Free songs
Home / समाचार / संक्षिप्त समाचार / यौन धन्दामा संलग्न भएको अभियोगमा ११ जना पक्राउ

यौन धन्दामा संलग्न भएको अभियोगमा ११ जना पक्राउ

युगबोध समाचारदाता

घोराही। दाङमा प्रहरीले यौनधन्दा चल्ने गरेको भन्ने गुनासो आउन थालेपछि होटलमा छापा मार्न थालेको छ। यसै क्रममा चालु आर्थिक वर्षमा चारवटा होटलमा छापा मार्दा चार जोडीसहित होटल सञ्चालकलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ।

यसैक्रममा नागरिकहरुको गुनासोका आधारमा शुक्रवार घोराहीका दुई होटलमा छापा मार्दा छजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया थालिएको प्रहरीको भनाइ छ।

घोराही १५ को फ्रान्च एण्ड फेम्ली होटल एण्डलज र बिपी चोकमा रहेको हाम्रो खाजा घरबाट चारजना युवायुवती र दुबै होटलका सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ।

यसअघि पनि प्रहरीले दुईवटा होटलमा छापा मारेर तीन पुरुषसहित दुई महिलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुलाई सार्वजनिक अपराधअन्तरगतको मुद्दामा कारवाही हुने एसपी पाण्डेको भनाइ छ। होटलले व्यवसायकै रुपमा यौनधन्दा चलाउन नपाइने भन्दै प्रहरीले होटल व्यवसायीहरुलाई त्यस तर्फ सचेत बन्न आग्रह गरेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top