Free songs
Home / समाचार / संक्षिप्त समाचार / राप्ती समाज युकेद्वारा शैक्षिक सहयोग

राप्ती समाज युकेद्वारा शैक्षिक सहयोग

युगबोध समाचारदाता 

तुलसीपु। राप्ती समाज युकेले सल्यानका बाढीपीडित बालिकालाई शैक्षिक सहयोग गरेको प्रदान छ।

गत भदौ १२ गते बागचौर नगरपालिका–४ सल्यानमा गएको पहिरोमा परी बुबाआमा गुमाएका १३ वर्षीया कमला बिक, ११ वर्षीया पुतला विक र आठ वर्षीया सुनिता विकको पठनपाठनका लागि समाजका आजीवन सदस्य नन्दबहादुर क्षेत्रीले सहयोग हस् तान्तरण गर्नुभएको हो। सहयोग हस् तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस् य क्षेत्रीले समाजका सदस यहरुबाट संकलन गरेको एक लाख ६५ हजार रुपैया राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरमा मुद्दती खातामा जम्मा गरिदिएको बताउनुभयो

‘बाढी पहिरोबाट टुहुरो बनेका बालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राप्ती समाज युकेका सदस् यहरुले संकलन गरेको रकममध्ये एक लाख ६५ हजार बैंकमा जम्मा गरिदिएका छौं र उहाहरुलाई यातायात खर्चवापत नगद पाच हजार उपलब्ध गराएका छौं’– समाजका आजीवन सदस् य क्षेत्रीले भन्नुभयो– ‘हामीले गरेको सहयोग बालिकाहरुको शिक्षामा खर्च हुनेछ भन्ने बिश्वास लिएका छौं।’

विगतका दिनदेखि नै राप्ती समाज युकेले विपत्तिमा परेका राप्तीवासीहरुका लागि सहयोग प्रदान गर्दै आएको भन्दै सदस् य क्षेत्रीले प्रवासमा बसेर आर्जन गरेको केही रकमबाट आफ्नो क्षेत्रका जनताको दुःखमा मल्हम लगाउने गरेको बताउनुभयो। सहयोग हस् तान्तरण कार्यक्रममा बोल्दै बालिकाका मामा कृष्ण रसाइलीले टुहुरा बालिकाको शिक्षाका लागि सहयोग गरेकोमा राप्ती समाज युकेलाई धन्यवाद दिनुभएको छ।

आर्थिक अभावका कारण श्री सिद्धार्थ आधारभूत विद्यालय काफलडाडाको कक्षा ८ मा अध्ययनरत कमला बिक र भगवती आधारभूत विद्यालय बागचोरको कक्षा ४ मा अध्ययनरत पुतला बिकको पठनपाठन रोकिने अवस् थामा पुगेको भन्दै मामा कृष्णले समाजले गरेको सहयोगको पूर्णरुपमा सदुपयोग गर्ने बताउनुभयो।  कान्छी भाञ्जी सुनिता बिकको पालनपोषणको जिम्मा कोपिला भ्याली अनाथ आश्रम सुर्खेतले जिम्मा लिएको भन्दै कृष्णले दुई भाञ्जीको बिचल्ली भएको बताउनुभयो।

‘घर पहिरोले बगाएका कारण कहिले बाजेको घरमा कहिले दिदीको घरमा दुई भाञ्जीहरु बस् दै आएका छन्। उनीहरुको घर बनाउन सहयोग प्राप्त भए राम्रो हुने थियो’– मामा कृष्णले भन्नुभयो– ‘यही कार्यक्रममार्फत् म सहयोगका लागि सम्पूर्णलाई अनुरोध गर्दछु।’ अविरल वर्षापछि गत भदौ १२ गते बागचौर नगरपालिका–४ सल्यानमा पहिरोले घर बगाउ“दा ४० वर्षीय रामसिंह बिक, उहाकी ३५ वर्षीया श्रीमती रामकला विकसहित सात वर्षीया छोरी गंगा, छ वर्षीया प्रमिला र चार वर्षीय छोरा रुपलालको मृत्यु भएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top