Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्वच्छ नेपालको स्थापना दिवस

स्वच्छ नेपालको स्थापना दिवस

घोराही (युस)– स्वच्छ नेपालले बुधवार एक कार्यक्रम आयोजना गरी चौथो स् थापना दिवस मनाएको छ। स् थापना दिवसको अवसरमा बोल्ने वक्ताहरुले साझा सवालहरुमा महिलाहरु सधंै एक भएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। आ–आफ्ना दलभित्र महिलालाई बलियो बनाउन जोड गर्ने र दलीयरुपमा आस्था फरक भए पनि सामुदायिक विकासमा दलीय घेराभन्दा माथि उठेर सामूहिकरुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिइएको थियो।

स् वच्छ नेपालका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस् थापक अध्यक्ष विमला योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, संस् थाका सल्लाहकार सावित्रा राना, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, अनेमसंघकी अध्यक्ष हुमा डिसी, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालका निवर्तमान अध्यक्ष सुषमा गिरी, अनेमसंघ क्रान्तिकारीकी प्रमिता चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस् थाका कोषाध्यक्ष सञ्जिता गौतमले संस्थाले गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो। उपाध्यक्ष लोका बिकको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव बिन्दु कुवरले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको स्थापना दिवसको अवसरमा आयोजित महिलामैत्री फूटवल खेलका विजयी खेलाडी तथा सहभागी खेलाडीहरुलाई प्रभाणपत्र तथा मेडल प्रदान गरिएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top