Free songs
Home / विचार / भारतको विषयमा मसालभित्र दुई लाइनको संघर्ष

भारतको विषयमा मसालभित्र दुई लाइनको संघर्ष

शशिधर भण्डारी

भारतको कम्युनिस् ट आन्दोलनमा भारत अर्धसामन्ती देश हो। नवऔपनिवेसिक देश हो वा पूजीवादी देश हो भन्ने विषयमा काफी छलफल, बहस र अन्तत्र्रिmया हु“दै आएका छन्। तर भारतका कम्युनिस् टहरुले भारतलाई साम्राज्यवादी देश भनेर परिभाषा गरेको पाइ“दैन। नेकपा मसालको भाइचारा पार्टी भाकपा (माले) रेडस्टारले भारतलाई नवऔपनिवेसिक देश मान्दछ। भारत के हो ? भन्ने विषयमा छलफल, वहस र अन्तत्र्रिmया पर्याप्त रुपमा सञ्चालन भए पनि दक्षिण एशियामा भारतले सञ्चालन गर्ने विस् तारवादी नीतिका विषयमा भारतका धेरैजसो कम्युनिस् ट घटकहरुले विमति राख्दैनन्।

सन् १९६२ मा भारत र चीनका बीचमा युद्ध हुदा भारतका कैयौं कम्युनिस् ट नेताहरुले चीनको समर्थनमा अभिव्यक्ति दिएका थिए। भारतका कम्युनिस् ट नेताहरुको चीन माओत्सेतुङ र कम्युनिस् ट आदर्शप्रतिको त्यो सानो समर्पण थिएन। सन् १९४७ को स् वतन्त्रता संग्रामको परिवेश र त्यसपश्चातको भारतको राज्य सत्ताको चरित्रको विश्लेषणको जगमा उभिएर तिनीहरुले आधुनिक भारतलाई समेत अधुरो आजाद मुलुक भन्न हिच्किचाउदैनन्। क. चारुमजुमदारको स् कुलिङबाट अगाडि बढेका नक्सलवादी आन्दोलनका नेताहरुले भारतलाई अर्धऔपनिवेसिक राष्ट्रका रुपमा नै परिभाषा गर्दछन्। नक्सलवादी आन्दोलनका समर्पित व्यक्तित्व क. कानु सन्यालले र उनले नेतृत्व गरेको घटकले भारतलाई अर्धऔपनिवेसिक देश नै मानिरह्यो। आज क. सन्याल हाम्रो बीचमा हुनुहुन्न। तर आज पनि भारतलाई अर्धऔपनिवेसिक नै मान्ने वामपन्थी मत भारतमा छ।

भारत विशाल मात्र छैन विविधताले पनि भरिपूर्ण छ। एउटा प्रान्तबाट अर्काे प्रान्तमा जा“दा भाषा, संस् कृति, खानपान, पहिरन मात्र नमिल्ने होइन। भू–बनोट र हावापानीमा समेत आश्चर्यजनक अन्तर पाइन्छ। उत्तर प्रदेश र विहारमा शीतलहर चलिरहेको अवस् थामा आन्द्र र तामिलनाडुमा प्रचण्ड गर्मी हुन्छ। मानवीय भूमिका पनि त्यस् तै फरक देखिन्छ। तामिलनाडुको इञ्जिनियरिङ, केरलाको स् वास् थ्य उपचार, महाराष्ट्रको फिल्मी, पञ्जावको खेती, मध्य प्रदेशको साहित्य, राजस् थानको निर्माण, उत्तर प्रदेश र विहारको श्रम, आन्द्राको प्रविधि र अन्य प्रदेशका पनि केही न केही महत्वपूर्ण भूमिकाको गठजोडको योग हो भारत। क. शंकर गुहा नियोगीको स्मरणमा लेखिएको ‘नया“ भारतका सपना’ भन्ने पुस् तकमा छत्तिसगढलाई धानको कचौराका रुपमा व्याख्या गरिएको छ। आज यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनीहरुले प्राकृतिक स्रोत साधनमाथि गरेको दोहनले उत्पादन र पर्यावरणमा भयानक समस् याहरु पैदा गराएको छ।

