Free songs
Home / समाचार / प्रमुख समाचार / प्रतिष्ठानमा कर्मचारी आन्दोलन सुल्झियो

प्रतिष्ठानमा कर्मचारी आन्दोलन सुल्झियो

६२ कर्मचारीको म्याद असारसम्म, २४ जनाको थपिएन

निमुसंगम घर्ती

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी कर्मचारी आन्दोलनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको टोलीले सुल्झाएको छ ।

पेशागत सुरक्षाको माग गर्दै झण्डै एक महिनादेखि कामै रोकेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि जिल्लाको प्रयासबाट सहमति नजुट्दा स्वास्थ्य राज्यमन्त्री यादवको टोली दाङ आएर दुई दिनमा विवाद समाधान गरेर फर्किएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारीहरुबीच ११ बु“दे सहमति भएको छ ।

कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादवको नेतृत्वमा विवाद समाधानका लागि टोली बिहीवार घोराहीमा आएको थियो । आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानीय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरुस“ग छलफलपछि राज्यमन्त्री यादव सहितको टोलीले कर्मचारी र प्रतिष्ठानबीच ११ बु“दे सहमति गराएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका सबै कर्मचारीहरुलाई प्रतिष्ठानको समानस्तर र तहको पदमा शर्त, बन्देज र सेवा सुविधा लागुहुने गरी प्रतिष्ठानमा समायोजन गर्ने पहिलो बु“दामा सहमति भएको छ । त्यसैगरी, प्रतिष्ठानकै ऐन नियम अनुसार करार सम्झौता हुने, हालसम्म भुक्तानी हुन बा“की तलब भत्ता यथाशीघ्र प्रतिष्ठानले भुक्तानी गर्ने, प्रतिष्ठानको लोक सेवा आयोगबाट स्थायी पदपूर्तिपश्चात श्रेणीबिहीन कर्मचारीबाहेकका अवकाश हुने कर्मचारीले कुनै माग र आन्दोलन गर्न नपाउने सहमति भएको छ । साथै श्रेणिबिहीन र ज्यालादारी कर्मचारीहरुको सेवा अवधि तेस्रो पक्षबाट नल्याएसम्म र ल्याउनुपर्ने देखिए हालकै कर्मचारीहरुलाई राख्ने, प्रतिष्ठानले आगामी असार मसान्तसम्म स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने र हाल कार्यरत कर्मचारीहरुलाई एक महिनाको सूचना दिई प्रतिष्ठानले अवकाश दिने सहमतिपत्रमा उल्लेख छ ।

त्यसैगरी प्रतिष्ठानले करार तथा ज्यालादारी कर्मचारीलाई आवश्यकता अनुसार काममा खटाउने, सेवाबाट बर्खास्तमा परेका हिमराज गौतमलाई हाल तीन महिना र ठगुराम भण्डारीलाई एक महिनाको करार म्याद थप गर्ने र ज्यालादारी कर्मचारीको हकमा मासिक ज्यालादारीको सम्झौता गर्ने सहमति भएको छ । प्रतिष्ठान र कर्मचारीहरुबीच सहमति भएपछि शुक्रवारदेखि कर्मचारी काममा फर्किएका छन् । सहमतिपत्रमा प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारी, आन्दोलनरत कर्मचारीहरुका तर्फबाट संघर्ष समितिका संयोजक
हिमराज गौतम, रोहवरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिष्ठानमा साविक उपक्षेत्रीय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरुले पेशागत सुरक्षा र तलबभत्ताको माग गर्दै गत पुस ३० गतेदेखि काम रोकेर आन्दोलनमा उत्रिदा उपचार सेवा प्रभावित भएको थियो । कर्मचारीको आन्दोलन लम्बिदै जा“दा उपचार सेवा अबरुद्ध भएपछि राज्यमन्त्री यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिब मधुसूदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई दाङ आउनुभएको हो ।

जिम्मेवार भएर काम गर्नुस् ः राज्यमन्त्री यादव

विवाद समाधन गरेर फर्कदै गर्दा राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जिम्मेवार र अनुशासित भएर सेवामा खट्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । जिम्मेवारी र अनुशासन भुलेपछि विवादहरु बढ्ने भन्दै उहा“ले प्रतिष्ठानले दिएको जिम्मेवारीलाई जनताको सेवामा जोडेर खट्न उहाको निर्देशन थियो । सबै मिलेर काम गर्न सके विकास छिटो र जनताले सजिलै न्याय पाउन सक्ने भन्दै राज्यमन्त्री यादवले व्यावहारिकतामा एकता ल्याउन सुझाव दिनुभयो ।

विकास समितिबाट आएका सबै कर्मचारीहरुको जागिर चालु आर्थिक वर्षको अन्त्यसम्म सुनिश्चित भएको भन्दै उहा“ले इमानदारिता देखाएर उपचारमा लाग्न आग्रह गर्नुभयो । प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले कर्मचारीहरुलाई सहमति अनुसार आइतवार सेवा करार सम्झौतापत्र दिने जानकारी दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अस्पतालको विकासमा सबैको सोच एउटै र प्रगतिशील हुन आवश्यक रहेको बताउनुभयो ।

२४ कर्मचारीको म्याद थपिएन

साविक उपक्षेत्रीय अस्पताल हुदादेखि नै नेपाल सरकारको तर्फबाट करारमा काम गर्दै आएका २४ जना कर्मचारीको भने जागिर सुनिश्चित भएन । ती कर्मचारीहरुका बारेमा नेपाल सरकारले निर्णय लिने भन्दै प्रतिष्ठानले म्याद थप गर्न नसक्ने जानकारी दिएको छ । चिकित्सक, प्रशासनिक कर्मचारी, ड्राइभर र कार्यालय सहयोगी गरी २८ जनाको जागिर पुस मसान्तमै सकिएको थियो । तर विकास समितिबाट प्रतिष्ठानमा आएका कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएर आन्दोलनमा होमिएका कर्मचारीहरुका बारेमा भने कुनै सहमति भएन ।

नेपाल सरकारका करारका कर्मचारीहरुको माग बुझेको र अन्य प्रतिष्ठानको पनि समस्या भएको भन्दै राज्यमन्त्री यादवले छिट्टै टुंगो लगाउने जानकारी दिनुभयो । नेपाल सरकारका करारका डाक्टर, पोषण, आमा सुरक्षा, चालक र कार्यालय सहयोगी कर्मचारीहरुको बारेमा के गर्ने भन्ने मन्त्रालयले नीति बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top