Free songs
Home / विचार / कपिलवस्तु : पर्यटन प्रवद्र्धन र चुनौती

कपिलवस्तु : पर्यटन प्रवद्र्धन र चुनौती

नारायणप्रसाद पौडेल

प्रकृतिले दिनुसम्म दिएको, सांस्कृतिक सम्पदाले भरिएको र पुर्खाले पनि जोगाइदिएको कपिलवस्तु आफैमा सम्पन्न छ र छ सुप्रसिद्ध पनि । विपन्नता त यहाको नेतृत्व, प्रशासनिक संरचना र व्यवस्थापन पक्षमा मात्रै छ । सुधार गरे, स्वदेशी र विदेशी पर्यटकको ओइरो चल्छ, नगरे झुक्किएर आएको पनि भाग्छ, अन्तै लाग्छ । के गर्ने ?

सबै पालिका र जिल्ला समन्वय समितिमा जननिर्वाचित सरकार छ । बजेट छ र खर्च पनि भएकै छ । पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खट्ने र डट्ने समूह पनि छ । वर्षैपिच्छे पर्यटन प्रवद्र्धनका लागि स्वदेश र विदेशमा अवलोकन भ्रमण पनि गर्छ । टोलीका टोली जान्छन् पालै–पालो पहाडका टाकुरादेखि समुद्री किनारका मैदान र बगरसम्म । गोवामा पुगेर टन्न खोवा खाएर फर्कन्छन् । नैनिताल घुम्छन्, बेतालमा झुम्छन् । सिक्किम, दार्जलिङ्ग, इलाम गएर सिलाम खाएर पनि आउ“छन् । मसुरी र देहरादून, हरिद्वार र ऋषिकेश पुगेर महन्तका उपदेश पनि सुन्छन् । तर जब आफ्नो कार्यक्षेत्रमा पसेर कुर्सीमा बसेर काम गर्न थाल्छन् तब सवै बिर्सन्छन् । ‘नानीदेखि लागेको बानी, सिस्नो पानी लगाउदा नि नजानी’ भनेजस्तै हुन्छ, गर्छन् । अनि कामचाहि“ केही पनि हुन्न, गरिन्न । भ्रमण र रमण, मोज र भोज गर्न मात्र गएजस्तो हुन्छ । नया ठाउमा गएर, देखेर, सिकेर आएको कामचाहि“ पटक्कै लागु गरिदैन । समस्या यहींनेर छ र समाधान पनि छ स“गस“गै । देखियोस्, बुझियोस् र गरियोस् ।

कपिलवस्तु र लुम्बिनी आफै विश्व विख्यात छ । कुख्यातका आ“खाले देख्दैन, कानले सुन्दैन, मनले मान्दैन । कपिलवस्तुलाई कपिलवस्तुजस्तै देख्न चाहन्छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरुले । तर यहा“का कथित पर्यटनविद्हरुले तेरो सालघारीभन्दा मेरो करेसाबारी अत्यन्तै सुन्दर छ भन्छन् । तेरो धामभन्दा मेरो नाम ठूलो छ भनेर पाखुरा सुर्कन्छन् । तैंले भन्दा मैले गरेको प्रगति (दुर्गति †) हेर्न पर्यटकहरु आफै ओइरिन्छन् भनेर फुर्कन्छन् । आफ्ना पह“ुचका पण्डा ल्याएर पुराण वाचन गराउ“छन् । यज्ञ र महायज्ञ लगाउ“छन् । मान खोज्छन्, दान बटुल्छन् र अभिमानले फुल्छन् । सबैतिर डुल्छन्, तर आफै के हु“ भन्नेकुरा भुल्छन् । छिमेकीले नक्कली कपिलवस्तु देखाएर विदेशी मुद्रा आर्जन गर्दा पनि सक्कली कपिलवस्तुका नक्कली पर्यटनविद्को बुद्धिका भा“डामा लागेको बिर्को खुलेन । समस्या यहींनेर छ । नगरेर नभएको हो, गरे हुन्छ ।