त्यसका विरुद्धमा त्यहा बलिदानीपूर्ण संघर्षहरु भइरहेका छन्,। पूर्वाेत्तर भारत आज पनि अर्धसामन्ती अवस् थामा देखिन्छ। भारतका अधिकांश प्रान्तका ग्रामीण समाज आज पनि सामन्तवाद र जामिन्दारी शोषणबाट आक्रान्त छन्। झारखण्ड बिहार तथा आन्द्रा प्रदेशका गाउ, तेलङ्गनाका वस् ती आदि ठाउहरुमा पनि साम्राज्यवादी जमिन्दारी शोषण तथा आदिवासी समस् याहरु जटिल छन्। भारतको विशाल पैमानाको कृषि क्षेत्रमा प्रवेश गरेका बहुराष्ट्रिय निगमहरुले किसानहरुलाई कसरी निचोरी रहेका छन् ? वर्षेनि हजारांै किसानहरुले किन सरकारको ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् ? भारतले अन्तराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकका कति कडा शर्तहरु मान्न तयार हु“दै आएको छ ? साम्राज्यवादको पैदावारका रुपमा भारतमा हुदै आएको सम्प्रदायवादले यो देशको समाजलाई कति आक्रान्त पारेको
छ ? यी प्रश्नहरुको उत्तर भारतको माक्र्सवादी साहित्यहरुमा पाइन्छ।

समग्रमा सन् १९४७ पछि भारतीय राज्यसत्ताको चरित्र विस् तारवादी रह्यो। सन १९५० मा नेपालमा राणा शासनको अन्त्य भएपछि नेपाल भारतका बीचमा कथित विशेष सम्बन्धको सूत्रपात भयो। त्यो काल विशेषतः १९५५ सम्म रह्यो। यो कालमा राजा त्रिभुवनका निजी सचिव भारतीय नागरिक गोविन्द नारायणसिंह नियुक्त भएका थिए। भारतीय राजदूत सिपिएन सिंहले जिल्ला जिल्लाका बडा हाकिमहरुको समेत बैठक बसाल्दै हि“ड्थे। नेपालको क्याविनेटको बैठक लैनचौरस् िथत भारतीय दूतावासमा बस् थ्यो। प्रत्येक हप्ता नेपालका मन्त्रीहरुले दिल्ली धाउनुपर्दथ्यो। नेपालको स् थानीय संरचना निर्माण गर्न भारतबाट आएको बुच कमिसन विरोध भएपछि फर्कियो। राष्ट्रिय स्वाधिनताका हिसाबले यो नेपालको डरलाग्दो पराधिनताको काल रह्यो। सरदार बल्लव भाई पटेल तात्कालीन भारतका गृहमन्त्रीले नेपाललाई भारतमा मिलाउनुपर्ने अभिव्यक्ति दिएका थिए। भारतको यो रवैयालाई अविभाजित नेपाल कम्युनिस् ट पार्टीले विस् तारवादी नीति र सोच शैलीका रुपमा परिभाषा ग¥यो र गर्दै आएको छ। आज पनि सकेसम्म आफ्नो अम्रेलामुनि राख्ने, सीमा मिच्ने र प्राकृतिक स्रोत साधनमाथि अधिकार कायम गर्ने काममा भारतले पाइला चाल्दै आएको छ। यो देशको प्रतिक्रियावादी शासक वर्ग मात्र होइन कम्युनिस् टहरुले नै सिंह दरबार बाहिर हुदासम्म भारतीय विस् तारवादको बिरुद्ध संघर्ष गर्ने तर सरकारमा गएपछि एक पछि अर्काे राष्ट्रघात गर्ने काम गर्दै आएका छन्। आज पनि नेपालको कम्युनिस् ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन देशीय प्रतिक्रियावादका विरुद्ध मात्र होइन भारतीय बिस् तारवादका विरुद्धको संघर्षलाई पनि स“गै अगाडि बढाउन जरुरी छ। भाकपा (माले) प्रोभिजनल कमिटी का नेता क. भास् कर नन्दीले यो पङ्तिकारस“गको एक अन्तर्वार्तामा भनेका थिए– ‘नेपालको जनवादी आन्दोलनमा भारतीय विस् तारवादको प्रतिरोध अरु बढेर जानेछ। तर भारतका सच्चा क्रान्तिकारीहरु भारतको विस् तारवादी नीतिका विरुद्ध लड्दै आएका छन् र पछि पनि लड्नेछन्।’

