Free songs
Home / सम्पादकीय / नसर्ने रोगविरुद्ध सजगता बढाऔं

नसर्ने रोगविरुद्ध सजगता बढाऔं

हिजो फ्रेबु्रअरी ४ तारिखमा क्यान्सर विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो । नसर्ने रोगमध्येको प्रमुख रोगको रुपमा देखा परेको क्यान्सर रोगबारे ब्यापकरुपमा जनचेतना फैलाउन, क्यान्सर रोगबारे समाजमा रहेका गलत चिन्तन र अन्धविश्वास हटाउन प्रत्येक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वभर क्यान्सरविरुद्धको दिवस मनाउने गरिन्छ । सन् २००० मा फ्रान्समा भएको क्यान्सरविरुद्धको विश्व सम्मेलनपछि यसलाई दिवसको रुपमा अघि बढाएको पाइन्छ । नेपालमा स् वास् थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संघलगायत विभिन्न संघसंस् थाहरुले क्यान्सरविरुद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् । केही वर्षयता क्यान्सर रोगबाट प्रभावितहरुको तथ्यांक बढ्दो छ । तर त्यसको तुलनामा सचेतनामूलक काम निकै कम हुने गरेका छन् । यसको दायरा र क्षेत्रलाई फराकिलो बनाउँदै क्यान्सरलगायतका नसर्ने रोगविरुद्ध ब्यापक रुपमा सचेतना बढाउने खालका गतिविधि सञ्चालन गर्नु जरुरी छ ।

विश्व स् वास् थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार प्रत्येक वर्ष हुने मृत्युमध्ये ७१ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । संगठनका अनुसार मृत्युका प्रमुख कारणहरुमध्ये दोस्रो नम्बरमा क्यान्सर रहेको छ । क्यान्सरका कारण सन् २०१८ मा मात्रै विश्वमा ९६ लाख मानिसको मृत्य भएको थियो । डब्लुएचओको तथ्यांकले अर्को तथ्य के पनि सार्वजनिक गरेको छ भने ९६ लाख मृत्युमा ७० प्रतिशत मृत्यु कम तथा मध्यम आयस् तर भएका राष्ट्रहरुमा भएको थियो । नेपालको कुरा गर्दा स् वास् थ्य सेवा विभागको वार्षिक प्रतिवदेन अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा नेपालमा ३६ हजारको हाराहारीमा क्यान्सर रोगीहरु रहेका छन् ।

डब्लुएचओको सन् २०१४ को तथ्यांक अनुसार छ हजार नौ सय पुरुष तथा सात हजार चार सय महिलाको मृत्यु क्यान्सरका कारण भएको थियो । अध्ययनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । १० प्रतिशत मृत्यु भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र संक्रमणका कारणले हुने क्यान्सरले हुने गर्छ ।

समयमै पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । हामी नेपालीहरू समय समयमा स् वास् थ्य उपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने हाम्रो बानी छ । यस् तो बानीका कारण क्यान्सरजस् ता रोग लागेको धेरै पछि मात्र थाहा पाउँछौं । अन्तिम चरणमा थाहा पाउँदा पैसाको जति नै खोलो बगाए पनि जीवन बचाउन मुस् िकल हुन्छ । पैसा तथा जीवन दुबै सकिने अवस् था हामीमध्ये धेरैले देखे भोगेका छौं । हामीले स् वास् थ्य उपचार भन्ने बित्तिकै अत्यन्त झर्काेलाग्दो र खर्चिलो रुपमा हेर्छांै । तर यस् ता स् वास् थ्य जाँच नेपालभर रहेका सरकारी अस् पताल या स् वास् थ्य केन्द्रमै पनि सहजरुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुँदैन । नियमित स् वास् थ्य जाँचले हामीलाई धेरै खालका स् वास् थ्य जोखिम बेलैमा थाहा हुन गइ सजिलै उपचार हुनसक्छ ।

पछिल्लो समय नसर्ने रोगका कारण धेरै मृत्यु हुने गरेको तथ्यलाई मनन गर्दै यस् ता रोग लाग्ने कारणहरुमाथि नै काम हुनुपर्नेआवश्यकतामा जोड दिन थालिएको छ । क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, मधुमेह, उच्च रक्तचापलगायत रोगबाट पीडितहरुको संख्या दिनहुँ बढ्दो छ । फेरिँदो जीवनशैली, लापरवाहीपूर्ण खानपिन तथा शारीरिक अभ्यासको कमीले नसर्ने रोगलाई बढाउन मद्दत गर्ने जानकारहरु बताउँछन् । त्यसैले नसर्ने रोगका जोखिमहरुका बारेमा चेतना अभिबृद्धि गर्नुका साथै जीवनशैलीमा समेत सुधार ल्याउन जागरण फैलाउने अवसरका रुपमा यस् ता दिवसहरु महत्वपूर्ण अवसर बन्न सक्छन् ।

जीवनशैलीमा सुधार ल्याउन मद्दत पुग्ने, योग, ब्यायाम, ध्यानजस् ता गतिविधिप्रति नागरिकलाई जागरुक बनाउँदै सरकारका तर्फबाट सो अनुकूलका पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । सरकारले पनि स् वास् थ्यमा गरिने लगानीमा नसर्ने रोगलाई समेत उत्तिकै महत्वका साथ ध्यान दिनु पर्छ । व्यक्तिगत, पारिवारिक तथा सामाजिक सबै तहबाट सबैले नसर्ने रोगविरुद्धको सजगता बढाउन आवश्यक छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top