Free songs
Home / फिचर समाचार / नमूना अटोभिलेज सञ्चालनमा

नमूना अटोभिलेज सञ्चालनमा

ओपेन्द्र बस्नेत

तुलसीपुर। नेपालकै नमूना भनिएको तुलसीपुरको अटोभिलेज सञ्चालनमा आएको छ । बिजुली, सडक, सञ्चार, खानेपानीको सहज पहुच हुनुका साथै गाडी मर्मत तथा पार्किङको समेत व्यवस् िथत भएपछि यसलाई नेपालकै पहिलो नमूना अटोभिलेज भनेर दाबी गरिएको छ ।

बिग्रेका बस, ट्रेक्टर, ट्रक, जीपकार मर्मत तथा तीनको बडी बनाउने र मोटर पार्टस् पाइने स् थानलाई अटोभिलेज भन्ने गरिन्छ । अटो व्यवसायीको १० करोड र तुलसीपुर उपमहानगरपालिकाको एक करोड सहित ११ करोडको लागतमा भौतिक संरचना निर्माण गरेर अटोभिलेज सञ्चालनमा ल्याइएको तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका उपाध्यक्ष पदम पोख्रेल (जेठु कान्छु) ले जानकारी दिनुभयो । नया“ वसर्पाकदेखि करीब डेढ किलोमिटर दक्षिणमा रहेको सात विवाह पर्ती ऐलानी जग्गामा निर्माण गरिएको अटोभिलेजमा अहिले एक सय ५० जना व्यवसायी छन् । उपाध्यक्ष पोख्रेलका अनुसार पातुखोला वारि र पारि छनौट गरिएको अटोभिलेजलाई ‘ए’, ‘बी’ र सुपर भनेर तीन भागमा वर्गीकरण गरिएको छ ।

प्रतिव्यक्ति ६ मिटर चौडाइ र १० मिटर लम्बाइका घडेरीमा भौतिक संरचना आफै निर्माण गरेका व्यवसायीले उपमहागनरपालिकालाई मासिक एक हजार भाडा बुझाउने सहमति भएको अटोभिलेजका सहजकर्ता कविराज आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा तटबन्ध, विद्युत, खानेपानी विस्तार र फिल्ड निर्माणको काम पूरा गरेको अटो व्यवस् थापन समितिले दोस्रो चरणमा भवन निर्माण गरेको सहजकर्ता आचार्यले बताउनुभयो ।

व्यवसायी उत्साहित

साविकको नया बसपार्कस् िथत सा“घुरो ठाउ“मा विभिन्न मोटरहरु मर्मत गर्दै आएका व्यवसायीले फराकिलो ठाउ“मा काम गर्न पाउ“दा निकै सहज भएको बताएका छन् । ‘बस पार्कमा हु“दा तीन मिटर जग्गामा चार जनासम्म कोचाकोच गरेर काम गर्नुपर्ने बाध्यता थियो’– भान्जा टायर मर्मतका मनोज चौधरीले भन्नुभयो– ‘यहा“ त ६ मिटर चौडाई र १० मिटर लम्बाइ भएको जग्गामा काम गर्न पाउ“दा निकै आनन्द आएको छ ।’ सा“घुरो ठाउ“मा काम गर्दा दुर्घटनाको सम्भावना हुनुका साथै ग्यारेजबाट उत्पादन भएको फोहोर समेत व्यवस् थापन नहु“दा दुर्गन्धका कारण ज्यानै जोखिम परेको व्यवसायीले बताउने गरेका छन् ।’

पूर्वाधार विकासमा जोड दिनुपर्छ

यसैबीच तुलसीपुर अटो व्यवस् थापन समितिले अझै भौतिक पूर्वाधार विकासम जोड दिनुपर्ने बताएको छ । अटोभिलेजलाई थप व्यवस् िथत र दिगो बनाउन उपमहानगरपालिकाको ६ र ९ नम्बर वडालाई जोड्ने गरी पातुखोलामा पुल निर्माण, सडकको स्तरोन्नति र तटबन्ध गर्नुपर्ने विषयलाई व्यवसायीले जोड दिएका छन् । ‘अटो भिलेजको नामाकरण र नक्सांकनको परिकल्पना मैले १२ बर्ष अघि लिएको हु’– समितिका उपाध्यक्ष पदम पोख्रेलले (जेठुकान्छु) ले भन्नुभयो– ‘आज यसलाई हेर्न देशका विभिन्न स् थानीय तहबाट मान्छेहरु आउदा हामीलाई धेरै खुशी लाग्ने गरेको छ ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top