Free songs
Home / फिचर समाचार / पाण्डवेश्वर धामको प्रवद्र्धनमा सरकारको साथ रहन्छ : पर्यटनमन्त्री

पाण्डवेश्वर धामको प्रवद्र्धनमा सरकारको साथ रहन्छ : पर्यटनमन्त्री

धनिराम शर्मा

घोराहीघ। दाङमा अवस् िथत पाण्डवेश्वर महादेव धामको प्रवद्र्धनमा सरकारको विशेष प्राथमिकता रहेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभएको छ।

पाण्डवेश्वर धाम जस् ता धार्मिक आस्थाको धरोहरको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक पुराउन सरकारले धामको विकासमा लाग्ने मन्त्री अधिकारीले बताउनुभयो। पर्यटन प्रवद्र्धनमा स् थानीयको जागरुकताले धारापानी एक नमूना भएको चर्चा गर्दै उहा“ले सरकारको सबैखाले साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पाण्डवेश्वर महादेव धाम मूल आयोजक समितिका प्रतिनिधिसग शनिवार मन्त्री निवासको भेटघाटमा उहा“ले स् थानीय दानवीरहरुको दानबाट धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रगाति भएकोमा खुशी व्यक्त गर्दै पूर्वाधार प्रवद्र्धनमा सरकारले थप मद्दत गर्ने आश्वासन दिनुभयो। महायज्ञका प्रमुख अतिथि रहनुभएका मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा सबैको साथ र हात रहन सके कायापलट गर्न सकिने दाबी गर्नुभयो। पर्यटन प्रवद्र्धनमा स्थानीय, प्रदेश, केन्द्र सरकार र स् थानीयको उत्तिकै महत्वपूर्ण भूमिका रहेको उहाले बताउनुभयो।

धामको प्रवद्र्धन तथा भौतिक विकासका लागि आगामी फागुन ११ देखि १८ गतेसम्म महायज्ञको आयोजना गरिएको छ। पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स् थापनार्थ कार्यक्रम आयोजना गरिएको मूल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताउनुभयो। मूल आयोजक समितिका महासचिव विष्णुराम आचार्यको संयोजनमा रहेको टोलीले मन्त्री अधिकारी, राष्ट्रिय सभा सदस्य कोमल ओलीलाई समेत भेट गरेको छ। राष्ट्रियसभा सदस् य कोमल ओलीले धार्मिक आस् थाको केन्द्र धामको भौतिक तथा प्रवद्र्धनात्मक कार्यमा आफूहरुको सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्दै महायज्ञलाई पूर्ण सफल बनाउन सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो।

त्यस् ौगरी प्रतिनिधिसभा सदस् य मेटमणि चौधरीले दाङको पर्यटन विकासका लागि सबै तह र तप्काले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। जनप्रतिनिधिको हैसियतले पूर्वाधारलगायत प्रवद्र्धन र प्रचारप्रसारको लागि सरकारलाई घच्घच्याउने प्रतिबद्धता पनि उहा“ले व्यक्त गर्नुभयो। भेटमा उपाध्यक्ष शंकर गौतम, पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतु विचार) ले पर्यटन मन्त्री, राष्ट्रियसभा सदस् य, प्रतिनिधिसभा सदस् यलगायतस“ग भेटघाट गरेको हो। टोलीले शुक्रवार डा. भीर्माजुन आचार्यस“ग र राप्ती समाज काठमाडौंका प्रवीणकुमार रेग्मीस“ग पनि भेटघाट गरेको छ। आइतबार उद्यमी, व्यवसायी, उच्च पदस् थ अधिकारीहरुस“ग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन्। महायज्ञको कथा वाचन वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले गर्नुहुनेछ।

उद्घाटन मन्त्री अधिकारीले गर्ने

महायज्ञको उद्घाटन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गर्नुहुने भएको छ। कार्यक्रममा विश्वकै अग्लो त्रिशुलको औपचारिक उद्घाटन हुनेछ। वार्षिक १० लाख धार्मिक पर्यटक भिœयाउने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो। पछिल्लो अनुमानित तथ्यांक अनुसार दैनिक हजार हाराहारीमा धारापानीको अध्ययन अवलोकन गर्न मानिसहरु पुग्ने गरेका छन्।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने धाम सबै आस् थावानहरुको गन्तव्य बन्दै गएको छ। धार्मिक महत्व तथा प्राकृतिक सौन्दर्यताले सजिएको धाम क्षेत्र पर्यटनका सबै आयामले अब्बल भएको पर्यटनविज्ञहरुको प्रतिक्रिया छ। शिव धाम भएकोले महाशिवरात्रिमा साविकको मध्यपश्चिमकै ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन्। धामको प्रवद्र्धन गर्न समितिले इच्छुक दानवीरहरुको विवरण समेत धधध।ऊमजबm।अयm मा जानकारी पाउन सकिने महासचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top