Free songs
Home / सम्पादकीय / खानेपानीको वैकल्पिक स्रोतको खोजी

खानेपानीको वैकल्पिक स्रोतको खोजी

पानी र जीवन एक अर्कासँग घनिष्टरुपमा जोडिएका छन्। पानीविना मानिसको मात्र नभएर जीव जन्तु, पशु पंक्षीको समेत अस् ितत्व सम्भव छैन। त्यसैले पानीको महिमा जति गाए पनि कम हुन्छ। पानी प्रकृतिको अनुपम उपहार हो। प्रकृतिले हामीलाई त्यो उपहार भरपूररुपमा प्रदान गरेको छ। नेपाल जलस्रोतमा संसारकै दोस्रो धनी देश कहलाउँछ। तर अहिलेसम्म अपार जलसम्पदाको सदुपयोग गर्न सकिरहेका छैनौं। लामो समयसम्म लोडसेडिङको पीडा खेपिरहेकोमा भरखरै मात्र त्यसबाट मुक्ति पाउने प्रक्रिया थालनी भएको छ। समग्रमा भन्नुपर्दा प्रकृतिको अमूल्य निधि पानीको हामीले ठीकढंगले उपयोग गर्न सकिरहेका छैनौं।

प्राकृतिक स्रोत साधनको सहीढंगले सदुपयोग गर्न नसक्दा नेपालमा शुद्ध खानेपानीको समेत अभाव हुँदै आएको छ। प्राकृतिक सम्पदाको राम्रो व्यवस् थापन गर्न सकिएन भने स्रोत उपलब्ध भएर मात्रै केही हुँदोरहेनछ। नेपालमा अहिले पनि जनसंख्याको ठूलो हिस् साले स् वस् थकर एवं पिउनयोग्य पानी खान पाएको छैन। अहिले पनि खोला किनारका जरुवा, पोखरी, कुवाको पानी पिएर जीवन गुजार्नेहरुको संख्या ठूलो छ।

दाङ जिल्लाको देउखुरी उपत्यकामा राप्ती नदीका कारण पानीको स्रोतको कमी देखिन्न । तर एशियाकै ठूलो उपत्यका मानिने दाङमा पानीको स्रोतको अभाव हुँदै गइरहेको छ। दाङको उत्तरतिरको जंगल मासिदै गइरहेको छ र खोलानालाहरु सुक्दैछन्। खोलाहरुमा ड्याम बाँधेर वर्षातको पानी संकलन गर्ने कुरा चुनावी भाषणमा सीमित बन्न पुगेको छ। माडीको पानी दाङ उपत्यकामा ल्याएर दाङलाई हराभरा पार्ने कुरा बेलामौकामा उठ्ने गर्दछ। तर हरभरा हुनुपर्ने दाङको जमिन अव्यवस् िथत र विनायोजनाको प्लटिङले सर्वनाश भइरहेको छ। त्यसलाई रोक्नेतर्फ कुनै योजना बनाएको पाइन्न।

तीब्र शहरीकरणतर्फ अगाडि बढेको दाङको घोराही र तुलसीपुरमा अहिले नै खानेपानीको समस् या छ भने आगामी दिनमा यो संकट अझ बढ्ने निश्चित छ। घोराही, तुलसीपुर र जिल्लाका अन्य स् थानमा रहेका खानेपानी उपभोक्ता तथा सरसफाइ संस् थाहरुले घर–घरमा धारा जोडेर सर्वसुलभढंगले खानेपानी उपलब्ध गराउने कोसिस गरिरहेका छन्। तर यस् ता संस् थालाई सहयोग गरेर दिगो एवं बलियो बनाउने भन्दा यसमा राजनीतिकरण गर्ने प्रबृत्ति हावी हु“दै आएको छ। यो प्रबृत्ति बढ्दै गयो भने यस् ता संस् थाहरु मूल उद्देश्यबाट विमुख हुदै जानेछन्।

दाङमा खानेपानी र सिंचाईको लागि कम लागतमा गर्न सकिने काम भनेको वर्षातको आकाशे पानी संकलन नै हो। यसका लागि खोला र सोताहरुमा ड्यामका साथै पोखरीहरु निर्माण र विस् तार गर्नुपर्छ। घोराही उपमहानगरपालिकामा पोखरी बनाएर वर्षातको पानी संकलन गर्ने काम शुरु भइसकेको छ। अब अन्य पालिकाहरुले पनि यसको सिको गर्न सके भने पानीको वैकल्पिक स्रोत तयार गर्न सकिनेछ। दाङमा यस् तो स्रोतको प्रशस् त सम्भावना छ। अहिलेको खाँचो भनेको योजना र इच्छाशक्तिको हो।

दाङ उपत्यकाको दक्षिण भेग भएर बग्ने बबई नदी खानेपानीको एउटा महत्वपूर्ण स्रोत बन्न सक्छ। यहा“को पानीलाई लिफ्टिङ गरेर उत्तरतिर पठाउन सकियो भने घोराही र तुलसीपुर लगायत ठूला शहरहरुमा खानेपानीको दीर्घकालीन समाधान गर्न सकिन्छ। यसमा स् थानीय तहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। त्यसैले अहिलेसम्म भए गरेका प्रयास र उपलब्धिहरुलाई जारी राख्दै आगामी दिनमा दीर्घकालीन योजना बनाएर जान सकियो भने दाङमा खानेपानीको समस् या समाधान गर्न गाह्रो छैन। तर यसमा सबै सरोकारवालाहरुले आजैदेखि चासो र अग्रसरता देखाउन सक्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top