Free songs
Home / समाचार / प्रमुख समाचार / नेपालमै पहिलो प्रयोग, नेपालगञ्ज रंगशालामा ‘बर्मुडा दुबो’

नेपालमै पहिलो प्रयोग, नेपालगञ्ज रंगशालामा ‘बर्मुडा दुबो’

 

कुमार श्रेष्ठ

बाके । ‘यो बर्मुडा घास हो । नेपालमै पहिलो पटक यो घास रंगशालामा रोपिएको छ’– ५ नम्बर प्रदेश खेलकूद परिषद्का अध्यक्ष भीम ओली भन्दै हुनुहुन्थ्यो– ‘आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा नेपालगञ्ज रंगशाला हेर्नलायक हुन्छ ।’

फागुन अन्तिममा आयोजना गर्ने तयारी भएको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटनस् थल नेपालगञ्ज रंगशालामा बिहीवारदेखि बर्मुडा घा“स रोप्न शुरु गरेपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिदै हुनुहुन्थ्यो ।

राखेपका सदस् य सचिव केशवकुमार विष्टले बर्मुडा घास रोपेर रंगशालालाई दुबोमय बनाउने कामको शुरुवात गर्नुभयो । उहा“ दिनभरी रंगशालामै व्यस् त हुनुहुन्थ्यो । भारतको कलकत्ताबाट छ दिनमा नेपालगञ्ज आइपुगेको एक ट्रक घास धमाधम रोप्ने काम भइरहेको हो । नेपालगञ्ज रंगशालामा चार ट्रक घा“स लाग्छ । सोमवार अर्को ट्रक आइपुग्ने अध्यक्ष ओलीले बताउनुभयो । नेपालकै चर्चित घा“स व्यवसायी काभ्रेका रविन गौतम (गौतम नर्सरी) नेपालगञ्ज रंगशालालाई दुबोमय बनाउन लागिपर्नुभएको छ ।

‘दुबोमय हुने बित्तिकै नेपालगञ्ज रंगशाला देश कै नम्बर वान हुन्छ’– तेस्रो संस् करण नेपालगञ्ज गोल्डकप गरिसक्नुभएका बा“के जिल्ला फूटबल संघका अध्यक्ष भोजराज शाहीले भन्नुभयो– ‘अब नेपालगञ्ज गोल्डकपमा मैदान राम्रो भएन भन्ने गुनासो
हट्ने भो ।’ यही रंगशालामा भएको दोस्रो गोल्डकपमा मनाङ मस् र्याङ्दीका प्रशिक्षकले आफ्नो टीम रुपन्देहीस“ग पराजित हु“दा मैदानको कारणले हारेको टिप्पणी गरेका थिए ।

नेपालगञ्ज रंगशालालाई घास रोप्ने अवस्थासम्म पु¥याउदा धेरै काम भएका छन् । २८ हजार घनमिटर माटो, चार हजार एक सय घनमिटर ग्राभेल, चार हजार घनमिटर चिप्स, ८ हजार पाच सय स्क्वायर मिटर जियो टेक्स टायल जाली, दुई हजार दुई सय ५० मिटर पाइप, दुई हजार छ सय घनमिटर बलौटे माटो लागेको छ । मैदानको लम्बाई एक सय १५ मिटर रहेको छ ।

नेपालगञ्ज रंगशालामा दुबोमात्रै ४० लाखको रोपिदैछ । आठौंको उद्घाटनस् थललाई भब्य बनाउन राखेप लागिपरेको छ । रंगशालामा भीआइपी प्याराफिट बनाउने काम भइरहेको छ । त्यसका लागि जी स् टेन्डर्ड प्रविधिको प्याराफिट चाइनाबाट ल्याइदैछ । यसको पहिलो लट २४ गते आइपुग्ने ओलीले जानकारी दिनुभयो । त्यसका साथै रंगशालामा छ करोडको सेन्थेटिक ट्रयाक बनाउने तयारी भइरहेको छ । रातिसमेत खेल्न मिल्ने गरी उज्यालोको व्यवस्था गरिदैछ । नेपालगञ्ज रंगशालामा ३१ करोडको काम भइरहेको छ ।

आठौंलाई लक्षित गरेर नेपालगञ्ज र आसपासमा एक अर्ब बढीको भौतिक संरचना तयार हुदैछन् । २०४२ सालपछि निर्धारित दुई वर्षमै हुन थालेको आठौंले नेपालगञ्ज र आसपासलाई खेलकूदका राम्रा संरचना दिएर जाने पक्का भएको छ । ‘यो नेपालगञ्ज र आसपासका लागि गौरवको विषय हो । दोस्रो पटक नेपालगञ्जले आठौं पनि गर्ने र एक अर्ब बढीको भौतिक संरचना पनि पाउने भएको छ’– अध्यक्ष ओलीले भन्नुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top