Free songs
Home / समाचार / प्रमुख समाचार / राजधानीबारे सांसदबीच भनाभन

राजधानीबारे सांसदबीच भनाभन

 यमलाल भुसाल

बुटवल । प्रदेश नं. ५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म प्रदेशसभा चल्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवारको प्रदेशसभा अवरुद्ध गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक शुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफूहरुको विरोध रहेको जनाउ दिएका थिए ।

सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेश ५ को नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा प्रतिनिधित्व नभएका जिल्लाहरुबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफूहरुले प्रदेशसभा अघि बढ्न नदिने बताउनुभयो ।

लगत्तै सभामुख घर्तीले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आ–आफ्नो आसनमा बस्न आग्रह गर्नुभयो । तर कांग्रेस सांसदहरुले प्रदेशसभा चल्न नदिने अडान लिएपछि सभामुख घर्तीले यो विषयमा सत्तापक्षको धारणा राख्न नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडि बढाउन खोज्नुभयो ।

कांग्रेस सांसदहरुले आफूहरुको विरोधका वावजुद बैठक अगाडि नबढाउन सभामुख घर्तीलाई दबाब दिए पनि सभामुखको अनुमति
पाएपछि नेकपाका सचेतक ढकालले कांग्रेस सांसदहरुको होहल्ला र विरोधका वावजुद आफ्नो धारणा राख्नुभयो । विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला बर्दिया, रुकुम र परासीबाट एक–एकजना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुखसमक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो ।

होहल्लाका बीच ढकालले बोलेपछि सभामुख घर्तीले सत्तापक्षले प्रस्ताव राखे पनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित बैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा बाहिर सहमति गरेर निष्कर्ष निकाल्न आह्वान गर्दै बैठक अगाडि बढाउने प्रयत्न गर्नुभयो ।

सभामुखले बारम्बार आग्रह गरे पनि कांग्रेस सांसदहरुले नमानेपछि अन्ततः माघ २४ गतेसम्मका लागि बैठक स्थगित भयो । विपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तीबीच झण्डै पा“च मिनेट भनाभन भएको थियो ।

विपक्षी दलबाट १९ जना प्रदेश सदस्य रहेको प्रदेश नं. ५ मा विपक्षी दलबाट १० जना बैठकमा सहभागी हुनुहुन्थ्यो । सभामुख घर्तीले सत्तापक्षको धारणा आएपछि मात्रै विषयको टुंगो लाग्ने उल्लेख गर्दै स्थायी राजधानीको विषय राजनीतिक दलको विषय भएको बताउनुभयो ।

नेकपाका सचेतक ढकालले राजधानी
कहा“ बनाउने भन्ने विषय राजनीतिक भए पनि प्रदेशसभाले टुंगो लगाउने बताउनुभयोे । ‘सरकारले सहमति चाहेकै छैन, उहा“हरुले दुई तिहाईको सोच राख्नुभएको छ’– संसदीय दलका नेता पोख्रेलले भन्नुभयो । प्रदेशसभामा प्रदेश नं. ५ जाचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं. ५ तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलवारको सभामा पेश हुने कार्यसूची रहेको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top