Free songs
Home / विचार / बलियाले निर्धालाई कहिलेसम्म सताइरहने ?

बलियाले निर्धालाई कहिलेसम्म सताइरहने ?

नारायणप्रसाद शर्मा

धेरथोर बुझ्न खोज्यो कि इतिहासले पनि मन दुखाउन थाल्छ। नलेखिएको इतिहास लाखौं वर्ष पुरानो छ। पुराना अवशेष (fossils) खोतल्नेहरु शिलापत्र, ताम्रपत्र आदिबारे अध्ययन अनुमान गरेर तपाइ हामीलाई शिक्षा दिन्छन्। यसरी बुझ्दै जादा मलाई थै–थै के मा लाग्यो भने हिमाली सभ्यता त संसारका अनेकन सभ्यताहरुमध्ये सबभन्दा जेठो सभ्यता रहेछ। उदाहरणका निमित्त आजभोलिको सबभन्दा समृद्ध सभ्यता युरोपेली मानिन्छ। तर त्यही सभ्यता सबभन्दा कान्छो सभ्यता रहेछ। यो इशापूर्व ११ सय वर्षतिरको रहेछ। जबकि वैैदिक सभ्यता मात्रै पनि इशापूर्व साढे चार हजार वर्ष पुरानो मानिन्छ। उस बेलाका सभ्य हामी हिमाली आजका असभ्य, ग“वार अर्थात् भौतिक दृष्टिले पछौटे एवं गरिव देशमा पर्दा रहेछौं।

हामी किन पछि प¥यौं त ? यसो त अहिले पनि हामीहरु ज्ञानको दृष्टिले, आध्यात्मिक चेतनाको दृष्टिले सम्पन्न छौं, गरिव हु“दै होइनौं। अपशोच भौतिक दृष्टिले हामी गरिव रह्यौं। विकासको दृष्टिले हामी धेरै तल प¥यौं। युरोपले आध्यात्मिकतालाई भन्दा भौतिकतालाई जोड दियो। उसले औद्योगिक विकास ग¥यो। हाते उद्योगलाई उसले यान्त्रिक उद्योगमा बदलिदियो। रेल, हवाइ जहाज, बिजुली, सञ्चार, शस् त्रास् त्र, उपग्रह आदिको विकासले युरोप सम्पन्न कहलायो। हुदाहुदा यिनकै बलमा उसले संसार कब्जा गर्न सक्यो। पछि युरोपका देशहरुले संसार कब्जा गर्ने सवालमा आपसमा लडामती गर्न थाले। प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धपछि तिनीहरु थला पर्दै गए। फलतः संसारका एक सय ५० भन्दा बढी देश स् वतन्त्र हुन सके। तर पनि विज्ञान र प्रविधिमा युरोपियनहरुको वर्चस् व कम भएको छैन।

अचम्म के भयो भने अमेरिका जस् तो पछि परेको मुलुक पनि पछि क्रमशः माथि उठ्दै जा“दा द्वितीय विश्वयुद्धपछि संसारको पहिलो शक्तिशाली मुलुक बन्न पुग्यो। युरोपका देशहरुलाई पनि उसले माथ ग¥यो। आज त उसले विश्वलाई थर्कमान पारिरहेछ। सबै महाद्वीपमा उसका सैनिक अखडा छन्। धनको बलले अधिकांश विश्वका देशहरु उसकै इशारामा चल्न बाध्य छन्। यति हु“दाहु“दै पनि एउटा सुखद खबर के छ भने अमेरिका पनि अब पहिले जस्तो छैन। पूर्वतिर चीन भारतजस् ता देशहरु पनि शक्तिशाली बन्ने धुनमा छन्। भनिन्छ अब २०÷२५ वर्षमा चीन विश्वको पहिलो शक्तिशाली देश बन्न पुग्दैछ। त्यसको पछि–पछि भारत पनि। यी सबै कुराले विश्वको शक्ति सन्तुलनमा हेरफेर हुदैछ। विश्व बहुध्रुवीयतिर जा“दैछ। त्यसले गर्दा नेपाल जस् ता साना मझौला अनेक देशहरुले सजिलरी सास फेर्न पाउने सम्भावना बढ्दो छ।

तर पनि कुरो त्यति सजिलो कहा“ छ र ? अफगानिस् तान, इराक, सिरिया आदि कतिपय देशहरुमा युद्धको ज्वाला दनदनाइरहेछ। एउटा भर्खरैको उदाहरण भेनेजुएला बनेको छ। यसको लामो ऐतिहासिक विपत्ति एक छिन बिर्से पनि त्यहा“ भर्खरै आम निर्वाचन सम्पन्न भयो। संयुक्त राज्य अमेरिकाले मन नपराउने पार्टीले ………. चुनाव जित्यो। उसले मन पराउनेले हा¥यो। हारजित कसरी भयो ?

