Free songs
Home / फिचर समाचार / ‘बृद्धलाई ओखती’ कार्यक्रम

‘बृद्धलाई ओखती’ कार्यक्रम

सागर रिजाल

प्युठान। ऐरावती गाउपालिकाले ‘बृद्धलाई ओखती कार्यक्रम’ सञ्चालन गरेको छ । गाउपालिका क्षेत्रका ८० वर्ष पार गरेका बृद्ध, बृद्धाहरुलाई घरमै औषधि उपचार गर्ने उद्देश्यले गाउपालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाले भन्नुभयोे– ‘पालिकाका छवटै वडाका बृद्धबृद्धाले सेवा पाएका छन् ।’ गाउपालिकाभित्र रहेका दाङबाङ, बरौला, बिजुली, पकला, धुवाङ र रस्पुरकोटमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीले सेवा दिएका छन्  । उहाले भन्नुभयो– ‘स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य सेवा दिएका छन् ।’

स्वास्थ्यकर्मीले बृद्धबृद्धाहरुको घरमै पुगेर जाचसगै निःशुल्करुपमा औषधि दिएको उहाले बताउनुभयो । ‘बृद्धहरुलाई रोगस“ग सम्बन्धित औषधि दिन्छौं’– उहाले भन्नुभयो– ‘उपचारसगै सल्लाह सुझाव पनि दिदै आएका छौं ।’

स् वास् थ्य सेवामा पहुच पु¥याउन गाउपालिकाले ‘बृद्धलाई ओखती’ कार्यक्रम सञ्चालन गरेको गाउपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस् नेतले बताउनुभयो । उमेर समूहभन्दा बाहिर रहेका बृद्धबृद्धालाई उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उहा“ले बताउनुभयो । उहाले भन्नुभयो– ‘आफै हिड्न नसक्ने र अरुको सहायतामा हिड्ने ज्येष्ठ नागरिकलाई यो कार्यक्रमले सहायता गर्नेछ । यो कार्यक्रम आफैमा राम्रो छ । गाउपालिकाले निरन्तरता दिन्छ ।’

‘बिरामी भएको बेला फोनमार्फत जानकारी गराए’– ऐरावती गाउपालिका– ६ बिजुली महेन्द्रदीपकी ८० वर्षीया राधा बस् नेतले भन्नुभयो– ‘बिजुली स् वास् थ्य संस् थाका कर्मचारी आएर औषधि उपचार गर्नुभयो खुशी छु । उहाले दिएको औषधि खाए त्यही औषधिले सन्चो भयो । यो कार्यक्रमले म जस् ता बुढाबुढीलाई राहत मिल्छ ।’ उहाले यो कार्यक्रम गाउपालिकाले निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

दुई सय ५० बृद्धबृद्धाले सेवा पाए

गाउपालिकाले शुरु गरेको बृद्धलाई ओखती कार्यक्रमबाट हालसम्म दुई सय ५० जनाले सेवा पाएको गाउ“पालिकाका स् वास् थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७४/०७५ मा एक सय ८५ र आर्थिक वर्ष ०७५/७६ को पुुसको पहिलो हप्तासम्म ७५ जनाले सेवा लिएको उहाले बताउनुभयो ।

बृद्धबृद्धालाई औषधि खरीदको लागि गाउपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा दुई लाख रुपैया र यस आर्थिक वर्ष ०७५/०७६ मा दुई लाख ८० हजार रुपैया विनियोजन गरेको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top