Free songs
Home / समाचार / संक्षिप्त समाचार / बंगलाचुलीमा पतञ्जलि योग शिविर

बंगलाचुलीमा पतञ्जलि योग शिविर

युगबोध समाचारदाता

कमिरेचौर। पतञ्जलि योग जिल्ला समितिको आयोजनामा बंगलाचुली गाउ‘पालिका कमिरेचौरमा पाच दिने योग शिविर सम्पन्न भएको छ। गाउपालिकाका विभिन्न पाच स्थानमा सगसगै योग शिविरहरु सञ्चालन भएका थिए। योग शिविरपश्चात गाउ“पालिकास् तरीय तथा चारवटा वडाहरुमा नियमित योग साधना सञ्चालनका लागि योग समिति गठन गरिएका छन्।

पतञ्जलि योग जिल्ला समितिको आयोजनामा बंगलाचुली गाउपालिका स्वास्थ्य शाखाको सहयोगमा योग शिविरहरु सम्पन्न भएका थिए।

पाचदिने योग शिविरको समापनस“गै नियमित योगअभ्यास सञ्चालनका लागि गठन भएका समितिमा बंगलाचुली गाउपालिकास् तरीय पतञ्जलि योग समितिमा देवप्रसाद तिवारीको अध्यक्षतामा नौ सदस् यीय समिति गठन भएको छ भने गाउपालिका वडा नम्बर २, ३, ४ र ५ मा पनि समिति गठन भएका छन्। वडा नम्बर २ मा बसन्त घर्तीको अध्यक्षतामा, वडा नम्बर ३ मा एक बहादुर थापाको अध्यक्षतामा, वडा नम्बर ४ मा पिमा पौडेलको अध्यक्षता र वडा नम्बर ५ मा प्रेमलाल ओलीको अध्यक्षतामा पतञ्जलि योगका वडास् तरीय समितिहरु गठन भएका छन्।

शिविर समापन पतञ्जलि योग जिल्ला अध्यक्ष उदयबहादुर डा“गीको अध्यक्षता एवं गाउपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको प्रमुख आतिथ्यता तथा पतञ्जलि योग पाच नम्बर प्रदेश सहप्रभारी शारदा पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top