कपिल, श्रृङ्गी र बुद्धका नामको भजन खुब गाउछन् । पल्लो गाउ/ठाउ/टोलको भन्दा मेरो ढोलको स्वर कर्णप्रिय छ भनेर धाक धक्कु पनि लगाउ“छन् । मेला र महोत्सव, भेला र उत्सव, छलफल र गोष्ठीको अभाव छैन । महिनैपिच्छे र हप्तैपिच्छे हुन्छन्, गरिन्छन् । तर सबै ठाउ“मा त्यही गरिन्छ, जे गर्दा आफ्नो तिर्खाएको तन र मन भरिन्छ । भन्दा कपिलवस्तुको पर्यटन प्रवद्र्धनका लागि भनिन्छ र धन्दाचाहि‘“ वकिलवस्तुको उद्धार गर्ने खालको हुन्छ । भोगेको यही हो, देखेको पनि त्यही हो । नाम किटेर सिधै भन्न नसकेर प्रतीकात्मक शैलीको प्रयोग गरियो । बुझ्नेका लागि इसारा काफी छ । नबुझ्नेका लागि नाइन्साफी लाग्ला † अनि समस्या कहा“ भाग्ला ? भाग्दैन । रहन्छ जस्ताको तस्तै । था“ती छ । हेर्न सकिन्छ । जस्तो थियो हिजो, उस्तै छ आज पनि ।

शाक्यबंशीय राजा शुद्धोधनको तत्कालीन राजप्रासाद तिलौराकोटमा छ । निग्लिहवामा अशोकस्तम्भ छ । गोटिहवामा पनि अशोकस्तम्भ छ । कुदानमा नेग्रोधरामको अवशेष छ । अडौराकोट र सिसहनियाकोटमा प्राचीन स्मारकका भग्नावशेष देख्न सकिन्छ । जगदीशपुर जलाशयमा संसारभरिका पंक्षीहरु आउछन् । मितेरी लाउछन् । हेर्ने मान्छे दङ्ग पर्छन् र रमाउछन् । तपाइ हामीले खाने धानका पुर्खा जोगाइदिएर राखेको छ अजिगरा तालले । त्यस्ता खोला र घोला, ताल र तलैया, सम्म परेका फँटदेखि हरिया बन पाखाको अभाव छैन । महाभारतकालीन ऐतिहासिक किल्ला/गढी/दुर्ग शिवगढी छ । जहाबाट सिङ्गै कपिलवस्तु, आधा देउखुरी, दक्षिणी किनारको अर्घाखा“ची, केही प्युठान र भारतका भाग समेत हेर्न सकिन्छ । प्रकृतिले आफै ठिङ्ग ठड्याएर थपक्क राखिदिएको दृश्यावलोकन गर्ने भ्यू टावर हो त्यो, प्रयोग गरे हुन्छ । मठ, मन्दिर, मस्जिद र धामका नाम सम्झन नसकिने गरी छन् जताततै । यस्ता अनगिन्ती सम्पदा हाम्रा लागि वरदान सावित हुनसक्थे । अभिशाप त अयोग्य व्यवस्थापकले बनाउने हो । बनाएकै छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार नभएको हैन । साहित्य र सन्देशको अभाव पनि छैन । गर्ने मान्छे बाहिर परे, नगर्नेहरु भित्र छिरे, तिनैले पिरे । सहयोगी, कर्मयोगी र ज्ञानीलाई गुट र सुट चाहिदैन । अहंकारी, व्यभिचारी र ज्ञानहीन सर्दारलाई नभई हु“दैन । त्यसैले गुण्डा पाल्छ र ग्याङ बनाउ“छ । ग्याङै ग्याङका ड्याङ मात्र धेरै भए । आधुनिक राजनीतिले गरेको प्रगति भन्नुपर्ने त्यसैलाई । मान्नु पर्ने र जान्नुपर्ने त्यही । सारा सम्पदा, जमिन, जल र जङ्गलमा तिनैको राज छ । तीन तहका सरकारमा उनै पुगे । तिनैलाई पाल्न नपुग्ने भयो बजेट, गजेट मिलाउ“दै जान्छ दिन । मान्छे मुसार्ने र सुसार्ने जमाना आयो । धरती र धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदा सिगार्ने कोही भएन । बिगार्ने मात्र धेरै भए । तिनैले ध्वस्त पारे मठ, मन्दिर र गुठी । उजाड बनाए पाखा पखेराजति । सर्लक्कको सग्लो, मोटो र अग्लो रुख देखे काट्ने, ताल र पोखरी पाएसम्म पाट्ने, बजेट चाट्ने, जे पनि गर्छु भनेर आट्ने र दुनियालाई ढाट्नेकै हालीमुहाली छ जताततै । माफियाको मनपरीले खायो । हरिया र सुन्दर डा“डा नांगै बनायो । पानीका मूल पनि सुके त्यसैले । जमिनमुनिको पानीको सतह पनि तल तल गयो । फँटहरु सिंचाईबिहीन भए । खेतीपाती हुन छाड्यो पहिलेजस्तै ।

आयातीत बीउ, मल र विषादीले जमिनलाई पनि खत्तम पारे । यहींका मान्छे पनि टिक्न र बिक्न नसकेर मुग्लान र खाडीतिर पस्न थाले । पौरखी पाखुराजति विदेशिएपछि ठगेर खानेहरु मात्र छन् यहा“। तिनैको मोज र भोज चलेको छ दिनदिनै । गोष्ठी र अन्तरक्रिया हुन्छ दिनदिनै । तर काम मात्र हुन्न । यस्तो बेथिति हेर्न कहा“को कुन अतिथि किन आउने ?

