारत, पाकिस् तानलगायतका देशहरुले अनुशरण गर्दै आइरहेका छन्। संरक्षणमा मिलेको सफलताले नै यस् तो हुन गएको हो। गिद्ध मांसाहारी पंक्षी हो । तर यसले मारेर कहिल्यै खा“दैन । खान्छ त केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र। न यसले खाद्यबाली खान्छ न त फलफूल नै। न यसले कुनै प्राणीलाई आहत पु¥याउछ न त बोट बिरुवालाई नै। यसले त केवल मरेको सिनो र फालेको मासुजन्य फोहोर खाएर मानिसलाई ठूल–ठूला महामारी रोगबाट बचाउ“छ। एउटा सर्भेले के देखाउ“छ भने सिनो र फालेको मासुजन्य फोहर ब्यवस् थापनमा करोडौं रुपैया खर्च हुन्छ । तर गिद्धको उपस् िथतिमा यो रकमलाई भौतिक विकास वा गरिवी हटाउन प्रयोग गर्न सकिन्छ। गिद्ध ठूल–ठूला रुखमा बस् ने भएकाले गिद्धको वासस् थान संरक्षणले पर्यावरण संरक्षणमा टेवा पु¥याउ“छ। अप्रत्यक्षरुपमा भूमिगत पानी सञ्चयमा पनि टेवा पु¥याउछ।

यस् तो मानव उपयोगी वा मानवमैत्री पंक्षीको संरक्षण गर्नु सम्पूर्ण सचेत मानिसको दायित्व हो। केही व्यक्तिहरु आफूलाई एकदमै जान्ने देखाउन खोज्ने अबुझ्कडहरुले गिद्ध अमेरिकाको राष्ट्रिय चरो हो भनेर भन्ने गरेको पाइयो। चरा हुन् वा जनावर कुनै देशको पेवा हु“दैन। संरक्षण गर्नु सबैको दायित्व हो। तर गिद्ध अमेरिकाको राष्ट्रिय चरो होइन। अमेरिकाको राष्ट्रिय चरो चिल हो। गिद्धलाई संस् कृतमा जटायु भनिन्छ भने अंग्रेजीमा भल्चर (खगतिगचभ) र नेपालीमा गिद्ध भनिन्छ । तर चिललाई अंग्रेजीमा (भबनभि) भनिन्छ। चिलले मरेको खा“दैन । यसले आफै मारेर खान्छ। गिद्ध र चिलबीच आनीबानी र रुप रंग सबैमा भिन्नता छ। गिद्धलाई अफ्रिकनहरुले प्रेमको प्रतीक मान्छन। अहिलेसम्म मेरो जानकारीमा गिद्ध कुनै पनि देशको राष्ट्रिय चरो नभए जस् तो लाग्छ। चराहरुलाई कुनै पनि देशको सीमाले रोक्न सक्दैन। प्रकृतिकोे अनुपम उपहार हुन्। यिनी विना मानव अस् ितत्व सम्भव पनि छैन।

अब विषय वस् तुतिर जाऔं। अहिले गिद्ध हेर्न आन्तरिक र वाह्य पर्यटकहरु आइरहेका छन्। गत १९ गते शनिवार पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले द्यऋल्रग्ल्म्एरन्भ्ँ र क्न्ए को सहयोगमा लमही नगरपालिका–७ कप्तानगञ्जमा सिमसार दिवस र गिद्ध सम्बन्धी गोष्ठी आयोजना गरेको थियो। हामीहरु त्यहा“ जा“दा आकाशमा ५०–६० वटा गिद्ध उडिरहेका थिए भने गुडमा बच्चाहरु देखिन्थे। गिद्ध उडेको हेर्ने मजा नै अर्कै हुन्छ। मन शान्त र आनन्द हुन्छ। त्यहा“ दिनह“ु गिद्ध देख्न पाइन्छ। दुर्भाग्य, उक्त जंगलमा वाढीपीडित आएर आवादी गरेपछि उनीहरुले उक्त जमिन बिक्री गरिरहेका छन्। उचानिम्बु सामुदायिक वनले उक्त जंगल छोडेर सामुदायिक वन बनायो। त्यो वन राष्ट्रिय वनमै रहिरह्यो। वन कार्यालय आखामा पट्टी र कानमा तेल हालेर बस् यो। त्यहा“ रहेका ठूला–ठूला साजका रुखहरुमा फलाम घुसाएर वा रुखका बोक्रा ताछेर रुख सुकाउदै गइरहेका छन। सुकेको रुखमा समेत गिद्धले गु“ड लगाएको देखिन्छ। त्यसैले ती रुख नसुकाउने जनतामा जागरुकता जगाउन उक्त गोष्ठी आयोजना गरिएको हो। राम्रै उपस् िथति थियो। एकै ठाउ“मा २७ वटा गु“ड पाइनु भनेको नेपालमै एक मात्र ठाउ“ हो। पूर्व–पश्चिम राजमार्गसग जोडिएको ठाउ भएकोले लमही नगरपालिकाले पर्यटकीय क्षेत्र घोषणा गरेर प्रचारप्रसार गर्न सक्यो भने पर्यटनको सम्भावना धेरै देखिन्छ। यसतर्फ लमही नगरपालिकाले सोच्नुपर्दछ। दिगो संरक्षणको अभियान थाल्नुपर्दछ र प्रचारप्रसार गर्नुपर्दछ। यसको निम्ति पुनः एउटा छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ। गिद्धलाई पनि अब पर्यटकीय क्षेत्रस“ग जोड्ने समय भइसकेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top