Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराही उपमहानगरमा लेखा समिति गठन

घोराही उपमहानगरमा लेखा समिति गठन

घोराही  (युस)– घोराही उपमहानगरपालिकाको चौथो नगरसभा अधिवेशनले दुईवटा विधेयक पारित गरेको छ । शुक्रवार भएको चौथो नगरसभा अधिवेशनले घोराही उपमहानगरपालिकामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७५ पारित गरेको हो ।

नगरको काम कारवाहीलाई प्रभावकारी बनाउन आवश्यक नीति नियमलाई पूर्णता दिने क्रममा चौथो नगरसभाबाट ती दुई विधेयकहरु पारित गरेको हो । विधेयक मस्यौदा समितिका संयोजक रमेशकुमार पाण्डेले विपत जोखिम न्यूनीकरण र आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयक संशोधनसहित पारित भएको छ । स्थानीय तहहरु सरकारका रुपमा स्थापना भएसगै आफै कानुन बनाएर कामहरुलाई सहज बनाउने अधिकार पाएपछि उपमहानगरले कार्यविधि र ऐनहरु बनाउने क्रम जारी राखेको छ ।

कार्य सम्पादनका क्रममा आवश्यक पर्ने ऐन कानुनहरुलाई पूर्णता दिने क्रममै रहेको उपमहानगरले जनाएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले चालु आर्थिक वर्षमा न्यायिक समितिले गरेका न्याय सम्पादनका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो । चालु आर्थिक वर्षमा एक सयवटा उजुरी परेकोमा २९ वटा मिलापत्र भएको र ७१ वटा प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

त्यसैगरी, नगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले नगरसभाका सदस्यहरुलाई चालु आर्थिक वर्षमा भइरहेका कामको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाले नगर र वडाका कूल ७ सय ७५ वटा योजना रहेका, तीमध्ये पा“च सय ८९ वटा सम्झौता भएको र ५५ वटा योजनाको काम सकिएको जानकारी दिनुभयो ।

नगरसभाले वडा नम्बर १५ का सदस्य कृष्णा रानाको संयोजकत्वमा नगरस्तरीय लेखा समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा वडा नम्बर १७ का सदस्य रेमन्ता पुन र १८ नम्बरका सदस्य बुद्धि चौधरी रहनुभएको छ । साथै नगरसभाले नगर प्रमुख नरुलाल चौधरीकी आमा झुबिया चौधरी, वडा नम्बर १६ का अध्यक्ष लक्षिनप्रसाद बुढा मगर, वडा नम्बर १९ का सदस्य जंगबहादुर रोकाका बुवा मोहनसिंह रोका, वडा नम्बर ११ का सदस्य काली चौधरीका श्रीमान कल्लु चौधरी, वडा नम्बर ११ कै सदस्य विमला गन्धर्वका श्रीमान नीमबहादुर गन्धर्व, नगर सहकारी शाखाका प्रमुख प्रेमबहादुर केसीकी आमा जानकी केसी र नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीकी हजुरआमा गंगादेवी घर्तीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । उमनपाका प्रवक्ता भरत अर्यालले चालु आ.व.मा नगर कार्यपालिकाले गरेका निर्णय सभालाई जानकारी गराउनु भएको थियो ।

साथै बिहीवार घोराही उपमहानगरपालिका–३ मसोटनजिकै भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीसहित घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि नगरसभाले गरेको छ । साथै नगरसभाले दुर्घटनामा परी निधन भएकी रुकुमकी रमिता शर्मा प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top