आफै आएका वा अनुरोधका आधारमा यता पसेका पर्यटकले पनि आफूले चाहेजस्तो र खोजेजस्तो नपाउने । यहींका कथित पर्यटनविद्ले कर गरेको मात्र हेर्नुपर्ने, दिएको खाना मात्र खानुपर्ने र भनेका ठाउमा मात्र जान र बस्नुपर्ने हो भने कपिलवस्तुको पर्यटन प्रवद्र्धन हुन्न । हुन्न, हुन्न र हुन्न । पर्यटकले खोजेजस्तो र रोजेजस्तो व्यवस्था मिलाइदिने, सेवा र सत्कार गर्ने, सबै सम्पदा सिंगारेर चिटिक्क पारेर जुनसुकै बेलामा पनि पुग्न सकिने बनाउने, नाङ्गा डाडा र उजाड भूमिलाई हराभरा पार्ने हो भने जसको पनि मन लोभिन्छ । पुग्छ, हेर्छ, खान्छ, बस्छ ।

विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ । व्यापार व्यवसायमा बृद्धि हुन्छ । रोजगारीका अवसर बढ्छन् । पौरखी पाखुरा विदेशिन पर्दैन । यतै बस्छन् र आफ्नै गाउ“ ठाउ“लाई सिंगार्छन् । अर्काका देशमा धाएर, दुःख पाएर, आधा पेट खाएर, उनीहरुकै सम्पदा सिंगारेर बस्न भन्दा आफ्नै देश र जिल्लामा उन्नति गर्ने मौकाको प्रतीक्षा छ । तर हाम्रा ग्याङका सर्दारहरुले मेनपावर कम्पनी खोलेर विदेशतिरै धपाउन खोजेको देख्न चाह“दैनन् कसैले पनि ।

कपिलवस्तु र लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्ने, अभियान चलाउने, देश विदेशमा चिनाउने, जगदीशपुर जलाशयलाई पनि रामसार क्षेत्रमा सूचीकृत गराउने शक्ति र व्यक्ति आफै कुना पस्नपर्ने अवस्था तयार पारियो । कामको कदरभन्दा बदनाम गर्ने शक्तिहरु बेलगाम भए । जगदीशपुर जलाशयलाई रामसार सूचीबाट हटाउनुपर्छ, सिंचाई प्रयोजका लागि बनाइएको जलाशयलाई रामसारमा राख्नै हुन्न, हामीले १५ वर्षसम्म माछा पाल्ने ठेक्का लिएका हौं, छौं भन्नेहरु र तलदेखि माथिसम्म हटाउन लागिपर्नेहरु आफै संरक्षक बनेर भक्षण गरेको हेर्नुपर्ने दिन आउन थाले । वारिको कपिलवस्तुलाई भन्दा पारिको कपिलवस्तुका लागि खुराक खाएर धन्दा चलाउनेहरुले बुद्धभूमिको विकासको जिम्मा पाएका पनि हुनसक्छन् । सोध्ने कसले, खोज्ने कसले ? त्यस्तो अवस्थामा कपिलवस्तुको पर्यटन प्रवद्र्धन कस्तो होला ? सोचनीय छ ।

अर्कैले लगाइदिएको बाली स्याहार्न उद्यत जमातको जग्जगी भयो जताततै । पौरख गर्नेहरु भाग्नुपर्ने, गुण्डा पालेर ग्याङ खडा गरेर हल्ला गर्ने तर काम नगर्नेहरुकै रजगज चल्यो जहा“तहीं । कपिलवस्तुमा पनि त्यस्तै भएको हुन सक्छ । अर्कैले गरेका काममा आफ्नो नाम लेखाउन उद्यत जमातकै जयजयकार हुने जमाना आयो । समस्याको जड त्यही हो । हरेक समस्यामा समाधानका सूत्र लुकेका हुन्छन् । यहँ“ त देखिएकै छन् । नगर्नुपर्ने काम नगरेर र गर्नुपर्ने काम मात्र गरे पुग्छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top