Free songs
Home / फिचर समाचार / आधारभूत विद्यालय स्थानीय सरकारको दायित्वः देवकोटा

आधारभूत विद्यालय स्थानीय सरकारको दायित्वः देवकोटा

 

गोविन्द खड्का

घोराही। युवा बरालिने, दुव्र्यसनमा लिप्त हुने र समाजलाई आक्रान्त बनाउने वातावरण अन्त्य गर्नु अहिलेको मुख्य आवश्यकता भएको राष्ट्रियसभा सदस् य अनिता देवकोटाले बताउनु भएको छ।

आधारभूत विद्यालय घोराही–१८ गिठेपानीको २९ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई आइतवार सम्बोधन गर्दै सांसद देवकोटाले भन्नुभयो– ‘आधारभूत विद्यालय स् थानीय सरकारको दायित्व हो।’ उहाले थप्नुभयो– ‘आफ्ना छोराछोरी पढ्ने वातावरण विद्यालयमा छ छैन निगरानी गर्नुस्।’ उहाले नैतिक शिक्षा लागु गर्न सुझाव दिनुभयो। उहाले प्रविधिमैत्री र व्यावसायिक शिक्षा बनाउनु पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।

उहा“ले घोराही हात्तीखर्क सडक कालोपत्रे गर्न भूमिका निर्वाह गरेको र कालोपत्रे बाटोमा विद्यालयसम्म पुग्दा गर्ब लागेको बताउनुभयो। भौतिक पूर्वाधारका अन्य योजनाहरुमा पनि आफ्नो ध्यान रहने प्रतिबद्धता जनाउनुभयो। विद्यालयलाई आवश्यक आर्थिक सहयोग गर्ने उहा“को भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही–१८ का सदस् य कृष्णबहादुर घर्ती मगरले विद्यालयलाई ५० हजारको चेक हस् तान्तरण गर्नुभएको थियो। शैक्षिक सुधार कोषमा राख्ने घर्ती मगरको भनाइ थियो। यसैगरी कालिका सामुदायिक बन उपभोक्ता समितिका सचिव दिनेश ओलीले शिक्षक तलवमा तीनवर्ष अघिदेखि सहयोग गर्दै आएको जानकारी दिनुभएको थियो। उहा“ले विद्यालयको शैक्षिक स् तर उकास् ने हो भने आर्थिक स्रोत जसरी पनि जुटाउने घोषणा गर्नुभयो। विद्यालय परिवारलाई दिन धकेल्ने अल्छी पाराले नचल्न सचिव ओलीले सुझाव दिनुभयो।ं

कार्यक्रममा आर्थिक सहयोग तथा अक्षयकोष स् थापना गर्नेहरुको प्रतिस् पर्धा चलेको थियो। स् वर्गीय रामप्रसाद पोख्रेलको नाममा उहा“की श्रीमती घोराही–१८ मिलिजुली टोलका देवा पोख्रेल, छोराहरु उपेन्द्र शर्मा (खेमराज), विष्णु पोख्रेल, गिरिराज शर्मा, बुहारीहरु रञ्जना, जुनासहितको परिवारले एक लाख ११ हजार एक सय ११ रुपैया“को अक्षयकोष स् थापना गरेको थियो।

त्यसैगरी स् व. माधव अधिकारीको नाममा छोरा शरद अधिकारीले एक लाख एक सय ११ रुपैया“को अक्षयकोष स्थापना गर्नुभएको छ। त्यसैगरी विद्यालयका प्रअ लोकराज सुवेदीले अक्षयकोषको रकम बढाएर ५० हजार एक सय २५ बनाउने घोषणा गर्नुभएको थियो। मीना पोख्रेलले पनि सहयोग दिने घोषणा गर्नुभयो। कार्यक्रमको व्यानर पूर्व विद्यार्थी हुर्मत मिजारले, स्वागत व्यानर कक्षा ६ मा अध्ययनरत विद्यार्थीले सौजन्य गरेर निर्माण गरेका थिए।

