Free songs
Home / फिचर समाचार / १२ वर्षपछि हिमपात (फोटो फिचर)

१२ वर्षपछि हिमपात (फोटो फिचर)

 

आभास बुढाथोकी

रोल्पा। रोल्पाको रुन्टीगढी गाउपालिका–९ स् िथत होलेरीमा २०६२ सालमा बाक्लो हिमपात हुदा हिउले होलेरी बजार सेताम्य भएको थियो। त्यसयता रोल्पाको होलेरी बजारमा हिमपात भएको थिएन। झण्डै १२ वर्षपछि यसपालि होलेरी बजारमा हिमपात भयो।

हप्ता दिनअघि रोल्पाको होलेरीमा १२ वर्षपछि हिमपात भयो। त्यसको हप्तादिन नबित्दै शुक्रवार राति होलेरी बजारलाई पुनः हिउले ढाक्यो। शहर बजारदेखि डाडापाखा हिउले सेताम्मै भयो। रातभर परेको हिउले घर, आगन र बजार ढाकेको देख्दा स्थानीय दंग परे। बिहानीसगै होलेरीवासी रोमाञ्चित भए। केहीले हातमा हिउ समाए भने केहीले हिउसगै खेले। र, केहीले फोटो खिचाए। ‘करीब १२ वर्षपछि यसरी हिमपात भयो’– होलेरी बजारमा व्यवसाय गर्दै आउनुभएका गोपाल श्रेष्ठले भन्नुभयो– ‘हिउ परेकाले हामी रोमाञ्चित र खुशी भयौं। झण्डै एकदशकपछि परेको हिउले होलेरी बजारमा अरु दिन भन्दा शनिवार बढी चहलपहल देखियो। भिडभाड र स्थानीयमा उल्लास छायो। ‘हिउ परेपछि खुशी महसुस भयो’– स्थानीय होटल व्यवसायी हिमा घर्तीले भन्नुभयो।

 

हिउ खेल्न जानेको लर्काे
शनिवार परेको हिउले होलेरी बजारमा अन्य दिनभन्दा बढी व्यस् त र चहलपहल बढ्यो। शनिवार पनि सडक बिहानदेखि दिउ“सोसम्म व्यस् त रहे। कारण–डाडापाखामा परेको हिउसग खेल्न स्थानीयमात्रै पुगेका थिएनन् दाङबाट पनि हिउसग खेल्ने पुग्नेहरुको होलेरी बजारमा लर्काे थियो। घोराही उपमहानरपालिका–१५ का व्यवसायी प्रकाश भट्ट पनि हिउसग खेल्न छोरीलाई लिएर रोल्पाको होलेरी बजार पुग्नुभयो। ‘हिउ परेको थाहा पाएपछि नगई बस् न सकेनौं’– उहाले भन्नुभयो– ‘सधैं सधैं हिउ पर्दैन। यस्तो मौका किन छाड्ने भनेरै विदाको दिन सदुपयोग गर्न हिउ परेको दृश्य हेर्न रोल्पा आइपुग्यौं।’

त्यस्तै घोराही उपमहानगरपालिका–६ का २४ वर्षीय नरेश बुढाथोकी पनि हिउसग खेल्न बिहानै दाङदेखि रोल्पाको होलेरी बजारसम्म पुग्नुभयो। ‘जीवनमा कहिल्यै हिउ देखको थिएन। शनिवार हिउ परेको थाहा पाएपछि यस्तो मौका गुमाउन चाहेन’– उहाले भन्नुभयो–
‘यस्तो क्षण चाहेर पनि फेरि आउदैन।’ हिउपरेसगै हालेरी बजारमा छिमेकी जिल्ला दाङबाट हिउसग खेल्न मानिसहरु साथीभाइ र परिवारसग पुगेका थिए। पर्यटनको राम्रो सम्भावना बोकेको होलेरी बजारमा हिउ परेसगै थप आकर्षणको केन्द्र बन्न पुग्यो।

 

तस्विर : कुलदीप न्यौपाने/आभास बुढाथोकी

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top