Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

घोराही  (युस)– घोराहीमा शुक्रवार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

घोराही–लमही सडकखण्डको कटुवाखोलामा ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी ५३ वर्षीया मंगली विकको मृत्युभएको हो ।

बसको ठक्करबाट अटो पल्टिदा गम्भीर घाइते भएकी बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार अन्य तीनजना घाइते भएका छन् । घाइतेहरु घोराही–१८ गिठेपानीका चार वर्षीया अस्मिता विक, ४० वर्षीय बसन्त थापा र प्युठान स्वर्गद्वारी नगरपालिका कामीचौर बस्ने १९ वर्षीया कला विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।  ठक्कर दिने बस ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top