त्यसमा तिनीहरुबीच आन्तरिक विवाद होला। तर यो घर झगडामा अमेरिकाले सिधै एउटा पक्षलाई साथ दियो। यो हस्तक्षेपले भोलि गृहयुद्ध भयो भने त्यसको पहिलो जिम्मेदार को हुने ? संयुक्त राष्ट्र संघको बडापत्रको कुरा गर्ने हो भनेएउटा देशले अर्को देशमाथि यस प्रकारको हस् तक्षेप गर्नै पाइन्न। अपशोच अमेरिकासामु संयुक्त राष्ट्रसंघ पनि भिजेको बिरालो जस् तै बन्छ।

उता चीन, रुस, क्युवा, टर्की आदि देशहरु अमेरिकी हस् तक्षेपको विरुद्ध छन्। युरोपलगायत अन्य २० मुलुक अमेरिकी हा“ मा हा“ मिलाइ रहेछन्। यस मामिलामा जानी नजानी के हो नेपाल पनि विवादको घेरामा परेको छ। भएछ के भने नेकपाका अध्यक्ष प्रचण्डलाई यो हस् तक्षेप मन परेनछ र यसको विरोधमा वक्तव्य दिएछन्। शक्ति राष्ट्रको अहंकारले मातेको अमेरिकाले नेपाल सरकारस“ग आफ्नो धारणा माग्यो।
परराष्ट्र मन्त्रालयले अलि सौम्यपारामा हस् तक्षेपको समर्थन गरेन छ। फलतः अमेरिकालाई नेपालसित रिस उठेको छ। यसैबीच नेपाली कांग्रेसले सत्तापक्षको बक्तव्यको विरोध गर्दै नेपाललाई सहयोग गर्दै आएको संसारको पहिलो शक्तिराष्ट्र अमेरिका विरोधी बक्तव्य राष्ट्रिय स् वार्थ विपरीत भनेको छ। यसैको निहु“मा अमेरिकाले नेपालमा आन्तरिक द्वन्द्व बल्झाउने मौका पाउ“दैछ। नेपालको संविधानले भन्छ– नेपालको असंलग्न परराष्ट्र नीति रहनेछ। अब यसमा कांग्रेसको समर्थन एकातर्फ र नेकपाको समर्थन अर्कोतर्फ स् पष्टै देखिएको छ।

हो नेपालको चरित्र विदेशी हस् तक्षेपविरुद्ध छ। नेपाल असंलग्न आन्दोलनको एउटा सक्रिय सदस् य देश हो। यसले विदेशी हस् तक्षेप विरुद्ध शीतयुद्धकाल देखि बोल्दै पनि आएको हो। तर अहिले स् िथति अलिकति भिन्न छ। असंलग्न आन्दोलन प्रभावकारी छैन। जवाहरलाल नेहरु रहेनन्। असंलग्न आन्दोलनका पुराना हस् ती, युगोस्लाभियाका टिटो, नेपालका महेन्द्र, इजिप्टका कर्णेल नासिर, घानाका एन्क्रुमा सबै दिवंगत भइसके। अहिले विश्व दुई ध्रुवीय छैन। बहुधु्रवीय लक्षण त छन् तर त्यसले राम्रो आकार ग्रहण गर्न सकेको छैन। यस् तो बेलामा कांग्रेस र कम्युनिष्टमा नराम्रोस“ग फाटो बढ्यो भने विदेशीले चलखेल गर्ने मौका पाउ“छन्। यस् तो हुन नदिन नेपालका नागरिकहरु पनि चनाखो हुनुपर्ने बेला आएको छ। कुरा आउ“छ शक्तिकै। नेपाल भौतिक शक्तिको हिसावले कमजोर नै छ। के कमजोरले सत्य कुरा बोल्न नहुने हो ? एउटा देशको मामिलामा अर्को देशका बारेमा पक्षविपक्षमा बोल्न थाल्ने हो भने विश्वभरि नै बेचैनी बढ्न सक्छ। यस् ता कुराबाट विश्वलाई जोगाउन अन्तर्राष्ट्रिय विधि बनेका छन्। तिनको पालना सबै राष्ट्रबाट हुनुपर्दछ। नेपालमा पनि बहुदलीय व्यवस् था छ। आन्तरिक मतभेद जहा“ पनि हुन सक्छन्। भोलि यहा“ पनि बाहिरबाट एउटालाई उचाल्ने र अर्कालाई पछार्ने चलखेल