भारत विस् तारवादी मुलुक हो वा अब साम्राज्यवादमा परिणत भइसक्यो ? यो एउटा गहन अनुसन्धानको आधारमा निष्कर्ष निकाल्न सकिने वैचारिक प्रश्न हो। नेपाली कम्युनिस् ट आन्दोलनको ७० वर्षको इतिहासमा आजसम्म हाम्रो नजरले भारतलाई विस् तारवादी नै देख्यो। यही रुपमा भारतीय बिस् तारवादी हस् तक्षेपका विरुद्धमा काफी संघर्षहरु पनि ह“ुदै आएका छन्। नेपालको कम्युनिस् ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमा पनि भारत बिस् तारवादी हो या साम्राज्यवादमा परिणत भइसक्यो ? भन्ने विषयमा छलफल भइरहेको देखिन्छ। यसमा इतिहास, राजनीति, कूटनीति, अर्थतन्त्र, तर्क र तथ्यका आधारमा आफ्ना विचारहरु राख्ने कुरा हो। कसैले भारतलाई साम्राज्यवादी, पू“जीवादी, विस् तारवादी जे रुपमा परिभाषा गरे पनि यो आतंकित हुने र फरक मत राख्ने व्यक्ति वा समूहलाई एउटा बिल्ला भिराइहाल्ने विषय होइन। यो एउटा प्रगतिवादी धरातलको प्राज्ञिक छलफलको  विषय पनि हो।

तर आज नेकपा मसाल आठौं महाधिवेशनको तयारीमा जुट्दै गर्दा यो विषय पनि गम्भीरढंगले छलफलमा अगाडि आएको छ। अल्पमत पक्षले भारत अझै साम्राज्यवादी तागतका रुपमा परिणत भएको छैन। भारत बिस् तारवादी नै हो भन्ने मत राख्दा भारत साम्राज्यवादी भइसक्यो भन्ने मतराख्ने नेकपा (मसाल) को बहुमतपक्ष आतंकित भएर अल्पमत पक्षलाई विभिन्न ‘बिल्ला’ भिराएको देखिन्छ। बहुमतले अल्पमतलाई ‘भारतपरस्त’, ‘यथास् िथतिवादी’, ‘भारतको नांगो प्रकारको पृष्ठपोषण गरेको’, ‘भारतीय बिस् तारवादको विरोध गर्न अकमकाएको’ आदि भनेर प्रहार गरेको छ। बहुमत पक्ष लेख्छ– ‘भारतसम्बन्धी उहाहरुको (अल्पमत) को सोचाइ यथास् िथतिवादी बन्न गएको छ।’ (हेर्नुहोस चीन र भारत साम्राज्यवादी देश हुन वा होइनन् ? पृष्ठ १७) नेपाली कम्युनिस् ट आन्दोलनको ७० वर्षको इतिहासमा भारतलाई बिस् तारवादी भनेर नै हामी संघर्ष गर्दै आयौं। के बहुमय पक्षले भनेजस् तो यथास् िथतिवादी विचारको वरीपरी घुमेर नैनेपाली कम्युनिस् ट आन्दोलनमा भारतीय विस् तारवादका विरुद्ध त्यति ठूला संघर्षहरु हु“दै आएका छन् ? बहुमत पक्ष थप्छ– ‘त्यस प्रकारको सोचाइले नेपालमा धेरै भ्रम पैदा हुनेछ।’ (हे.ऐ) उहॉहरुको यो भनाइले भारतीय विस् तारवादका विरुद्धको यति लामो संघर्षलाई एउटा भ्रममा लगेर उभ्याइदिन्छ र नेपाली कम्युनिस् ट आन्दोलनमा भारतीय बिस् तारवादका विरुद्धमा भइरहेका संघर्षहरुको अवमूल्यन गर्दछ।