साविक घोराही–६ को खानेपानी सरसफाइ तथा स् वच्छता समितिले विद्यालयको मुख्य गेट निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ। संयोजक मीनराज गौतमले गेट बनाउन आवश्यक रकम समितिको कोषमा जम्मा भएको चिया नास् ता खर्च बाट व्यहोर्ने बताउनुभयो। विद्यालयले समितिका संयोजक गौतम, उपाध्यक्ष धर्म हमाल, सचिव दिनेश ओली र कोषाध्यक्ष सुर्ज विकलाई कदरपत्रले सम्मान गरेको थियो। सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको १० हजार रुपैया“को अक्षयकोषको रकमको व्याज सहकारीका शिक्षा संयोजक श्रीकान्त अधिकारीले हस्तान्तरण गर्नुभएको थियो।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष केशरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजीवी दिनेश अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै छात्रछात्राहरुले गीत तथा नृत्य प्रस् तुत गरेका थिए। कक्षा ८ मा अध्ययनरत छात्रा निकिता ओलीले अंग्रेजीमा मन्तव्य व्यक्त गरेर विद्यालयमा सुधार आएको संकेत गरेकी थिइन। दुईकोठे भवन र निजी स्रोत शिक्षक आवश्यक रहेको प्रअ लोकराज सुवेदीले प्रतिवेदन पेश गर्नुभएको थियो। शिक्षक संगीता खनालले स् वागत गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णु आचार्यले गर्नुभएको थियो।

मावि झिङ्नीको ५८ औैं वार्षिकोत्सव

यसैगरी मावि झिङ्नी बञ्जारीको ५८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस आइतवार सम्पन्न भएको छ। विद्यालय व्यवस् थापन समितिका अध्यक्ष प्रकाशचन्द्र घिमिरेको अध्यक्षता एवं प्रतिनिधिसभा सदस् य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो।
विद्यार्थीको चापलाई मध्यनजर गरी यस वर्ष दश लाख रुपैया“ विनियोजन गरिएको प्रमुख अतिथि चौधरीले जानकारी गराउनुभयो। उहा“ले त्यो रकम भौतिक पूर्वाधारमा खर्च गर्न सुझाव दिनुभयो। विद्यालयको चौतर्फी विकासका लागि आगामी दिनमा पनि निरन्तर लाग्ने चौधरीले बचन दिनुभयो।

विद्यालय व्यवस् थापन समितिका सदस् य खिमा शर्माको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। नियमित हुने शुक्रवारे क्रियाकलाप, वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नेहरु र अन्य क्षेत्रका उत्कृष्टलाई सम्मान गरिएको थियो।

विद्यालयको उन्नतिका लागि निकै मेहनत गर्नुभएका विद्यालयका प्रअ कृष्णप्रसाद अधिकारीले प्रगति र आगामी योजनासहितको प्रतिवेदन पेश गर्नुभएको थियो। उहा“का अनुसार विद्यालयको सक्रियतामा अभिभावकत्व ग्रहण गर्ने नया“ रणनीति ल्याएको छ। जसले थुप्रै विद्यार्थीले लाभ लिएका छन्। स् टेशनरी, आर्थिकलगाएत सहयोग गर्दै अभिभावकत्व लिने चलन बसालेपछि आर्थिक अभावकै कारण पढाइबाट बञ्चित नहुने अवस् था सिर्जना भएको छ।

कार्यक्रममा अक्षयकोषदाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो। विद्यालयका छात्रछात्रालाई स् टेशनरी, पोशाक, सेनेटरी प्याड र नगद सहयोग दिएर अभिभावकत्व लिएकालाई पनि सम्मान गरिएको थियो। घोराही सिमेन्ट, एकसय ३२ केभी लमही घोराही प्रसारण आयोजना केन्द्र झिङ्नी स् टेशन, सिविक संस् था, लायन्स क्लव अफ घोराही सिटी, महिला सामुदायिक सेवाकेन्द्र, सिभिल बैंक घोराही र सिप्रदी ट्रेडिङ प्रालि सर्रालगायतलाई पनि कदरपत्रले सम्मान गरिएको थियो। विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण शिक्षक कृष्णकमल सुवेदीले गर्नुभएको थियो।

खड्गदेवीमा छात्रबृत्ति विरतण

यसैगरी सरस् वती पूजाको अवसरमा दाङको खड्ग मन्दिर आधारभूत विद्यालय बंगलाचुली–८ हा“सीपुरमा एक कार्यक्रमबीच आइतवार छात्रवृत्ति तथा पुरस् कार वितरण गरिएको छ। टिकाबहादुर कार्की स् मृति छात्रवृत्ति अक्षयकोष सञ्चालक समितिद्वारा २०७४ सालको वार्षिक परीक्षामा विद्यालयमा प्रथम स् थान प्राप्त गर्ने कक्षा तीनमा अध्ययनरत छात्रा अनिशा बिष्ट, विद्यालय द्वितीय हुने कक्षा १ मा अध्ययनरत छात्रा संगीता बिक र विद्यालय तृतीय स् थान प्राप्त गर्ने कक्षा १ मा अध्ययनरत छात्र सुनिल पुनलाई छात्रबृत्ति र प्रमाणपत्र प्रदान गरिएको हो।

