Free songs
Home / समाचार / प्रमुख समाचार / दशवटै तहमा नेकपाका अध्यक्ष र सचिव चयन

दशवटै तहमा नेकपाका अध्यक्ष र सचिव चयन

सदस्यहरुको भने संख्या नै टुंगिन बाँकी

युगबोध समाचारदाता

घोराही । लामो समयदेखि अवरुद्ध रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अब स्थानीय तहमा केही अघि बढ्ने देखिएको छ।

प्रदेश नम्बर ५ का अन्य नौ जिल्लाको टुंगो लागे पनि दाङ, रोल्पा र अर्घाखाचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुंगो लाग्न नसक्दा स्थानीयस्तरमा एकता प्रक्रिया रोकिएको थियो। प्रदेश कार्यालयको बुधवार बसेको बैठकले दाङसहित तीनवटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लगाएको छ। योसगै अब पाच नम्बर प्रदेशका एक सय आठ स्थानीय तहमा नेतृत्व टुंगिएको छ। यो प्रदेशमा कुल एक सय नौ स्थानीय तह छन्।

बुधवारको बैठकले टुंगिन बाकी ३४ मध्ये ३३ स्थानीय तहको नेतृत्व टुंग्याएको छ। ७५ स्थानीय तहको भने यसअघि  नै नेतृत्व चयन गरी शपथसमेत लिइसकेका छन्। रोल्पाको गंगादेव गाउपालिकामा भने नेतृत्व चयन हुन बाकी छ। त्यहा“ अध्यक्ष पूर्व एमाले र सचिव पूर्वमाओवादी केन्द्रले पाउने सहमति भए पनि केही स्थानीय अन्तर्विरोधका कारण कसलाई अघि सार्ने भन्ने समस्या देखिएको स्रोतले जनाएको छ। यसमा पनि चा“डै टुंग्याइने नेताहरुले बताएका छन्।

यसैबीच दाङका दश स्थानीय तहमध्ये छवटाको अध्यक्ष पूर्वएमालेले पाएको छ भने चारवटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ। घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ।

त्यस्तै तुलसीपुर उप–महानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ।

लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका बसन्तराज शर्मा ‘विक्रान्त’ सचिव बन्नुभएको छ। राप्ती गाउपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झा“क्री सचिव बन्नुभएको छ। गढवा गाउपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल ‘विश्वास’ सचिव बन्नुभएको छ। त्यस्तै राजपुर गाउ“पालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्वएमालेका शंकर चौधरी सचिव बन्नुभएको छ।

बंगलाचुली गाउपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त क“वर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ। बबई गाउपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ। शान्तिनगर गाउपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ। दंगीशरण गाउ“पालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ।

लामो समयदेखि अवरुद्ध रहेको स्थानीय तहका अध्यक्ष र सचिवको चयन गरिए पनि सदस्यहरुको संख्या र नाम टुंगिन बा“की रहेकाले स्थानीय तहमा तत्काल कमिटी भने नबन्ने देखिएको छ। जिल्लाको कार्यदलमा स्थानीय तहमा कमिटीको संख्या र नाममाथि छलफल नै शुरु नभएको स्रोतको भनाइ छ।

प्रदेश सचिवालयको बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ। त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने सहिद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो। बैठकले स्ववियु निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top