Free songs
Home / विचार / खुशीले टिकट काटेरै हेरेकोे पोल्ट्री महोत्सव

खुशीले टिकट काटेरै हेरेकोे पोल्ट्री महोत्सव

गोविन्द खड्का

पास र परिचयपत्र दुबै साथमा थिएन । त्यस मध्ये एउटा भए पनि प्रवेश गर्न मिल्थ्यो । गेटमा गएर यसो न उसो भनेर वार्गेनिङ पनि गरिन“ । महत्वपूर्ण मेला लागेको थियो, मलाई त्यहा पस्नु थियो ।

हुन त महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीले गेटमा आएर टिकट काट्नेहरुलाई फोन दिनू म निस्कन अप्ठेरो छ भन्नुभएको थियो । मञ्चबाट बाहिर निस्कन मेला समापनको अघिल्लो दिन निकै कठिन थियो । अघिल्लो पटक प्रचारप्रसार संयोजक पोषणनाथ योगीले निःशुल्क प्रवेश गराउनुभएको थियो । दोस्रोपटक पस्दा टिकट काटेर छिरें । यसमा मलाई खुशी छ ।

मैले यति धेरै महत्व दिएको महोत्सव धेरैका लागि अरुचिको विषय बनेको सुनें । ‘पा“च नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी २०७५’ आकर्षक हुनु यही नामले मात्रै काफी थियो । त्यसको मुख्य नारा ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ अर्को गौरवको विषय बन्यो । जसले मलाई माघ १० देखि २० गतेसम्म चलेको महोत्सवमा दुईपटक पसाल्यो । कतिपय महोत्सवमा एक पटक पनि गएको छैन ।

यसमा सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही मुख्य आयोजक थियो । केही स्टलहरु बनाएको थियो । अधिकांश स्टल खाली खाली थिए । कतिपयमा सानातिना डिब्बाहरु देखिन्थे । बजारका पसलको जस्तै भरी भराउ सामान थिएन । केहीले पुस्तक र ब्रोसर फिंजेका थिए । त्यसमा पनि पशु पंक्षी र दानासम्बन्धी मात्रै सामग्री थिए । जसमा कमैको नजर पुग्यो । त्यसकारण एक दिन मेला भर्न गएको दोहो¥याउने थोरै थिए । धेरैले भन्थे– ‘केही छैन ।’ उनीहरुले बुझेनन् बीउ थोरै हुन्छ । घरमा लगेर फलाइफुलाइ गर्ने हो ।

हामीलाई सबै तम्तयार भएको चाहिएको छ । ठिक्क बनेको खोजिरहेका छौं । प्लेटमा ठिक्क परेको नास्ता, हात हातमा टे«बाट दिने चिया चाहन्छौं । घरमै पकाएको नास्ता वा आफै बनाउन चाहन्नौं । भिटामिनका डिब्बा लगेर फुर्ती लगाउ“छौं । खास पोषिलो खानेकुरा उत्पादन गर्ने करेसाबारी बाझै हुन्छ । त्यसमा कसैको आखी लाग्दैन । धनिया, प्याजका पाच रुपैयाका मुठा देखिएपछि सारा बस्ती भरी हल्ली खल्ली चल्छ । मैले त किनें, तिमीले किन्ने होइन र? उक्साउने, जोस्याउने लवज हुन्छ? कसैले फलाएको छ भने उसले हेपिएको महसुस गर्ने वातावरण छ । महंगा फेन्सी, जुत्ता चप्पल, खानेकुरा, खेलौना नदेख्दा मेलामा केही छैन भनियो । दैनिक उपभोग्य वस्तु र साबुन सेम्पो पाएको भए पनि मेलामा किन्नका लागि जान्थे । यी सबै कुरा नभेटिएपछि किन जाने ? केही छैन भनेर धेरै रोकिए ।

यतिबेला अरुलाई आलोचना गर्नेहरुको कुनै कमी छैन । म लगायत कसैमा पनि खुराफातको भकारी छ । त्यो चिया पसलमा ओइरिन्छ । लेख रचनामा पोखिन्छ । फेसबुकका भित्ताहरुमा उल्लेख गरिन्छ । एक से एक न्यायाधीश हुन्छौं । हो, हो ठीक भन्नुभयो । तपाइ“ सही कुरा गर्ने मान्छे हो । तपाइ“लाई मान्या छु भन्यो भने धाराप्रवाह गफ निस्कन्छन् । टिपेर राख्ने हो भने व्यक्तिपिच्छे महाभारत तयार हुन्छ । तर दिनैभरि गफ सुनेर न एक रुपैया“ आउ“छ न त एउटा खुर्सानी उब्जिन्छ । गफमा कुनै सीप, क्षमता, तरिका भेटिदैन । बरु जति गरे पनि यस्तै हो । जो जोगी आए पनि उही कानै चिरिएका । यो देश त भारतमा मिसिए पनि हुन्थ्यो । अब यो विदेशीले लैजान्छन् । यस्ता गफले सुन्नेका जा“गर मारिदिन्छन् । अल्छी बनाउ“छन् । उनीहरुले सरकार र नेतालाई सराप्दै भन्छन्– समृद्धि ल्याउन सकेनन् ।