टिकाबहादुर कार्की स् मृति छात्रबृत्ति अक्षयकोष स् व. कार्कीका छोराहरु परशुराम कार्की, टेक बहादुर कार्की, मुरारी कार्की, लुमबहादुर कार्की, शशिकपुर कार्की, केशव कार्की, शोभाकान्ता कार्की र ओमबहादुर कार्कीसहित आठभाई छोराहरुले बाबुको स् मृतिमा उक्त अक्षयकोष विद्यालयको शैक्षिक विकास लागि स् थापना गर्नुभएको हो।

कोष सञ्चालक समितिका अध्यक्ष लुमबहादुर कार्की ‘बद्री’, विद्यालयका प्रधानाध्यापक स् व. टीका बहादुर कार्कीका नाति शिशिरकुमार कार्कीले उक्त छात्रबृत्ति र प्रमाणपत्र वितरण गर्नुभएको थियो। दाङको बिकट पहाडी क्षेत्र हा“सीपुरको शैक्षिक विकासका लागि शिक्षाप्रेमी स् व. कार्कीले सञ्चालन गरी स् थापना गरिएको विद्यालय भएकाले उहा“को स् मृति र सम्मानका लागि उक्त कोष सञ्चालन गरिएको कोष सञ्चालक समितिका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सदस् य लुमबहादुर कार्कीले बताउनुभयो।

सो अवसरमा अतिरिक्त क्रियाकलपामा सात प्रकारका खेलहरुमा प्रथम, द्वितीय र तृतीय हुने २१ जना छात्रछात्राहरुलाई समेत पुरस् कार वितरण गरिनुका साथै खड्ग मन्दिर आधारभूत विद्यालय हा“सीपुरमा स् थापना गरिएको जगतबहादुर गाहा स् मृति छात्रबृत्ति अक्षयकोषबाट उहाका नातिहरु विद्यालय ब्यवस् थापन समिकिा अध्यक्ष लुमबहादुर गाहा र मुक्तिराम गाहाले तीनजना गरिव तथा जेहेन्दार विद्यार्थीहरु कक्षा ८ मा अध्ययनरत निमा आले, कक्षा ७ मा अध्ययनरत जितेन्द्र गाहा र कक्षा ६ मा अध्ययनरत घनश्याम डा“गीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

साथै सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक÷एक छात्रछात्रालाई पुरस् कृत गर्ने उद्देश्यका साथ स् थापना गरिएको झग–हिमा मल्ल स् मृति छात्रबृत्ति अक्षयकोषबाट छात्रतर्फ कक्षा ८ मा प्रथम हुने विनोद कुमार बिक र छात्रातर्फ पबित्रा कुमारी गाहालाई पुरस् कृत गरिएको थियो। झग–हिमा मल्ल स् मृति छात्रबृत्ति अक्षयकोष उहा“का छोराहरु मावि चौघेराका प्रअ श्यामलाल मल्ल र जुद्धबहादुर मल्लले स् थापना गर्नुभएको हो।

छात्रबृत्ति वितरण कार्यक्रमका विद्यालय ब्यवस् थापन समितिका अध्यक्ष लुमबहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक चेतनाथ लम्सालले गर्नभएको थियो भने विद्यालयका प्रअ शिशिर कुमार कार्की समेतले मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयले उक्त पुरस् कारहरु हरेक वर्षको सरस् वती पूजाको अवसरमा वितरण गर्र्दै आइरहेको छ।

हिन्दू विद्यापीठको २७ औं वार्षिकोत्सव

यसैगरी हिन्दू विद्यापीठको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस् थापन समितिका अध्यक्ष नारायणप्रसाद योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका शिक्षा विभाग प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संस् कारिक शिक्षामा जोड दिनुपर्ने बताए। सैद्धान्तिक शिक्षाले मात्रै बालबालिकालाई असल नागरिक बनाउन नसकिने भन्दै व्यवहारिक र संस् कारयुक्त शिक्षा अहिले आवश्यक रहेको उनीहरुको भनाइ थियो।

प्रमुख अतिथि शिक्षा विभाग प्रमुख नारायणप्रसाद पौडेलले भौतिक पूर्वाधारले मात्रै शिक्षाको स् तर नउठ्ने भन्दै गुणस् तरीय र वैज्ञानिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विद्यालयका उप–प्रधानाध्यापक मधुसूदन पन्तले विद्यालयको वार्षिक गतिविधि एवं आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।