उहा“हरुलाई यति गम्भीर धरातलमा उभ्याउन वा गिराउन केले प्रेरित गरिरहेको छ ? प्रश्न विचारणीय छ। बहुमत पक्ष पुनः थप्छ– ‘उहा“हरुमा केही हदसम्म भारत परस् त सोचाइ पनि देखा पर्न गएको छ र उहॉ“हरुले त्यसको विरोध गर्न भन्दा त्यसको पक्ष लिने कार्य बढी गर्न थालेको देखिन्छ।’ बहुमत पक्षको सबैभन्दा उदेक लाग्दो तर्क त यहा“नेर प्रस् तुत भएको छ। अहिलेसम्म नेकपा मसालले संस् थागतरुपमा भारतलाई विस् तारवादी शक्ति नै मान्छ। बहुमत पक्षले भारतलाई साम्राज्यवादका रुपमा रुपान्तरण भएको बिचार प्रकट गरिरह“दा पनि नेकपा (मसाल) को आधिकारिक लाइन भारतलाई विस् तारवाद भन्ने नै हो। किनभने भावी आठौं महाधिवेशनले नया“ लाइन नलिदासम्म हाम्रो आधिकारिकलाइन भारतलाई विस् तारवाद भन्ने नै हो। यो सातौं महाधिवेशनको फैसला हो।

सातौं महाधिवेशनको फैसला विरुद्ध उभिएर आज बहुमतपक्षले भारत विस् तारवादी मुलुक हो भनेर तथ्य पेश गर्ने अल्पमत पक्षलाई यथास् िथतिवादी, भारतपरस् त मात्र होइन। भारतको विरोध गर्नु भन्दा पक्ष लिने कार्य बढी गर्न थालेको भन्ने गम्भीर अभियोग लगाएको छ। यो अभियोगमा न तथ्य छन् न तर्क ? यस् ता मनोगतवादी वहस गरेर अल्पमत पक्षको हुर्मत लिने सपना देख्नु इतिहासको सानो मजाक होइन। सा“च्चै तथ्यमा जाने हो भने त यो अभियोगको तलवार उहा“हरुको अगाडि झुण्डिएको छ। अल्पमत पक्षले यही ढर्रामा अभियोग लगाउने हो भने त्यो तलवार उहा“हरुतिर फर्किन्छ। किनभने आठौं महाधिवेशनले निर्णय गर्नु भन्दा पूर्वत हामी सातौं महाधिवेशनको फैसलामा हिड्ने हो। यो आलोकमा हेर्ने हो भने नेकपा (मसाल) को बहुमत पक्ष नै भारतपरस् त यथास् िथतिवादी छ।

यो वास् तविकतालाई बहुमत पक्षले स् वीकार गरेन भने त्यो पक्ष अराजकतावादको शिकार भएको ठहर्छ। अल्पमत पक्षका साथीहरुमा भारतीय विस्तारवादको पक्षमा को कहा उभियो ? बहुमत पक्षसग जवाफ छैन। यस् तो परिभाषा गर्ने हो भने त आज भारतलाई साम्राज्यवादी मुलुक भनेर परिभाषा गर्ने बहुमतका साथीहरुले नै संसदमा राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा हात उठाउनुभएको थियो। ती राष्ट्रघात गर्ने साथीहरु आज पनि बहुमतको पक्षमा हुनुहुन्छ। बिडम्वना यति ठूलो राष्ट्रघात वा भारतीय विस् तारवादको सेवा गर्दा ती सांसद साथीहरुलाई कुनै कारवाही भएको थिएन। पार्टीको लाइन विपरीत यति ठूलो गल्ती गर्दा पनि अल्पमत पक्षले उहाहरुलाई भारतपरस् त, भारतको पृष्ठपोषक जस् ता आक्षेपहरु कहिल्यै लगाएन। यदि अल्पमत पक्षले यही प्रकृतिको गल्ती गरेको भए संभवतः ती साथीहरु पार्टीबाट सदाका लागि निस् कासित हुन्थे। सामान्य गल्ती भएका अल्पमतका साथीहरुले कति कडा कारवाहीको सामना गर्नु परिरहेको छ ? नजिरहरु हाम्रा अगाडि पर्याप्त छन्।

