Free songs
Home / समाचार / संक्षिप्त समाचार / आर्थिक अभावले उपचार हुन सकेन

आर्थिक अभावले उपचार हुन सकेन

 सागर रिजाल

प्युठान। ऐरावती गाउपालिका–२ बरौलाका किसन परियारको ओं ठ तर्कुली फाटेको छ। गरिबीकै कारण उपचार हुन नसक्दा ११ वर्षीय परियारलाई पढाइमा समेत बाधा भएको उहा“ बताउनुहुन्छ। बाल अधिकारका नाराहरु जति घन्किए पनि नारा अनुसारको राहत अनुभूति भने वास्तविक बालबालिकासम्म पुग्नै नसकेको उहा“का परिवारले गुनासो गर्छन्।

उहाका लागि अहिलेसम्म कोही कसैबाट राहत मिल्न सकेको छैन। मेरो उपचार गर्ने पैसा जुटाउनको लागि पढाइ छोडेर दुई दाजुभाइ मुग्लान गए। कक्षा ४ मा अध्ययनरत किसनले भन्नुभयो– ‘मेरो उपचार गर्ने खर्च परिवारले अहिले पनि जुटाउन सकेन।’ खेतीपातीले तीन महिना खान नपुग्ने परिवारले बताए। किसनको उपचार भन्दा पनि आठजनाको परिवारलाई सा“झ बिहान कसरी छाक टार्ने भन्ने चिन्ताले सताउने गरेको बुवा शेर बहादुरले बताउनुभयो।

‘छजना छोराहरु र हामी बुढाबुढी गरी आठजनाको परिवार छ। उहाले भन्नुभयो– ‘आय स्रोत केही छैन।’ दुई वर्षअघि दुई दाजुभाइ विदेशिएका हुन्। आफूले पढ्न नपाए पनि आफ्नो भाइहरुलाई पढाइ लेखाइमा सहयोग पुगोस् ा् भनी पढाई छोडेर १४ वर्षमै कामको खोजीमा हि“डेको गोविन्दले बताउनुभयो।

आज भन्दा दुई वर्ष अगाडि नै परिवारको नाङ्गो ढाक्ने र भोको पेट भर्ने जिम्मा काधमा बोकेर मुग्लान पसेको हु। १७ वर्षे गोविन्द परियारले भन्नुभयो– ‘हुनेखाने मस“गैका साथीहरुको अहिले पनि किताबले भरिएको झोला काधमा छ तर हामी जस्तो गरिब परिवारलाई भने विरामी पर्दा उपचार गर्ने खर्च समेत हु“दैन।’ उहाले भन्नुभयो– ‘गरिबीले सबै चाहनाहरु लुटेपछि १४ वर्षकै उमेरमा मुग्लान जानुप¥यो तैपनि भाइ किसनको उपचार खर्च जुटाउन सकिन।’ आफूले पढ्न नपाए पनि आफ्ना भाइहरुलाई पढाइलेखाइ गरेर आफ्नै मुलुकमा केही रोजगार पाउनलायक बनाउने इच्छा भएको बताउछन् । बालबालिकाका नाराहरु घन्किए पनि किसनको उपचारमा कसैको ध्यान जान सकेको छैन्। निःशुल्क स् वास् थ्य उपचारको नाराले पनि उहालाई छोएन।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top