Free songs
Home / समाचार / प्रमुख समाचार / इराक लगिदै गरेका चेलीको उद्धार

इराक लगिदै गरेका चेलीको उद्धार

जानेहरु उच्च जोखिममा • दलाल मालामाल

 

 कुमार श्रेष्ठ

बाके । उमेर १६ देखि ३५ वर्ष। घर अर्घाखाची, मोरङ र नुवाकोट। तीन जिल्लाका २÷२ जना गरी ६ जना नेपाली चेली भारतको दिल्लीमा फेला परे। माइती नेपालको सूचनामा दिल्ली महिला आयोगले छापा मारेर ६ जना चेलीको उद्धार ग¥यो।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले उद्धार गरिएका ६ जना महिलालाई शुक्रवार नेपाल फर्काए। सबैलाई काठमाडौंस् िथत केन्द्रीय कार्यालयमा पु¥याइएको छ।

उद्धार गरिएका महिलालाई दलालले इराक लैजान थालेका  थिए। घरको काम गर्नुपर्ने र मासिक ५० हजार रुपैया“सम्म हुने दलालले आश्वासन दिएका थिए। नेपालबाट जा“दा सरकारले कडाइ गर्ने भएकाले दिल्लीबाट जानुपर्ने भन्दै दलालले उनीहरुलाई त्यहा“ पु¥याएको थियो। ६ जनामध्ये चारजनालाई त दिल्लीबाट जानु गैरकानुनी हो भन्नेसम्म थाहा थिएन।

पछिल्लो दिनमा दलालहरुले नेपाली चेलीको गन्तब्य इराक बनाएका हुन्। नेपाली चेलीलाई इराकमा पु¥याउदा दलाललाई मोटो रकम हात पर्ने कोइरालाको बुझाइ छ। इराक पुग्ने नेपाली चेली भने जोखिममा पर्छन्। ‘इराक उच्च जोखिमयुक्त ठाउहो। त्यहा गएर दुःख पाएको निवेदनहरु आएका छन्’– कोइरालाले भन्नुभयो– ‘मोटो रकम पाउने भएकाले पछिल्ला दिनमा दलालले नेपाली चेलीलाई इराक पु¥याउने गरेका छन्।’

केही दिनअघि मणिपुरको विभिन्न ठाउबाट उद्धार गरिएका एक सय ७८ जनामध्ये धेरैजसोलाई इराक पु¥याइदै थियो। उद्धार गरिएका यी महिलालाई नेपाल ल्याउने तयारी भइरहेको छ। माइती नेपालका अध्यक्ष विश्वराज खड्कालगायतको टीमले उद्धार गरिएका महिलालाई
नेपाल फर्काउने प्रक्रिया मिलाइरहेको छ। दलालले यी मध्येका केहीलाई बंगलादेश हु“दै विभिन्न देश लैजादै थिए।

माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाका अनुसार, दिल्लीबाट उद्धार गरिएका ६ जना महिला पनि यही समूहका हुन्। उद्धार गरेर नेपाल ल्याइएका दुईजनाले ‘यहा केही रोजगार छैन। के गर्ने ?’ भन्ने प्रतिक्रिया दिए। अरु चारजनाले भने यतै सीप सिकेर केही गर्ने इच्छा गरेका छन्।

बढीजसो नेपाली महिलालाई कुवेत पु¥याउने गरिएकोमा अब इराक नया गन्तब्य बनेको छ। खाडीमुलुकमा नेपाली महिलाको जोखिम भने बढ्दो छ। माइती नेपाल, नेपालगञ्जमा मात्रै एक वर्षमा नौ सय बढी खोजतलासका निवेदन आउने गर्दछन्। कामका लागि खाडीमुलुक पुगेका चेलीहरु सम्पर्कविहीन भएपछि घरपरिवारले खोजतलासका लागि भन्दै माइती नेपाललगायत मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थामा निवेदन दिने गर्दछन्। नेपालगञ्ज नाकामा एक दर्जन संघसंस्थाले प्रहरीसग मिलेर जोखिमपूर्ण यात्रालाई रोक्ने प्रयास गरे पनि दलालले कुनै न कुनै बहानामा नाका पार गराउने गरेका छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top