महोत्सवमा माछाका बारेमा गतिलो खुराक थियो । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज प्रालिले प्राविधिक सहितको जनशक्ति राखेको थियो । उनीहरुका अनुसार माछा पोखरीमै पुगेर विज्ञले सुझाव दिने व्यवस्था थियो । पानीमा तैरिने हलुका र डुब्ने गहौं दाना राखेका थिए । केन्द्रीय मत्स्य विभागका निवृत्त विज्ञ राजु वंशीले माछा पोखरी हेर्नुभयो । जसले पहिलो दिनदेखि नै सम्पर्कमा आएर जिज्ञासा राखे ती किसान दशौं दिनसम्म धेरै लाभ लिएका थिए । यसैगरी राप्ती भेटले पनि प्राविधिकसहित जनशक्ति राखेको थियो । सल्लाह सुझाव लिन सक्थे । यस्तै दाना तथा अरु पालनका तरिकाबारे पनि प्रशस्तै खुराक थिए ।

उद्यमी मानसिकता भएका व्यक्तिका लागि धेरै कुरा थियो । टर्की, फाइटर, जापानिज वेल्टम, सिल्की र पोलिस जातका कुखुराहरु राखिएका थिए । एक जोडा चल्लालाई पा“च हजार मूल्य पर्ने कुखुरा थिए । तीन हजार रुपैया“मा एउटा पाइने बधिया भाले थिए । यसैगरी १२ सय रुपैया“ प्रतिकिलो पाइने टर्की राखिए । त्यहा“ बिक्री मात्रै हुन्नथ्यो । पाल्ने तरिका पनि सिकाइन्थ्यो । यसमा थोरै संख्याको ध्यान थियो । मेला अवधिभर दुईतीन सयले चासो राखेको भेटियो । जसले स्टलमा आफ्नो नाम र फोन टिपाए र आफूले पनि लगे ।

त्यहा“भित्र पसेर सोधखोज गरेको, रजिष्टरमा नाम टिपाएरै चासो राखेको संख्या पेशा गर्नका लागि पर्याप्त मान्नुपर्छ । महोत्सवको हिसावकिताव सार्वजनिक गर्दासम्म विस्तृत विवरण आउला । टिकट बिक्रीको पैसाले सहभागीको संख्या निर्धारण गर्ला । केही व्यक्तिहरुले विना पैसा आठ दशजनालाई भित्र लगेको पनि देखिन्थ्यो । त्यसले गर्दा टिकटबाट पनि खास संख्या पत्ता लाग्दैन । अनुमान धेरै गर्न सकिन्छ । अरु मेलाको जस्तो भीडभडाका थिएन । तर लक्ष उद्देश्यअनुसार महोत्सव सञ्चालन भएको छ । केही सचेत मान्छेहरुले महोत्सवलाई महत्व दिएका छन् । उद्यम गर्नेहरुले निकै फाइदा उठाएका छन्, त्यो मुख्य कुरा हो ।

कान चर्किने कर्कश स्वर शहीद गेट आसपास सुनाएर मेला महोत्सव चलाउने उत्ताउलो प्रबृत्ति यसले अन्त्य गरेको छ । सिंगो शहरभरि ध्वनि प्रदूषण गरेको देखिएन । सरकारी कार्यालयको बीचमा रहेको कृषि सामग्री केन्द्रको जमिनमा महोत्सव गरियो । नजिकै अदालत छ । त्यहा“ बहस पैरवी हुन्छ । स्थानीय सरकारको शक्तिकेन्द्र घोराही उपमहानगरपालिका छ जसमा दुईसय पचास बढी कर्मचारी मात्रै बस्छन् । सेवाग्राहीको बाक्लो उपस्थिति हुने महत्वपूर्ण सरकारी कार्यायल छन् । यस्तो क्षेत्रमा कानै फुट्ने आवाज निकालेर हप्ता दश दिन महोत्सव चलाउनु गलत हो । त्यसले सेवा भन्दा विनाश बढी हुन्छ । रकममा मात्रै फाइदा हेरेर आयोजक खुशी हुनु बुद्धिमानी होइन । त्यसमा पनि केही रुपमा ध्यान पु¥याएको देखियो ।

