Free songs
Home / समाचार / संक्षिप्त समाचार / परिवारले बुझेनन् शव

परिवारले बुझेनन् शव

घोराही(युस)– शुक्रवार दिउसो घोराहीको चौघेरामा मालिका–कालिका यातायात प्रालिको ना ६ ख १५३३ नम्बरको बसले अटोलाई ठक्कर दिदा मृत्यु भएकी घोराही–१८ निवासी ५२ वर्षीया मंगली बिकका परिवारले अझै शव बुझेका छैनन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव शुक्रवारदेखि राखिएको छ। दोषीमाथी कारवाहीको प्रक्रिया नथालेको भन्दै पीडित परिवारले शव नबुझेको बताएका छन्। सहचालकले बस चलाउदा दुर्घटना भएको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने माग राख्दै पीडित परिवारले मृतकको शव नउठाएको मृतकका श्रीमान रतन गोतामेले बताउनुभयो।

सहचालक विरुद्ध जाहेरी दिदा प्रहरीले नलिएको उहाको गुनासो छ। प्रहरीले दोषीलाई संरक्षण गर्न खोजिरहेकाले पीडित परिवारमाथि प्रहरीले थप पीडा थपेको गुनासो गर्नुभयो। उहाले भन्नुभयो– ‘जुन दोषी हो त्यसैलाई कारवाही हुनुपर्छ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले दोषीलाई उचित कारवाही हुने बताउनुभएको छ।

सवारी चालक फरार रहेकाले खोजी कार्य जारी रहेको उहाको भनाइ छ। तर पीडित परिवारले सहचालकले बस चलाएको भन्ने कुरा पुष्टि भए सहचालकलाई नै कारवाही हुने बताउनुभयो। उहाले भन्नुभयो– ‘प्रहरीले जाहेरी नलिएको हैन। चालकविरुद्ध जाहेरी मागेको हो। तर पीडित परिवारहरुले सहचालकले दुर्घटना गराएको दाबी गर्दै आइरहनुभएको छ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top