सो अवसरमा विद्यालयका छात्रछात्राहरुले लोक नृत्य, गायन र कला प्रदर्शनी गरेका थिए भने विद्यालयले गत वार्षिक परीक्षामा उत्तीर्ण हुने छात्रछात्राहरुलाई पुरस् कृत गरेको थियो। त्यस् तै खेलकूद एवं अतिरिक्त क्रियाकलापहरुमा विजयी हुने खेलाडी एवं सहभागी छात्रछात्राहरुलाई पुरस् कृत गरिएको थियो। त्यस्तै विद्यालयमा स् थापना गरिएको सुकदेव रेवता योगी अक्षयकोष पुरस् कार छात्रा सुप्रिया चौधरीलाई नगद पा“च हजार प्रदान गरिएको थियो।

शिक्षिका शोभा पौडेलकोे स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण श्रवण नेपाली र लक्ष्मी विसीले गर्नुभएको थियो।
रोजीको वार्षिकोत्सव

रोजी बड्स बालबाटिका बोडिङ स् कूल लमहीको १९ औ वार्षिकत्सव सम्पन्न भएको छ। कार्यक्रम संयोजक वसन्त न्यौपानेको अध्यक्षता तथा प्रदेशसभा सदस् य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहा“ले दीर्घकालीन सोचका साथ सरकारले शिक्षामा लगानी लगाएको बताउनुभयो।

प्राविधिक धार शिक्षालाई प्राथमिकतामा राखिएको बताउदै उहाले गुणस्तरीय शिक्षा प्रदान गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस् थापन समितिका अध्यक्ष विनयकुमार मिश्र, नेकपाका नेता अमर क“वर नवीन, वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह, ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख विष्णुबहादुर केसी, भानु जोशीलगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नु भएको थियो। सुरेश शाहको स् वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन हिमा थापा र हिमानन्द गैरेले गर्नुभएको थियो।

यसैगरी गंगा माध्यमिक विद्यालय रामपुरको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस् थापन समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षता तथा प्रदेशसभा सदस् य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

राप्ती आमाविको १८ औं वार्षिकोत्सव

यसैगरी आवासीय माध्यमिक विद्यालयको घोराही–१८ को १८ औं वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष गणेश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस् य अमरबहादुर डा“गी, प्याब्सन नेपालका केन्द्रीय सदस् य लम्बोदर लामिछानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस् य अमर बहादुर डा“गीले प्राविधिक र संस् कारिक शिक्षाको विकास अहिलेको आवश्यकता रहेको र जसले सभ्य र समृद्ध मुलुक निर्माणमा सघाउ पु¥याउने बताउनुभयो। पछिल्लो समय शिक्षाका नाममा नैतिकवान, संस् कारिक र सामाजिक शिक्षा हराउ“दै गइरहेकाले संस् थागत विद्यालयहरुले यसतर्फ ध्यान दिन जरुरी रहेको उहाको भनाइ थियो।

मुलुकको शैक्षिक विकासमा संस् थागत विद्यालयहरुले पनि योगदान पु¥याइरहेकाले संस् थागत विद्यालय समयको माग र आवश्यकता अनुरुपको शिक्षा विकास अघि बढाउनुपर्ने भनाइ राख्दै संस् थागत विद्यालयहरुले शिक्षाको विकास अझ बढ्दो गतिमा फष्टाउदै जाने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस् य लम्बोदर लामिछाने राज्यको विभेदकारी शिक्षा नीतिका कराण संस् थागत विद्यालयहरुको शैक्षिक विकास हुन नसकेकोको धारणा राख्नुभयो। सरकारले निजी विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालनका लागि अनुमति दिन नसक्दा संस् थागत विद्यालयका विद्यार्थीहरु प्राविधिक शिक्षाबाट बञ्चित हुनुपरेको उहा“ले बताउनुभयो। जसका लागि सरकारले विभेदकारी शिक्षा नीतिलाई परिमार्जित गर्नुपर्ने उहा“को भनाइ थियो। उहा“ले सामुदायिक र संस् थागत विद्यालयहरुलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताउनुभयोे।

कार्यक्रममा प्याब्सन दाङका सचिव खगेश्वर न्यौपाने, विद्यालय व्यवस् थापन समितिका सल्लाहकार दामोदर गिरी, शरदकुमार आचार्य, घोराही उप महानगरपालिका प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्द , शिक्षाप्रेमी नारायण पुरी, विद्यालयका शिक्षक दिवानसिंह गुरुङ, सिस् ने टोल विकास संस् थाका अध्यक्ष बासुदेव विश्वकर्मालगायतले बोल्नुभएको थियो।

विद्यालयका पूर्वप्रिन्सिपल दामोदर शर्माको स् वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालय व्यवस् थापन समितिका सदस् य हुकुम जिसीले गर्नुभएको थियो। विद्यालयका प्रिन्सिपल भीमबहादुर ओलीले विद्यालयको प्रगति विवरण प्रस् तुत गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top