Free songs
Home / फिचर समाचार / जिल्ला सदरमुकाम विवाद, युद्धकालकै झल्को दिने प्रदर्शन

जिल्ला सदरमुकाम विवाद, युद्धकालकै झल्को दिने प्रदर्शन

जयमान बुढा

गोलखाडा (रुकुमपूर्व) । कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुबै चर्चामा आएको एउटा ठाउ हो रुकुमपूर्वको गोलखाडा । गत वर्ष तत्कालीन देउवा सरकारले नया हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसगै यो ठाउ चर्चामा आएको हो ।

सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुशी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाडा सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यहा“ कुनै संरचना थिए, न सरकारी कार्यालय नै तत्काल त्यहा“ जान माने । बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो र सर्वोच्च अदालतमा रिट नै दायर भयो । सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ ।

यसअघिका आन्दोलनहरु रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरु पनि रुकुमकोटवासीजत्तिकै सशक्त देखिएका छन् । उनीहरुले मंगलवार रुकुमकोटमै प्रदर्शन गर्ने निर्णय गरेका थिए तर प्रदर्शनमा झडप हुने खतराले विभिन्न क्षेत्रको आग्रह र जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि गोलखाडा पक्षधरले गोलखाडामै प्रदर्शन गरे । तर उनीहरु गोलखाडाको प्रदर्शनस“गै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधवारसम्म रुकुमकोट नजिक पुग्नेछन् ।

‘मंगलवार गोलखाडाको दृश्य निकै फरक थियो । ‘सोमवार सा“झदेखि नै झोला र लट्ठीसहित गाउ“–गाउ“बाट स्थानीयवासी आउन थालिसकेका थिए’– स्थानीय जयमान बुढाले भन्नुभयो– ‘मंगलवार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूह–समूहमा भेला भएर प्रदर्शन थालिएको थियो ।’ उनीहरु प्रदर्शनपछि रुकुमकोटतर्फ हि“डेका छन्, झण्डै पा“च हजारको संख्यामा रहेका सुदूर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर छापामारको शैलीमा हिडेका छन् ।

गोलखाडाको सभालाई जनयुद्धकालमा माओवादी जनसेनामा बटालियन कमाण्डर रहनुभएका जीतमान पुन ‘मार्शल’ सहितका नेताहरुले सम्बोधन गरेका थिए । ‘उहॉले युद्धकालीन शैलीमै कासन दिनुभयो र टोलीको नेतृत्वको पनि गरिरहनुभएको छ’– अर्का स्थानीय लोकेश पुनले भन्नुभयो– ‘हामीले धेरे वर्षपछि युद्धकालकै झल्को रुकुमपूर्वमा देख्न पायौं ।’ पुथाउत्तरगंगा गाउ“पालिकाका १४ वटै वडाका हरेक घर–घरबाट स्थानीयवासी सदरमुकाम पाउने आन्दोलनका लागि निस्केका छन् । आन्दोलनमा नजानेलाई जरिवाना हुने भनिएपछि अधिकांश घरबाट सहभागिता रहेको छ । धेरैले खाने कुरा पनि आफैले बोकेका छन् ।

सांसदलाई दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर

आन्दोलनकारीले आन्दोलनसगै गत निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन थालेका छन् । पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान थालिएको स्थानीय अगुवाहरुले बताएका छन् । यो हस्ताक्षर अभियान जिल्लाब्यापीरुपमा चलाउने उनीहरुको भनाइ छ ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद तेजबहादुर ओली ‘प्रतीक’ हुनुहुन्छ । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेशसभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

यसैबीच सांसदहरुले भने आफूहरुले मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै संयमित बन्न आन्दोलनकारीलाई अनुरोध गरेका छन् । ‘यसअघिको सरकारले सरमुकामबारे विवादित निर्णय गरेपछि समस्या आएको हो तर यो मुद्दा अहिले अदालतमा रहेकाले अहिलेको सरकारले पनि केही गर्न सक्ने अवस्था छैन’– प्रतिनिधिसभा सदस्य कमला रोकाले भन्नुभयो– ‘हामी निरन्तर सहमतिका लागि लागिरहेका छौं, हामी कुनै एक ठाउ“को पक्षमा बोलेर स्थिति उत्तेजित बनाउनेतिर भन्दा पनि सहमतिकै लागि प्रयास गरिरहेका छौं ।’

त्यस्तै प्रदेशसभा सदस्य तेजबहादुर ओलीले पनि सहमतिका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो । ‘हामी निरन्तर सम्पर्कमा छौं र सहमतिका लागि प्रयासरत छौं’– उहाले भन्नुभयो– ‘सके सहमति गरेर अदालतको मुद्दा नै फिर्ता लिने स्थिति बनाऔं भन्नेतिर लागेका छौं तर सम्भव भएको छैन, अहिलेको अवस्थामा अदालतको आदेश पर्खने र दुबै पक्षका स्थानीयवासीले शान्तिपूर्णरुपमा आ–आफ्नो ठाउमा रहेर आफ्नो मत प्रकट गर्नुको विकल्प छैन, हामी निरन्तर स्थानीय पार्टी र सरकारका प्रतिनिधिहरुस“ग सम्पर्कमा छौं, हामी सहमति र निकासको पक्षमा छौं ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top