अब प्रश्न उठ्छ, भारतको ग्राइण्डडिजाइनमा आएको राष्ट्रघाती नागरिकता विधेयक संसदबाट पारित गराउने सांसद साथीहरु र तीनको पक्षपोषण गर्ने बहुमतका साथीहरु, भारतपरस् त कि भारतीय विस् तारवादका विरुद्धमा निरन्तर संघर्ष गर्दै आएको अल्पमत भारतपरस् त ? तस् िवर आफै बोल्छ। यसरी नेकपा मसालको बहुमत पक्षले राष्ट्रघाती नागरिकता विधेयकमा समेत भारतको ग्राइण्ड डिजाइनको समर्थन गरेर सानो विस् तारवादपरस् त काम गरेको छैन। आज त्यो महान गल्तीमाथि पर्दा हाल्नका निमित्त साविकको भारतीय विस् तारवादलाई स् वीकार्ने अल्पमत पक्षको अडानलाई बहुमतबाट गम्भीर अभियोगहरु लगाउन थालिएको छ। बहुमत पक्षले भारतीय विस् तारवादको विरुद्धमा संघर्ष गर्ने प्रश्नमा अल्पमत पक्ष अक्मकायो भन्ने अभियोग लगाएको छ। राष्ट्रघाती नागरिकता बिधेयक संसदबाट पारित गराउने प्रश्नमा अक्मकाउने काम अन्तः भारतीय विस् तारवादको ग्राइण्ड डिजाइनमा बहुमत पक्षबाट भयो कि अल्पमतबाट ? यसमा पनि तस् िवर आफै बोल्छ। महाधिवेशनको पूर्वसन्ध्या भनेको नीति निर्णय फेर्न सकिने, इतिहास र नेतृत्वको समेत समीक्षा गर्न सकिने तहको जनवादी छलफलको समय हो। अनुशासित र मित्रवतढंगले विचारहरु खेल्न दिने समय हो।

फरक मत राख्दा बित्तिकै यो गम्भीर परिस् िथतिमा गम्भीर अभियोग लगाउन थालियो भने यसले पार्टीलाई भावी दिनमा अनुशासित, वर्गीय मित्रवत र एकतावद्ध बनाएर अगाडि बढाउने कार्यमा बाधा उत्पन्न गराउ“छ। यसले कम्युनिस् ट आन्दोलनलाई गम्भीर क्षति पु¥याउछ। नेपाली कम्युनिस् ट आन्दोलनको इतिहासमा पनि यस् तो भएको छ। विशेषतः नेतृत्व र बहुमतपक्षले पार्टीभित्र पैदा हुने फरक विचारहरुलाई पार्टीको सम्पत्तिका रुपमा स् वीकार गरेर मित्रवतढंगले छलफल र वहसलाई अगाडि बढाउनुपर्दछ। अल्पमत पक्ष पनि अनुशासित ढंगले आफ्ना विचारसहित मित्रवत तरीकाले प्रस् तुत हुनु पर्दछ। यो नै माक्र्सवादी लेनिनवादी सच्चाई हो। दुःखको कुरा नेकपा (मसाल) को नेतृत्व र बहुमत पक्ष अल्पमत पक्षका विचारहरुप्रति असहिष्णु रआतंकित बनेर गम्भीर परिस् िथतिमा गम्भीर अभियोगसहित प्रस् तुत हुने गरेको देखिन्छ। यसका पछाडि अल्पमतका साथीहरुलाई किनारामा धकेल्ने र आलीबाट खसाल्ने गलत नियतले काम गरेको मनोवैज्ञानिक तथ्य बुझ्न गाह्रो पर्दैन। संभवतः यो हिनताबोधको अभिव्यक्ति पनि हो कि ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top