Free songs
Home / फिचर समाचार / दाङ राष्ट्रिय प्रसारणमा जोडिदै, दाङसहित चार जिल्ला पन्ध्र वर्षसम्म ढुक्क

दाङ राष्ट्रिय प्रसारणमा जोडिदै, दाङसहित चार जिल्ला पन्ध्र वर्षसम्म ढुक्क

ओपेन्द्र बस्नेत

तुलसीपुर। १३३ केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन दाङमा जोडिने भएको छ। बाकेको कुसुमबाट सिधै पश्चिम दाङको च्याटीखोलास्थत सवस्टेशनमा वर्षौं अघि ल्याइएको १३३ केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन ४० महिनापछि जोडिन लागेको हो।

च्यांटी खोलादेखि तुलसीपुरसम्मको विद्युत लाइन विस् तार कार्य सम्पन्न भएकाले फागुन १२ गते एक कार्यक्रमबीच हस् तान्तरण गर्ने निर्माण कम्पनीका साइड सुपरभाइजर लक्ष्मीकुमार बुढाले जानकारी दिनुभयो। लाइन विस्तारको काम सकिएकाले च्यांटीखोलादेखि गहतेखोलासम्मको ६८ स् थानमा जम्पर र लाइन चेक गर्ने कार्य मात्रै बाकी रहेको सुपरभाइजर बुढाले बताउनुभयो।

‘आठ÷दशवटा पोल गाडिसकेपछि केही भाग खाली राखेर फेरि अरु पोल गाड्छौं’– सुपरभाइजर बुढाले भन्नुभयो–
‘बीचको दुरीलाई जोड्ने कार्यलाई जम्पर भन्छौं।’ डबल सर्किटमा स् टील ट्यूवलर पोलमा विस् तार गरिएको राष्ट्रिय प्रसारण लाइन एउटा तुलसीपुरको सवस्टेशन र अर्को दुधरासस् िथत सोनापुर सिमेन्टमा पु¥याइने छ। सोनापुरका लागि तुलसीपुरको गहतेखोलादेखि बबई नदीको किनारैकिनार हुदै पत्रेखोलाबाट ३३ केभीको लाइन विस्तार गरिनेछ। २२ महिनाअघि काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इञ्जिनिरिङ जेभीले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसग १० करोड ११ लाखमा सम्झौता गरेको थियो। विभिन्न समयमा थप गरिएको समयमा पनि काम पूरा नगरेपछि प्राधिकरणले अन्तिम पटक भन्दै पुनः २०७५ चैत मसान्तसम्म म्याद थप गरिदिएको थियो।यता निर्माण कम्पनीले भने स् थानीय र सडकको विवादका कारण समयमै काम गर्न नसकिएको बताउदै आएको थियो।

स्थानीय प्रशासन, डिभिजन सडक र विद्युत प्राधिकरणको सहयोगमा

पछिल्लो पटक तोकिएको समयमा काम सम्पन्न गर्न सफल भएको निर्माण सेवाका डाइरेक्टर सागर लुइ“टेलले बताउनुभयो। फागुन २०७३ मसान्तसम्म हापुरे–तुलसीपुर लाइन विस् तारको काम सक्ने गरी २० भदौ २०७२ र भदौ २०७४ मसान्तसम्म तुलसीपुर देखि दुधराससम्मको काम पूरा गर्नेगरी २६ असार २०७३ मा कम्पनीले दोस्रो सम्झौता गरेको थियो।

हापुरेदेखि तुलसीपुरसम्म सात करोड र तुलसीपुरदेखि दुधराससम्म तीन करोड ११ लाख रुपैयामा काम गर्ने सम्झौतापत्रमा उल्लेख छ। अन्तिमपटक थप गरिएको समयमा पनि काम पूरा नभएको भए प्राधिकरणले कुल बजेटको १० प्रतिशतका दरले बिलम्ब शुल्क जरिवाना गर्ने र सम्झौतासमेत तोड्ने मनस् िथतिमा पुगेको थियो।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले पनि अब छिट्टै लाइन चार्ज गर्ने बताएको छ। लाइन सुचारु गर्ने बित्तिकै दाङ, सल्यान, रोल्पा र रुकमका लाखौं उपभोक्ताहरुले वर्षौंदेखि खेप्दै आएको कम भोल्टेजको समस् याबाट मुक्ति पाउने क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले बताउनुभयो। ‘कन्टयाक्टरले काम सम्पन्न गरिसकेको छ’– क्षेत्रीय प्रमुख सिंहले भन्नुभयो– ‘अब १५/२० दिनपछि लाइन डिम भयो, लोडसेडिङ भयो, फ्युज गयो भन्ने जनताको गुनासो सुन्नुपर्दैन।’ राष्ट्रिय प्रसारण लाइनमा जोडिएमा १५ वर्षसम्म जति उद्योगधन्दा खुले पनि पुग्ने क्षेत्रीय कार्यालयले बताएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top