Free songs
Home / फिचर समाचार / एक लाख ४० हजार झ्वाम !

एक लाख ४० हजार झ्वाम !

 

दशरथ घिमिरे

देउखुरी। राजपुर गाउपालिका वडा नं. ७ बनकट्टीस् िथत भयरथान सामुदायिक वनका हेरालु र छपान खर्च निकाल्न १८ हजार रुपैया“को चेक काटियो। गत भदौ १८ गते काटिएको चेकमा १८ हजार अंकको अगाडि एक थपेर एक लाख अठार हजार बनाइयो। अक्षरमा पनि एक लाख थपियो। यसरी काटिएको पहिलो चेक बैंकले बदर गरिदियो। सोही दिन सामुदायिक वन समूहका सचिव नीमा ओलीको किर्ते हस् ताक्षर गरेर सामुदायिक वन समूहका अध्यक्ष रुद्रमणि गिरीले एक लाख निकाले। १८ हजार रुपैया“ वन हेरालु र छपान खर्चको लागि उपलब्ध गराइयो।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, कोषाध्यक्ष र सचिव तीनजनाको नाममा एभरेष्ट बैंक लिमिटेड लमही शाखामा खाता छ। अध्यक्ष अथवा सचिव, अध्यक्ष अथवा कोषाध्यक्ष दुईजनाको हस् ताक्षर चल्नेगरी खाता खोलिएको छ। सचिवको कीर्ते हस् ताक्षर गरेर पुस ३ गते ४० हजार रुपैया निकालियो।

सामुदायिक वन समूहको लेखा परीक्षण गर्दा निकालिएको बैंक स्टेटमेन्ट हेरेपछि सचिव नीमा ओली आश्चर्यमा पर्नुभयो। आश्चर्यमा पर्नुको कारण थियो, निर्णयबिनै र आफ्नो हस्ताक्षरबिनै एक लाख ४० हजार रुपैया निकालिएको स्टेट्मेन्टमा देखिनु। ‘मैले सिक्नेचर गरेको होइन सर। मेरो कीर्ते सिक्नेचर गरेका रहेछन्’– उहाले टेलिफोनमा भन्नुभयो– ‘हामीले अडिट गर्दा बैंक स्टेटमेन्ट गर्दा देखियो। त्यो रकम निकाल्न मेरो कुनै संलग्नता छैन। त्यो मेरो सही होइन, अरु कसैले गरेको कीर्ते सही हो।’

सामुदायिक वन समूहको खातामा रहेको कीर्ते हस् ताक्षर गरेर निकालिएको रकम व्यक्तिगत प्रयोजनको लागि खर्च गरिएको पाइएको छ। सामुदायिक वन समूहका अध्यक्ष रुद्रमणि गिरीले सचिवको कीर्ते हस् ताक्षर गरेर रकम निकालिएको स् वीकार गर्नुभयो। ‘सबै हिसाबकिताव छ। मैले पैसा पनि जम्मा गरिसकें’– उहाले भन्नुभयो– ‘मिलन सर भन्ने, उहालाई समस्या प¥यो। उहालाई दिए। मेरो एकजना अर्काे मान्छे हुनुहुन्थ्यो। उहालाई दिए। अहिले सबै पैसा बैंकमा जम्मा छ ।’

छलफल हुदा हातै हालियो

बुधवार वनकट्टी गाउ“मा सामुदायिक वनमा भएको अनियमितताबारे छलफल भइरहेको थियो। स् थानीय उपभोक्ता वरुण नेपालीले कीर्ते हस् ताक्षर गरेर रकम निकालेको विषयमा प्रश्न राख्नुभयो। उहाले सोधेको प्रश्नको जवाफ दिनुको साटो उल्टै उहामाथि हात हालियो।

‘सामुदायिक वन समूहको रकम कीर्ते हस् ताक्षर गरेर निकालिएको विषयमा प्रश्न सोध्दै थिए, एक्कासी ममाथि हात हालियो’–लमहीमा पत्रकार सम्मेलन गर्दै नेपालीले भन्नुभयो– ‘ममाथि ज्यान मार्नेसम्मका धम्की आएका छन्।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top