Free songs
Home / समाचार / प्रमुख समाचार / प्रथम प्रदेशसभा दिवस : राजधानी पायक पर्ने ठाउँँमै हुन्छः मुख्यमन्त्री

प्रथम प्रदेशसभा दिवस : राजधानी पायक पर्ने ठाउँँमै हुन्छः मुख्यमन्त्री

 

यमलाल भुसाल

बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी कुन स् थानमा बनाउने भन्ने कुरा आगामी सन्ततिको भविष्यलाई पनि ध्यान दिएर गर्नुपर्ने भन्दै भूगोल, साधन, स्रोत र संरचनाको हिसाबले पनि उपयुक्त हुनुपर्ने बताउनु भएको छ।

प्रदेश नं. ५ को प्रदेशसभा स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा प्रदेश नं. ५ प्रदेशसभा सचिवालयले आयोजना गरेको प्रथम प्रदेशसभा दिवस २०७५ को अवसरमा सोमवार बुटवलमा आयोजित विशेष समारोहमा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश स् थापना भएको एक वर्षको अवधिमा प्रदेशसभाले महत्वपूर्ण कार्य सम्पादन गरेको भन्दै संघीय संरचनालाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

उहा“ले एक वर्षको अवधिमा १६ वटा विधेयक पारित भएको र जारी प्रदेशसभाको अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा सरकारले लिएको भन्दै प्रदेशसभालाई सबल बनाउन सबै सांसदले सत्ता र प्रतिपक्षको भावना त्याग्नुपर्नेमा जोड दिनुभयो।

उहा“ले एक वर्षको अवधिमा प्रदेशको राजधानी र नामाकरणको विषयमा बहस भइरहेको भन्दै सबैलाई पायक पर्ने गरी राजधानीको टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो।

मुख्यमन्त्री पोख्रेलले राजधानीको विषय प्रदेशसभाको आफ्नो अधिकारको विषय भएको भन्दै यसलाई प्रतिष्ठाको विषय नबनाउन सबैस“ग आग्रह गर्नुभयो। मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘हामी सबैले सुन्दर राजधानीको कल्पना गरौं, जहा“ राजधानी बनाउ“दा आगामी पुस् ताले पनि गर्ब गरोस्, ढिलो भयो भनेर पछुताउनुपर्दैन।’

प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले जनताको चाहना र आकांक्षा पूरा गर्ने दिशामा प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहा“ले प्रदेशसभाका सांसदहरुले जनताको चाहना पूरा गर्ने र जनताको गुनासो गाउ“मै गएर सुन्ने वातावरण प्रदेशसभामार्फत जनताका प्रतिनिधिहरुले निर्माण गरिरहेको बताउनुभयो।

प्रदेश प्रमुख झाले अब सबैको ध्यान संघीयता सबल बनाउनेतर्फ जानुपर्ने आवश्यकतामा जोड दिनुभयो। प्रदेश प्रमुख झाले प्रदेशलाई बलियो बनाए संघीयताको जग बलियो बन्ने र त्यसका माध्यमबाट संविधानको सबल कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्तीले अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रदेशसभाको एक वर्षको अवधिमा आइपुग्दा प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अबका दिनमा पनि प्रदेशलाई बलियो बनाउन सबैको सहयोगको आग्रह गर्नुभयो।

सभामुख घर्तीले शून्य अवस्थाबाट शुरु भएको प्रदेशसभाले संघीयता कार्यान्वयन र त्यसलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले एक वर्षको अवधिमा हुनुपर्ने जति काम नभएको भन्दै चिन्ता प्रकट गर्नुभयो। उहाले प्रदेशको राजधानी र नामको टुंगो लाग्न नसकेको भन्दै जनतामा खासै आशा जगाउन नसकिएकाले अब गम्भीर हुने समय आएको उल्लेख गर्नुभयो।

उपसभामुख कृष्णी थारुले प्रदेशलाई बलियो बनाउन सके प्रदेशका जनताको विकासको चाहना पूरा गर्न सहयोग पुग्ने भन्दै हामी सबैले त्यस दिशातर्फ सहकार्य गर्नुपर्छ भन्नुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top