Free songs
Home / फिचर समाचार / प्रतिष्ठानको समस्या संसदीय समितिमा

प्रतिष्ठानको समस्या संसदीय समितिमा

 

घोराही  (युस)– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न दाङका आठ जना प्रतिनिधि तथा राष्ट्रियसभा सदस्यले संसदीय समितिमा सामूहिकरुपमा निवेदन बुझाएका छन् । प्रतिष्ठानमा देखिएको समस्या छानबिन गरी तत्काल समाधान गर्न भन्दै आठ प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरुले शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई उक्त निवेदन बुझाएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विविध कारणले आधारभूत स्वास्थ्य सेवाबाट समेत सर्वसाधारण बञ्चित हुनुपरेको भन्दै उक्त विषयमा आवश्यक छानबिन र स्थलगत अध्ययन, अनुगमन गरी समस्याको समाधान गर्न दाङका राष्ट्रियसभा र प्रतिनिधिसभाका आठ सदस्यहरुले शिक्षा तथा स्वास्थ्य समितिका सभापति घर्तीलाई निवेदन पेश गरेका हुन् । कर्मचारी समायोजन, शुल्क बृद्धि जस्ता विविध कारणले अस्पतालले आधारभूत सेवा प्रवाह गर्न नसक्दा सर्वसाधारणहरु सेवाबाट बञ्चित भएको र विभिन्न सरोकारवाला पक्षहरुले पटक–पटक ध्यानाकर्षण गराएकाले यस विषयप्रति आफूहरु चिन्तित, भएको निवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी निवेदनमा उक्त विषयमा आवश्यक छानबिन, स्थलगत अध्ययन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ । दाङबाट निर्वाचित राष्ट्रियसभा सदस्य कोमल ओली, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, रेखा शर्मा, सुजिता शाक्य, मेटमणि चौधरी, गंगा चौधरी, विष्णु शर्मा र हिराचन्द्र केसीले सामूहिकरुपमा निवेदन बुझाउनुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top