Free songs
Home / फिचर समाचार / गाउ–गाउमा फैलदै सडक, बदलिंदै जीवन

गाउ–गाउमा फैलदै सडक, बदलिंदै जीवन

युगबोध समाचारदाता

घोराही । सधै पिठ्यूको भरमा बाचेको एउटा गाउ । बिरामीलाई सधै डोको र झोलुंगामा बोकेर सडकसम्म पु¥याउनुपर्ने बाध्यता । गाउमा उत्पादन भएका कृषिजन्य वस्तुहरु सधै पिड्यूमा बोकेर बिक्रीका लागि घोराही ल्याउनुपर्ने । अनि सा“झ बिहानको छाक टार्नका लागि बजारबाट सधै चामल बोकेर घरमा पु¥याउनुपर्ने बाध्यता थियो बंगलाचुली गाउ“पालिका–२ टाकुरा गाउ“का स्थानीयलाई ।

भौगोलक भू–बनोट, अप्ठेरो अनि वस्ती भने निकै ठूलो । अन्य समयमा भन्दा पनि बिरामीहरुलाई अस्पताल पु¥याउन बोकेरै घोराही, स्यूजा, पुरुङ लग्नुपर्ने बाध्यता । यो बाध्यता कुनै नौलो पनि थिएन । अहिलेसम्म उक्त गाउमा सडक सञ्जाल नहुदा सधै यही पीडामा जीवन चलाउ“दै आएका छन् स्थानीयहरुले । स्थानीय सरकार गठन भएस“गै पहिलो प्राथमिकता सडक विस्तारले पायो ।

जिल्लाका सबै स्थानीय सरकारले पहिलो विकास सडकलाई माने र गाउ–गाउमा सडक पु¥याउने योजना बनाए । बंगलाचुली गाउपालिकाले पनि सडकलाई नै प्राथमिकता दियो । भौगोलिक विकटता रहेको बंगलाचुलीका गाउहरुमा सहजै सडक पु¥याउन पनि कम्ती चुनौती भिएन । अहिलेसम्म गाडी नपुगेको बंगलाचुलीको एउटा गाउ त्यही हो टाकुरा । अहिले बंगलाचुली गाउ“पालिका वडा नं. २ को टाकुरा गाउ“मा पहिलोपटक गाडी पुगेको छ । स्थानीय सरकार गठनपश्चात गाउमा सडक पु¥याउने योजनालाई प्राथमिकतामा राखेको गाउ“पालिकाले दुई वर्षमा गाउ“मा गाडी पु¥याएको छ ।

घोराही–स्यूजा सडक खण्डको पुरुङछेडाबाट करिब पाच किलोमिटर सडक बनाई टाकुरा गाउ“को जेमुरेसम्म सडक पुगेको हो । गत वर्ष साढे सात लाख र चालु आर्थिक वर्षमा साढे सात लाख रुपैया“को लागतमा गाउ“मा गाडी पु¥याइएको बंगलाचुली गाउपालिकाका सदस्य भीमकुमार बुढाले जानकारी दिनुभयो । ना २ ख ५७३७ नम्बरको बस पहिलो पटक टाकुरा गाउ“मा पुगेपछि गाउ“का अगुवा खिमबहादुर रोकासहित स्थानीयहरुले चालक माधव पाण्डे, बसका स्टाप र वडा सदस्य भीमकुमार बुढा लगायतलाई फूलमाला, टीका लगाइदिएर सम्मान गरेका छन् ।

पहिलोपटक गाउमा गाडी पुग्दा स्थानीय खिमबहादुर रोकाले जीवन नै परिवर्तन भएको महसुस भएको बताउनुभयो । ‘घोराहीको नजिकै भए पनि अहिलेसम्म गाउमा गाडी आएको थिएन’– उहाले भन्नुभयो– ‘तर अहिले स्थानीय सरकार आएपछि गाउमा बस आयो, खुशीले गदगद छौं ।’ सडक सञ्जालले छुन नसकेको टाकुरा गाउमा गाडी पुगेपछि स्थानीयहरु निकै खुशी भएका छन् । गाडी पुगेपछि अब त्यहा“ नागरिकहरुलाई घोराही आउन जान, गाउमा उत्पादित वस्तुहरु बिक्रीका लागि बोकेर बजार ल्याउनुपर्ने बाध्यता हटेको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top