बढ्यो भने के होला ? अतः यस् ता विषयमा राज्य, राजनीतिक दलहरु र नागरिक समाज चनाखो भएर बस् नुपर्ने र बोल्नुपर्ने हुन्छ। र समस् याहरुको समाधान संवादबाट हल गरिनुपर्दछ। विश्व मामिलामा नेपालको नीति आपसी छलफलद्वारा निर्धारण गर्न अबेर गर्नै हुन्न। यसमा लोकतान्त्रिक देशका स् वतन्त्र नागरिकहरुले आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ। हाम्रो देशको नागरिक समाज सशक्त हुन सकेको छैन। राजनीतिक दलहरुलाई ठीक ठाउ“मा ल्याउन नागरिकहरुको दायित्वलाई कसैले उपेक्षा गर्न मिल्दैन। राजनीतिक दलहरुलाई सत्ता स् वार्थले कहिलेकाहीं गलत बाटोतिर डो¥याउन सक्छ। यिनीहरुलाई सन्तुलन र नियन्त्रणमा राख्न स् वतन्त्र नागरिकहरुको भूमिका अपरिहार्य छ।
२०४६ सालमा बहुदलीय व्यवस् थाको स् थापना भएपछि दाङमा २०५१ सालमा नागरिक समाजको स् थापना भएको थियो। सशस् त्र द्वन्द्वकालमा शान्तिपूर्ण समाधानको पक्षमा यसले जनमत निर्माण गर्न ठूलो सघाउ पु¥याएको थियो।

त्यसपछिका दिनमा नागरिक समाज अलिकति सुस् ताएको हो कि जस् तो छ। लोकतन्त्रमा निर्णायक शक्ति जनता हुन्। यहा“ बाहुवल हैन विचार बल ठूलो हुन्छ। ज्ञान बल ठूलो हुन्छ। शक्तिराष्ट्रहरुले शस् त्रास् त्र र अणुपरमाणु बमको तुजुकमा हिजोका विश्वलाई मुठीमा राखेकै हुन्। अझै त्यो प्रवृत्ति छुटेको छैन। तर तिनले पनि जनमतलाई सोझै दुत्कार्न सक्दैनन्। त्यसलाई आफ्नो पक्षमा भजाउन भने लागिपरेकै हुन्छन्। त्यसरी शक्तिको आडमा जनमत कुम्ल्याउन पाइन्न भन्ने विश्वजनमत तयार गर्न सक्ने ऊर्जावान् नागरिक समाजको खा“चो छ।

शुरुमै उल्लेख गरिएझैं प्राचीनकालमा पूर्वमा नैतिक शक्ति (आध्यात्मिक शक्ति) बलवान थियो। ज्ञान शक्ति बलवान थियो। तर त्यसले भौतिक विकासलाई अपेक्षाकृत महत्व नदिंदा आज पछि पर्नुप¥यो र पश्चिमेली शक्तिहरुको डंका बज्यो। किन्तु लोकतन्त्रमा भौतिक शक्तिलाई निर्णायक मानिन्न। जनमत (स् वविवेक) सर्वोपरि हुन्छ। यो भनेको पहिलेको पूर्वेली चिन्तनको विजय हो। त्यसैले हिमाली दर्शन, हिमाली चिन्तन यत्र विश्वं भवत्यकेनीडम् बसुधवै कुटुम्वकम्को मानववाद लोकतन्त्रको मूल आदर्श बन्दैछ। यो कुरा सचेत प्रत्येक नागरिकले बुझ्नैपर्छ बुझाउनैपर्छ। एक्काइसौं शदीमा बलमिच्याइ“ मात्र हो भने संसार खरानी बन्न कत्ति बेर छैन।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top