सबैभन्दा सकारात्मक र सन्देशमूलक कुरा महोत्सवले इमान्दार उद्यमीको लिष्ट बनाउन सहयोग गरेको छ । खेतीपाती गर्न, कुखुरा, बाख्रा, माछा, पाल्न, थोरैलाई चासो छ । धेरैलाई तयार भएको चिज ग्वाम्म गास हाल्ने मात्रै चिन्ता छ । संख्यात्मक रुपमा भिडियो कल गरेर पैसा झर्नेको बाहुल्यता हाम्रो समाजमा छ । उनीहरुले घरबेटीको वा आसपासको वाइफाइको पासवर्ड माग्छन् ।

त्यसलाई ठूलो उपलब्धि मान्छन् । दिनभरि मोबाइलमै झुण्डिन्छन् । त्यसले उनीहरुलाई अल्छी बनाएको छ । जल्दोबल्दो युवा पुस्ता मोबाइलमै बरालिनाले देशलाई घाटा लागेको छ । विदेशमा कमाएको एकजनाले परिवार पाल्नुपरेको छ । यस्ता कुबुद्धि भएकाको संख्या धेरै हुने स्थानमा यो महोत्सवको महत्व बुझिएन । केही छैन । भन्दै फर्किदै गरेको उनीहरुबाटै सुनियो । तिनले कुखुराका दाना देखेनन् ।

ठूलो टिभी राखेर भिडियोसहित कुखुरा पालनका बारेमा सिकाइएको थियो । खोर सफा गर्ने, औषधि छर्किने हरेक तरिका सिकाइन्थ्योे । त्यता ध्यान दिनेको संख्या न्यून थियो । यसमा बौद्धिक वर्गले समीक्षा गर्नैपर्छ । जान्ने सिक्ने चाहना भएका र केही गर्नुपर्छ भन्ने भावना बोकेका व्यक्ति लोप हु“दैछन् । यसले देश अझै कमजोर बन्दैछ भन्ने सन्देश दिएको छ । काम गर्नुपर्छ । कसरी गरौं । कमाउनु छ, के गरेर धेरै उत्पादन हुन्छ भन्ने उत्सुकता हराएको छ । सगरमाथा पोल्टी फार्म तथा सुरक्षा पशुपक्षी प्रबद्र्धन सहकारीले सहुलियतका अण्डा सबैभन्दा बढी बिक्री भयो । उपभोक्तावादी संस्कृति मौलाएको यही उदाहरण पर्याप्त छ ।

आवेगले बन्दुक पड्काउ“दै हि“ड्ने, आन्दोलनमा उत्रिनेहरु भन्दा कसैलाई अल्छी बनाएर जिउ“दै मार्नेहरु घातक हुन्छन् । त“ सक्दैनस् । भो नगरे हुन्छ । हजुरले यति गर्ने होइन । गर्नुपर्दैन । जति गरे पनि यो देशमा हुने केही होइन । सोझा सिधाले मात्रै त गर्ने हो । टाठाबाठालाई डुलेरै पुगेको छ । तिमी हामीले मात्रै त गरेका छम् । यस्ता अनेकांै भनाइ छन् जसले तातो ऊर्जा र उत्साहमा चिसो पानी खन्याउ“छन् । कामगरी खानेलाई डुल्ने, जाड रक्सी खाने, गफ गरेर बिताउने बनाउ“छ । त्यसैमा अभ्यस्त भएको समाजले उच्छृङ्खल नाच, भड्किलो प्रदर्शन, तडकभडकसहितका संरचनाको माग ग¥यो । आयोजकले पनि कलाकारको प्रचारलाई बढी महत्व दियो । स्टलमा भएका कुरालाई खासै चर्चा कतै पनि पाइएन । त्यसले सम्पन्न क्षेत्रको सन्देश दिएको थियो । यता स्वीपरको जागिर भए पनि मिलाइदिनुस् भनेर बिन्ती भाउ गर्नेको संख्या निकै ठूलो देखिन्छ । झाडुपोछा लगाउ“छु, चिया नास्ता पकाउछु जागिर मिलाइदिनुस भन्नेहरु बढ्दैछन् । उता महोत्सवमा पैसा फाल्ने ठाउ“ नभेटाएकोमा गुनासो गर्नेहरु छन् । सीप सिक्ने चाहना भएका कति छन्? उद्यमीहरु मौलाउने वातावरण भए नभएको बुझ्ने अवसर मेलाले दिएको छ । यो पोल्ट्री महोत्सव नीति निर्माता एवं योजनाकारहरुलाई निकै ठूलो खुराक बनेको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top