Free songs
Home / फिचर समाचार / अस्थायी करार भन्छन्–‘खै हाम्रो रोजीरोटीको ग्यारेन्टी ?’

अस्थायी करार भन्छन्–‘खै हाम्रो रोजीरोटीको ग्यारेन्टी ?’

 गिरिराज नेपाली

घोराही। जतिबेलासम्म हामीले काम गर्न सक्ने ताकत थियो उतिबेलासम्म सरकारले हामीलाई काममा लगायो। अब काम गर्न सक्ने ताकत पनि सकिदैछ। सरकारले हटाउन खोज्दैछ। जसले गर्दा अब हामी अस्थायी करार कर्मचारीहरु कहा“ जाने द्विविधामा परेका छौं भन्दै अस्थायी करार कर्मचारी संघर्ष समितिका सल्लाहकार टेकबहादुर बस्नेतले गुनासो पोख्नुभयो। उहा“ले भन्नुभयो – ‘अस्थायी करार कर्मचारीहरुको रोजगारको ग्यारेन्टी सरकारले गर्नुपर्छ।’

मुलुकको विकासमा अस् थायी करार कर्मचारीहरुले पनि ठूलो भूमिका रहेकाले राज्यले अस् थायी करार कर्मचारीहरुको रोजीरोटी खोस् न नहुने उहाको भनाइ थियो। ‘शरीरमा तागत हुदासम्म राष्ट्रसेवकका रुपमा खटियौं। तागत पनि सकियो सरकारले हटाउन खोज्दैछ।’ अस् थायी करार कर्मचारीहरुको रोजीरोटी खोस् ने काम हुन लागेको उहा“ले बताउनुभयो। अस् थायी करार कर्मचारी संघर्ष समिति दाङले अस् थायी करार कर्मचारी हकहितका संरक्षणका लागि आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा उहा“ले यस् तो गुनासो राख्नुभएको थियो।

सरकार आफैले कर्मचारीतन्त्रमा विभेद गरेको उहाको आरोप लगाउनुभयो। उहाले भन्नुभयो– ‘नेपाल सरकार अस्थायी करारमा पियन, सरसफाइ कर्मचारीहरु मात्रै छन्। सरकारले तल्लो श्रेणीबिहीन कर्मचारीहरुमाथि विभेद गर्न खोजेको छ।’

त्यस् तै राप्ती स् वास् थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अस् थायी करार कर्मचारी नारायण पाण्डेले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस् पताल विकास समितिका कर्मचारीहरु मात्रै समायोजन गरी नेपाल सरकार अस् थायी तथा करार सेवाका कर्मचारीहरुको रोजगार च्युत गरिदिएको गुनासो राख्नुभयो। राज्यले नीतिगत व्यवस्था गर्न नसक्दा प्रतिष्ठानले नेपाल सरकारका अस् थायी करार कर्मचारीहरुको रोजगार खोसिदिएको उहाको आरोप छ।

संघर्ष समितिका जिल्ला अध्यक्ष पोषणराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अस् थायी करार कर्मचारी संघर्ष समितिका प्रदेश नं. ५ की संयोजक सीता दाहालको राज्यले तल्लो तहका श्रेणीबिहीन अस् थायी करार कर्मचारीहरुको रोजगार सुनिश्चितता गर्नुपर्ने बताउनुभयो। उहाले राज्यको विभेदपूर्ण व्यवहारका कारण श्रेणीबिहीन तल्लो तहका कर्मचारीहरु रोजीरोटीबाट बञ्चित हुनुपर्ने अवस् थामा पुगेको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘अस्थायी करार कर्मचारीहरुको रोजगारको ग्यारेन्टी सरकारले गर्नुपर्छ।’

कार्यक्रममा निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष खिमबहादुर डा“गीले राज्यले अस् थायी करार कर्मचारीहरुको रोजगारको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो। उहाले भन्नुभयो– ‘सरकारले यो त्यो बहानामा अस् थायी करार कर्मचारीहरुको रोजगार खोस् नु हु“दैन।’
कार्यक्रममा अधिकारीक ट्रेड युनियन दाङका दलबहादुर बस् नेत, निजामती कर्मचारी संघका वामदेव शर्मा, समितिका सल्लाहकार कृष्ण भण्डारीलगायतले बोल्नुभएको थियो। समितिका उपाध्यक्ष गोमा पोख्रेलको स् वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण शोभाराम जैसीले गर्नुभएको थियो।

रोजगार खोसिदैन : प्रजिअ
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अस्थायी करार कर्मचारीहरुको रोजगार राज्यले नखोस् ने बताउनुभयो। उहाले भन्नुभयो– ‘सरकार स् थायी बनाउन सक्दैन, रोजगार पनि खोस्दैन।’ जसका लागि कर्मचारीहरु अहिले नै आत्तिनुपर्ने अवस्था छैन।’ अस्थायी करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र रोजगारका लागि राज्यले केही नीतिगत व्यवस्था गरी कर्मचारीहरुको समस्या समाधान गर्नेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top